सोझा साझा निमुखाको धन लुटिएछ
आफन्तको घर भाँडन आफैं जुटिएछ ।
दुःख सागर तर्ने निकास खोज्दा खोज्दै
खुसीको प्रलोभनमा मायाँ भुटिएछ ।
टुक्रिएको मुटु जोडी बचाई दिने उनी
आफ्नोपन जताउँदा उल्टै कुटिएछ ।
लक्ष्यतर्फ हिडें भन्थें बाटो बिराएछु
आकाश छुने मन यो बिचै ठुटिएछ ।
शान्ति कहाँ मिल्छ साथी यो दुखिया कर्म
बाँच्ने आशा सम्हाले थें भाग्य लुटिएछ ।।
