सुजन बुढाथोकी
के गर्नु, जति नै चिच्याए पनि

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?
ओ कवि
दुई मुक्तक (धार उम्रिन्छ)

१)
जसरी खाली र फोहोर जमिनमा झार उम्रिन्छ
उसै गरी दुषित दिमाखमा खराब विचार उम्रिन्छ
पैला चट्टानमा खियाऊ आफूलाई काममा लगाऊ
तिमी फलाम हौ, र तिमीमा आफै धार उम्रिन्छ