Skip to content

सुजन बुढाथोकी

बेलुन उपहार

मैले बजारबाट तिमीलाई बारम्बार
हावाहरुले भरिएको
पानको पत्तावाला रङ्गिन बेलुनहरू किनेर
उपहार दिएँ,
पत्थरहरुमा रगटेर लगातार
तर तिमीले त्यसलाई
बम वा बन्दुकको गोलि झै गरेर
यो सिङ्गो संसार नै थर्किने गरी

खैनीका खोस्टाहरु

हरेक साँझ मेरा बा,
खैनी सकियो मेरो खैनी सकियो खैनी
भन्दै चोकका पसलहरुमा निस्किन्छन
अनि फर्किएर मध्यरातमा कुनै चराको चरो जस्तै
मुखभरि गोलाडोला डल्लाहरू चेपेर

तिमी किन आएनौ छोरा ?

छोरा….
उ त्यो सानो पाठोलाई हेर त…
ऊ जन्मदा मैले
बाख्रीको टोकाइ सहेर
र मुखभरि उस्को गाली खाएर
मैले उस्की आमाभन्दा पनि पहिले
कि ती बाच्छाहरुलाई छलेर
उसलाई गाइको दूध चुसाएकी थिएँ…

SujanBudhathoki

यो दशैंमा मेरो देशमा

यो दशैंमा मेरो देशमा
पाकिस्तान पड्किन्छ
बिगतको पाना पल्टिन्छ
अनि यो युग बद्लिन्छ

बुद्ध टीका लगाउन आउँछ जब
नेपाल आमाकोमा
तर्सिन्छ ऊ अनि अनायसै
देवलोक फर्किन्छ
यो दशैंमा मेरो देशमा
पाकिस्तान पड्किन्छ

एउटा पाठो

अचानक एउटा पाठो ब्युँझिएर
र केही सम्झिएर हेर्छ वरपर
यताउता सुनसान वातावरण
जहाँ उस्लाई रमाइलो लाग्दैन
र बिरक्त लाग्ने झै गरी
र झन डाको छोडेर रोइरहन्छ

लाटाहरूको आवाज

उ त्यो बाटामुनिको फूललाई हेर त,
कस्तो तारै तार, धारै धार, अनि काडै काडा
भएको अफ्ठ्यारो ठाउमा घर बनाएर बसेको छ है
अनि कहिलेकाहीँ त कस्तो मग-मग इर्ष्यालु बास्नाहरू
आउने गरी पनि फुल्छ है
मान्छेहरू जान्दैन कि,
दुर्गन्ध त सडक किनार छेबैको ढलबाट आइरहेछ

सडक र सत्ता

मेरो कोठाछेउमा
सशस्त्र प्रहरीहरुको एउटा ठुलो सौचालय छ,
जहाँ दिनभरि मनपरी र फटाह कुराहरू मात्र बोलिन्छ,
म सुन्छु,
अनि कान भएर नै कुनै हैरान बहिरी आइमाई जसरी
अनि
फेरि पनि कान नसुनेको जस्तो गर्छु!