भ्रष्टचारी महाशय


चतुर हुनु भनेको त स्याल जस्तो हुनु हो
जस्ले कुकुरलाई पनि छक्याइदिन्छ
जीवनमा बाठो हुनु भनेको नै
मान्छेहरुलाई झुक्याएर ढाटेर
कुण्डित अनि भ्रमित तुल्याउनु हो !

देश मातृभूमि अनि मानवधर्मभन्दा पनि ठुलो
पैसा हो
पैसाभन्दा ठुलो यो दुनिया
यो,
विश्व ब्रहमाण्डमा अर्को हुनै सक्दैन
यदि अर्को छ भने त्यो अर्को पैसा हुनेछ
केवल पैसा सबथोक हो
गरिब भएर बाँच्नु भनेको वेश्याभन्दा पनि
अपवित्र भएर बाँच्नु हो
अभावमा बस्नु भनेकै लाचार भएर
बाँच्नु हो
भोकमा कुजिनु भनेकै जरुर जङ्गली भएर
बाँच्नु हो
मजदुर हुनु भनेकै हरसमय मालिकको घरमा दास र हली हुनु हो
अनि भोलि भक्त हुँ भन्दै लाज पचाएर रित्तोरित्तो हात लिएर
उपर परलोक पर्मेश्वर कहाँ फर्किएर जानु भनेकै
निश्चय एउटा अपराधी जस्तै भएर मर्नु हो”

भ्रष्टचारी महाशय
भन्नुहुन्छ!!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *