कति बगे कसलाई थाहा रगतका भेल यहाँ
कहिले हुने होला देशमा दाजुभाईको मेल यहाँ
आपसमा जुधाएर कुर्सी ताक्ने धेरै रैछन
कसलाई थाहा राजनीति त चतुरेको झेल यहाँ
जनतालाई झुक्याएर अनेक थरी लोभ देखाई
अझै कति खेल्छौ नेता राजनीतिका खेल यहाँ
आन्दोलन धेरै भए मरे जनता कति कति
कहिले छुट्छ जनतालाई हतकडी र नेल यहाँ ।

सुन्दर गजल लक्की ज्यु
वर्तमान परिवेशलाई निकै सरल भाषाको प्रयोग गरि निकै सुन्दर रुपमा प्रस्तुत गर्नुभयो लक्की जी..भावले एक किसिमको आक्रोश पैदा गरेता पनि वाचन गर्दा बेग्लै आनन्दको अनुभूति भो …