एक बाँस अग्लो बुढो रुखमा लमतन्न परेर झुण्डिरहेको
त्यो तरुनो लास कस्को हो ?
पहाडको अग्लो रुखमा मकैबारीको लज्जित बुख्याचा झै
झुत्रो कपडामा झुण्डिरहेको
त्यो दुर्गन्धित लास कुन भिखारीको हो ?
सगरमाथा हिमाल झै सग्लो बिसाल रुखको फेदमा आज
यो देशको झण्डा झै झुण्डिरहेको त्यो लास कस्को हो ?
किन गर्यो आत्महत्या उसले
किन बाँच्न चाहेन
किन सम्झिन सकेन परिवार उसले
किन पचाउन सकेन जहर
जस्ले हिजो उसलाई आफू उस्कै अमर प्यार हु भन्थ्यो
किन रुचाएन उसले आफ्नु जिन्दगी
किन चाहेन उसले आफ्नै जिन्दगी पनि
किन सम्झिएन उसले आफ्नु परिवार
किन बचाउन सकेन यो संसारले उसलाई ?
किन गोप्यबार्तामा सुटुक्क बताएन उसले ती रुख
ती जङ्गलहरुलाई जहाँ ऊ झुण्डिएको थियो
किन सम्जिएन उसले आफ्नै जमिन
जहाँ ऊ जन्मिएको थियो
किन कहिले पनि भनेन उसले ती रुख अनि यी प्रकृतिहरुलाई
जहाँ उसको शरीर लमतन्न झुण्डिएको थियो
किन बताएन उसले आफ्ना अभाव दुख पिर हामीहरुलाई
किन……….
आखिर…….
किन……….
सम्झिन सकेन उसले आफ्नै परिवार पनि ?
अञ्जान कोही अहिले परबाट यस्तै सवाल गरिरहेछ
बारम्बार म भनिरहेछु कि
बाचुञ्जेल उसलाई कहिले कसैलेकै नै पो सोधेको थियो र ?
खैर,
उसले अप्रत्यासित आत्महत्या गरेछ बिना सुसाइड नोट:
कस्ले।बुझ्न सक्छउसका चोट
चोक चोकमा उसलाई पागल भनिरहेछन् आज भन्नेहरू
गन्नेहरू अँझै मेडिकल रिपोर्ट गनिरहेछन्
डाक्टर साब मनविज्ञान बुझ्ने कुनै औजार छैन अस्पतालमा ?
फेरि पनि प्रहरी आज बिहानै अनुसन्धान सर्जिमिनको लागि गाउँ आएको छ
हरप्रहर केवल शोक शोकमा छ
उसको सिङ्गै घर परिवार अहिले
गाउँको चोक चोकमा मर्नेलाई पागल भनिरहेछन् कुरा गर्नेहरू
अँझै आज
हरपल भाव शून्य शून्य शोक सन्तप्त तप्त
आँसुहरुको महासागरमा डुबिरहेछ उसको घर परिवार अहिले
चोकमा कुरा गर्नेहरू अँझै पागल भनिरहेछन् मर्नेलाई अँझै आज।
किन लेखेन उसले सोसाइट नोट
किन गरेन उसले अँझै बाँच्ने अठोटहरू
किन बुझ्नै सकेन कसैले उसको आवाज
सायद सोसाइट नोट लेखेको भए
कागजहरुमा के भन्ने थियो होला उसले आज
मेरो अन्दाज
सायद उसले यस्तै केही बोल्ने थियो
सायद यसरी नै खोल्ने थियो अवश्य
आफ्नु आत्महत्याका रहस्य राज
मानौ कि उसले बोल्यो कि कागजहरुमा
“हरेक रात म निदाएपछि मलाई अञ्जान कसैले
मेरो मुटुको धडकन स्पन्दनहरू बन्द गर्न खोज्छ
जसरी म निदाउन बारम्बार प्रयास गर्छु, मलाई कसैले
बोलाएको आभास हुन्छ, म मसानघाटसम्म
जान्छु अनि कोही पनि नपाएर फर्किएर मध्यरातमा
फेरि पनि म सुत्छु,
मलाई कहिले तातो पानीमा डुबाउँछ
कहिले तात्तो पत्थर बालुवामा हिडाउँछ
रातभर मलाई यमराजले सजाय दिन्छ
म सुत्नै सक्दिन, म उठ्नै सक्दिन किन किन
मेरो शरीर पोल्छ, मेरो मुटु पिरोल्छ बुवा
मलाई माफ गर्नुहोस
जब म ब्युझन्छु तब बिपना पनि त्यस्तै लाग्छ
जस्तो कि हिजो मैले सपना देखेको थिए
मलाई माफ गर पियारी
त्यसैले मैले अहिले मेरो आत्मैबाट यस्तो नोट लेखेको छु
घरमा काम गर्न कहिले पनि नसक्ने मेरा यी अपाङ्ग हातहरुबाट
अहिले बिदाइ पत्र लेख्न कलम चल्दैछन
अपाङ्ग भत्ताले मात्रै म मेरो परिवार कसरी चलाउ
हरेक दिन म झनझन ऋणमा डुब्दै गैरहेछु
मैले चाहिन कि मेरो परिवार अँझै जोखिममा जाओस
त्यसैले
म अहिले बिरानो हुदैछु
म परदेश जादैछु
म दूर देश जादैछु
मेरो याद आयो भने मलाई आकाशमा हेर्नू है
म सबै जना सुतिसकेपछि सपनामा फेरि पनि फर्किएर आउनेछु आमा
नरुनु है
दुखी नहुनु है
म एले गए
अब म टाढाको भए
मलाई निद्रा लाग्यो म अब निदाए
मलाई कसैले बोलायो
मलाई माफ गर्दिनुहोस आमा
म अब गए
ए ! एकछिन ! एकछिन !
