शहरको अदालत अनि न्यायलयहरुमा
ऊ आएर निरन्तर अरुको अधिकार मागिरह्यो
ढोकाहरू ढक्ढक्याएर इन्साफ मागिरह्यो
एकसुरमा
कुनै बहादुर झै चिल्याइरह्यो
कराइरह्यो
लगातार घाटिको लेग्रो तङ्काएर
अन्तर आत्माहरुबाट आवाज बुलन्द बोली नै रह्यो
लगातार
एकसाथ
चित्कार चिल्याइरह्यो
ऊ चिच्याइरह्यो।
पछि बिस्तारै बिस्तारै उस्को घाँटी बस्यो
स्वर सारै थुनियो
ऊ आजादीहरुको लागि अँझ
बुलन्द बोल्न सोचिरह्यो चाहिरहेथ्यो
अफसोच,
उस्का आवाजहरू बन्द भए
ऊ निसास्सियो
र उस्को घाँटीमा टन्सिलाइटिस भए झै गरेर
अनि अन्तिममा,
छातीभित्र फोक्सो निसास्सिएर
आकाश झै बेहोस्सियो र अन्द स्पट जमिनमा लड्यो ।
ऊ एक्लै एक्लै अदालतको
ढोका बाहिर लडिरहेथ्यो
न्यायलयको मन्दिरभित्र
गुनगुन आवाजसहित एकसाथ
अञ्जान कुनै इजलास भैरहेथ्यो
ऊ एकलै एक्लै लढिरहेथ्यो
कानून ! निदाइरहेथ्यो
न्यायलय निदाइरहेथ्यो
भित्रको भगवान निदाइरहेथ्यो
बाहिर एकदम सुनसान थियो
भित्र सबै सुतिरहेथे
यस्तो लाग्थ्यो सायद,
त्यो घडीको समय पनि निदाइरहेथ्यो
उसङ्गसङ्गै एकसाथ
निदाइरहेथ्यो ।
अन्तिममा ऊ अचानक ब्यूँझियो
र हेर्यो बरपर
जहाँ कोही पनि थिएन
ऊ हस्पितलमा इयण्टी बार्डमा गयो
र आफ्नु घाटिको उपचार गर्न
डाक्टरलाई देखाउनेबारे सोच्यो
अफसोच,
डाक्टर एकदम ब्यस्त थियो
आफ्नु घाँटीको उपचार गर्दिनुस भनेर
उस्ले बोल्न सकेन
ऊ निशब्द भयो चुपचाप बसेर हेर्यो
र हेरिरह्यो
अनि अन्तिममा यो बुझ्यो कि
जस्को लागि बोल्दा
उस्ले अदालतमा।
आफ्नु घाँटीको आवाज गुमाएको थ्यो
तिनीहरू उस्लाई एक्लै छाडेर
बाहिरको ठण्डी हावा र शीतलहरमा
ऊ आउनुभन्दा पनि अगावै
जाबो नाकमा रुघा-मर्की लाग्यो भनेर
अस्पतालमा ओखती लिन आएका रहेछन।
