Skip to content

सुजन बुढाथोकी

ऊ, इन्साफ अनि तिनीहरु

शहरको अदालत अनि न्यायलयहरुमा
ऊ आएर निरन्तर अरुको अधिकार मागिरह्यो
ढोकाहरू ढक्ढक्याएर इन्साफ मागिरह्यो
एकसुरमा
कुनै बहादुर झै चिल्याइरह्यो
कराइरह्यो
लगातार घाटिको लेग्रो तङ्काएर
अन्तर आत्माहरुबाट आवाज बुलन्द बोली नै रह्यो

मतुवा अनि म र समाज

हरेक दिन भट्टीनजिकै मेरो भेट ऊसँग हुन्छ
म उस्लाई केही कविता सुनाउन खोज्छु
ऊ सुन्दिन भन्छ मलाई
र भन्छ कि बरु उल्टै रक्सी खाने?
म खान्न भन्छु

अपरिचित जँड्याहा र भाषण अनि हामी

मेरो घरको बाटोमुन्तिरको चोकबाट
अक्सर औटा मान्छे मध्यरातमा सडक हिँडिरहन्छ
अन्धकारहरुमा
बोली सुन्दा
कुनै विद्वान जस्तो
अलिअलि अङ्रेजी
अलिअलि हिन्दी
सम्भवत सम्पूर्ण देशको राष्ट्रिय भाषामा