१. चोखो मायाँ संगालेर मुटुभित्र साँचु लाग्यो
माया प्रेमका कुरा गरी सधै भरी हाँसु लाग्यो
निराश भई बाँच्दै थिएँ एक्लो यो जिन्दगी
अचानक तिमी आयौ जुनीजुनी बाँचु लाग्यो ।
२. फूलसँगै काँडा हुन्छ टेक्न कस्ले सक्छ
हाँसो भित्र पीडा हुन्छ देख्न कस्ले सक्छ
सुन्दर धर्तीभित्र पनि ज्वालामुखी हुन्छ
फुटिदिन्छ कहिलेकाहीँ छेक्न कस्ले सक्छ ।
३. अनेक सोच आयो र दुःख दिएँ
पगलपन छायो र दुःख दिएँ
सीमा नाघेको त्यो तिम्रो मौनतामा
चिन्ताले मुटु खायो र दुःख दिएँ ।
