Skip to content


हातका मैला सुनका थैला जे गर्नु धनले?
मान्छे आफै भिखारी बन्छ कि लाचारी बन्छ
स्वय म आफ्नै अन्तर मनले
यो संसारमा सबैभन्दा दरिद्र त्यो हो
जोसँग
केवल पैसा बाहेक सबै चिज छ
पैसै हो केबल पैसै हो केवल पैसा नै हो !
पैसै मात्र सबैथोक हो
बिना पैसा मान्छेहरू रोग, भोक र शोकले
एकैतालमा थिचिएर किचिएर
जमिनमा ज्युँदै अचार हुन्छन
मान्छे ज्युँदो लास भएर
जिन्दगीभर ज्युन बिवश हुन्छ
पैसा हो केवल पैसै हो ।

म पैसैको लागि मेरो बाउको खेतजग्गा बेचिदिन्छु
सिङ्गै घरागन बेचिदिन्छु
म पैसाको लागि
मातृभूमिको माटो पनि छिमेकीलाई बेचिदिन्छु
म तराई बेच्न सक्छु हिमाल पहाड
अनि सगरमाथाको अलिकति उचाइ पनि अलिकति काटेर
बेच्न सक्छु
म नेपालको पहिचान पनि बेच्नसक्छु
हेर्दै गर म अब गोर्खालीहरुको स्वाभिमान बेच्छु
म मन्दिरको त्यो भगवान पनि किन्न सक्छु
म कसैसँग धर्म अनि उसको अन्तर भावना पनि किन्न सक्छु
म आफ्नै अस्तित्व बेचेर
कुनै पवित्र देवी आइमाईको इज्जत पनि किन्न सक्छु
म त्यो सहरको कानूनहरुले भरिएको सत्य अदालत पनि किन्न सक्छु
म लाखौ करोडौ मानिसहरुको जनमत पनि किन्न सक्छु
म भट्टीहरुमा भाषण गरेरै
आफ्नो वचन वाणी पिठो र तितो सत्य पनि
बेचबिखन गर्न सक्छु
म बिहान बिहान फूलबारी र मन्दिरमा चिहानको मसान
भुत र चुडेललाई पनि ल्याउन सक्छु।
म भागवत गीता पूराण वेद विचार कुरान तृपिटक अनि
म जस्तो सुकै इमान्दार विश्व भद्र-भलाद्मी पनि किन्न बेच्न सक्नु
म यो संसारको जतिसुकै अग्लो
आकाशे दरबारमा बस्ने बहादुर कुकुरको हत्या गर्न सक्छु
म ती भगवानका यी भक्त्तहरुलाई भुतको भक्त पनि।
बनाइदिन सक्छु
म इन्सानलाई जनावार बनाउन सक्छु
म ईश्वर देवताहरुलाई दुष्ट बनाउन सक्छु
म भगवानलाई भ्रष्ट बनाउन सक्छु
म यो संसारको सबैभन्दा पवित्र प्यार भन्ने चिज पनि
एकैतालमा किनिदिन सक्छु
म ती स्वप्नका परी ती सबै अफ्सरा अनि इन्द्र राजलाई पनि किन्न सक्छु
म स्वर्गका सबै सयल सुख, शान्ति, प्रमोद, पर्मात्मा,
केवल पैसैमा किन्न सक्छु
म अलौकिक जादु अनि यो संसारकै सबै
सिन्हदरबार अनि ताजमहलहरू किन्न सक्छु
कलम किन्न सक्छु
हर्दम सर्वहारा आवाज बोलिरहने त्यो जिब्रो र त्यो घाँटीको लेग्रो पनि
किन्न सक्छु
म आम-आदमीहरुको अधिकार इन्साफ न्यायलय, विद्यालय
अनि लुम्बिनीका गौतम बुद्ध
अनि जनकपुरकी स्वयम सीता, शान्ति
हरिततारा, भृकुटी,
सारा ज्युँदा शहीदहरुलाई पनि म किन्न सक्छु
म डाफे, मुनाल, परेवा
झण्डा, बिरङ्गानाहरुको सिउदोको रङ्गिन सिन्दुर
म हाम्रो देशको राष्ट्रिय गृह जनावार गाई हैन कि
भैंसी मुसो गन्दे छुचुन्द्रो
वा सुँगुर पनि घोषणा गर्दिन सक्छु
म विश्व बलवान बहादुर गोर्खाली
नेपोलियन बोनापार्ट अनि अलकजेण्डर महान पनि किन्न सक्छु
म ज्युदो मान्छेको कलेजो मुटु मनमस्तिष्क
हृदय दिल सबै किन्न सक्छु
काठमाण्डो हैन कि
मेरो यो देश,
अनि मलाई जन्म दिने मेरी आफ्नै आमा पनि
म दिल्लीमा लगेर हजार पटक बेचिदिन सक्छु
विश्वास लाग्दैन सायद
म यो सिङ्गो संसार
यो आकाश, पृथ्वी विश्व ब्रह्माण्ड बेच्न सक्छु जरुर
म यो सिङ्गो संसार यो विशाल ब्रहमाण्डै पनि किन्न सक्छु
कुनै चरुर स्याल या हण्टर टाइगरले
कुनै भेडोलाई एक अञ्जान जालमा पारेर सिकार गरेर झै
ताल पर्यो भने अहिले एकैछिनमा यही
अन्दस्पट म तलाई नि किनिदिन सक्छु

यो आकाश यो सिङ्गो संसार यो विशाल ब्रम्हाण्डै पनि किन्न सक्छु
ताल पर्यो भने म यही अहिले एकै छिनमा,
मेरो आवाज सुनिरहेको तँलाई पनि किनिदिन सक्छु

एकनाश आज अहङ्गकार गर्दै एउटा गद्दार भुसिया भिखारी
भ्रष्ट भाइले भुक्दै भन्यो अनि भरिरह्यो र भनिरहेथ्यो मलाई !
यस्तै यस्तै केही बकवाश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *