मैले बजारबाट तिमीलाई बारम्बार
हावाहरुले भरिएको
पानको पत्तावाला रङ्गिन बेलुनहरू किनेर
उपहार दिएँ,
पत्थरहरुमा रगटेर लगातार
तर तिमीले त्यसलाई
बम वा बन्दुकको गोलि झै गरेर
यो सिङ्गो संसार नै थर्किने गरी
हरेक साँझ मेरा बा,
खैनी सकियो मेरो खैनी सकियो खैनी
भन्दै चोकका पसलहरुमा निस्किन्छन
अनि फर्किएर मध्यरातमा कुनै चराको चरो जस्तै
मुखभरि गोलाडोला डल्लाहरू चेपेर
छोरा….
उ त्यो सानो पाठोलाई हेर त…
ऊ जन्मदा मैले
बाख्रीको टोकाइ सहेर
र मुखभरि उस्को गाली खाएर
मैले उस्की आमाभन्दा पनि पहिले
कि ती बाच्छाहरुलाई छलेर
उसलाई गाइको दूध चुसाएकी थिएँ…
उ त्यो बाटामुनिको फूललाई हेर त,
कस्तो तारै तार, धारै धार, अनि काडै काडा
भएको अफ्ठ्यारो ठाउमा घर बनाएर बसेको छ है
अनि कहिलेकाहीँ त कस्तो मग-मग इर्ष्यालु बास्नाहरू
आउने गरी पनि फुल्छ है
मान्छेहरू जान्दैन कि,
दुर्गन्ध त सडक किनार छेबैको ढलबाट आइरहेछ
मेरो कोठाछेउमा
सशस्त्र प्रहरीहरुको एउटा ठुलो सौचालय छ,
जहाँ दिनभरि मनपरी र फटाह कुराहरू मात्र बोलिन्छ,
म सुन्छु,
अनि कान भएर नै कुनै हैरान बहिरी आइमाई जसरी
अनि
फेरि पनि कान नसुनेको जस्तो गर्छु!