आज म गएको आज त कति दिन भयो याद छ
ए ! अब त १३ दिन पनि पो पुग्न लागेछ
ए ! एकछिन !
एकैछिन आमा।दिल दरो बनाउ है
नरोऊ है फेरि पनि बिगत सम्झाउन कोही हाम्रो घर आएको छ
ए ! सरकार पो !
सरकार !
लौ आऊ मेरो घरमा अग्रिम स्वागत छ
अहिले फेरि मलाई देख्यौ भने अन्तिममा तिमी तर्सिएर भाग्लाउ
तसर्थ, म जानूभन्दा अघाबै अग्रीम स्वागत छ
तसर्थ, तिमी आउनुभन्दा अघाबै अग्रिम स्वागत छ
तिमी पनि यार फगत
मान्छे मरिसकेपछि हातमा औजार बोकेर उपचार गर्न
हिडेको डाक्टर जस्तो
बारम्बार नालायक बालकले एउटै जवाफ खोजे जस्तै
आज मेरो घर परिवारको फाटेको खत
अनि काजक्रीया गर्ने ठाउमा आएर
काटेको घाउमा नूनचुक खोज्दै अँझै उन्लाई रुलाइरहने
मेरो झुपडीमा आइरहने
लाज हराएको यो सरकार !
यदि साच्चै सत्य जवाफ चाहन्थ्यो भने
यदि साच्चै तथ्य उत्तर चाहन्थ्यो भने
किन कहिले पनि गरिबिमा आएर
नूनभुटुनकै भोकमा म बिदेशिएको बेला नजा भन्न सकेन ?
लैजाऊ तिम्रा ती सबै खोजहरू
सट्टामा बरु अन्यत्र कतै लगाउ
चोट पर्याप्त छ
भोक पर्याप्त छ
शोक पर्याप्त छ
खोज पर्याप्त छ
व्यथा नबल्झाउ
तिमी यस्तो बेला सरकारी राहत बोकेर मेरो छाप्रो आएका छौ
जब भोकमारीले सब सखाप भएर म परलोक पुगेको छु
लैजाऊ ! जवाफ यही हो
तिम्रो इन्साफ बिग्यप्त छ
जिन्दगीभर……..
गरिबको ज्युदोलासलाई बकवास सम्झने .
अनि मरिसकेपछि
एउटा निर्जीव लासको तलास गर्दै हिड्ने बफादार
वाहा……….
वाहा……….
मेरो जवाफ यही हो जाऊ
तिम्रो इन्साफ सब पर्याप्त छ
जाऊ अब कहिले पनि फर्किएर नआऊ गाउँ
म पनि गए अब
तिमी पनि जाऊ आफ्नै अग्लो दरबार जाऊ
म पनि अब आफ्नै संसार जादैछु”
म अहिले सोचिरहेछु कि
आफू जानु अगावै सायद उसले यस्तै केही भन्ने थियो
अफसोच,
तर उसले सुसाइट नोट लेख्नै बिर्सिएछ !
@sujan
(यो कुनै एक गाउँको सत्य घटना थियो। तर आत्महत्याको अनुसन्धान भने हुन सकेन ! गाउँका विश्लेषकहरुले उसलाई पागलको संज्ञा दिए ! मृतक गरिब अशक्त र डिप्रेसन रोगी थियो। मैले यस्मा उसको मनोविज्ञानको मात्र अध्ययन गर्न खोजेको हुँ।)
