चिरञ्जीबी दाहाल

ताहूँ

  • by

विशालै बनेली निराला अतुल्य
बसाहा चिनारी छ ताहूँ अमूल्य ।
अतीवै पियारो थियो पाठशाला
शुभेच्छा पठाएँ यही हालसाल ।।

निशाको सुनौलो जुनेली झरेझैं
शितैका छिटाले तरेली परेझैं ।
धपक्कै बलेको उज्यालो मुहार
थपक्कै बसेको छ ताहूँ बजार ।।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

गाउँको सम्झना

मझिन्थोक बस्ती बसेरा र टारी
उकाली तरेली बगैंचा र बारी ।
सखारै छिमेकी मिलेरै जुटिन्थ्यो
यथाशक्ति जोतेर डल्ला चुटिन्थ्यो ।।

उज्यालो नझर्दै सकिन्थ्यो भकारो
अलौटा मकैले मजैले डकार्यो।
सबै याद आई परेली भिजायो
पुराना कुराले कलेजी बिझायो ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चासै भएन

ऊ थियो महिमा, खासै भएन
गए पछि भेट्ने, आशै भएन

ऊ गयो जब यी, आँखा रसाए
फेर्न खोजें तर, सासै भएन

निस्तब्धता छायो, रोकियो बोली
सायद कुरा गर्ने, भाषै भएन

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

डाक्टर र म

उस्तै गाउँमा,
उस्तै ठाउँमा,
जन्मिएका हामी ।
उस्तै स्कुलमा,
अक्षर चिनेका ।
वर्णमाला किताव उस्तै,
सरस्वतीको तस्विर भएको ।
त्यो पनि थाङ्ग्नु,
उसको काकाले,
मेरो दाजुले,
सांवा अक्षर चिनेर,
चिल्थो बनाएको ।
तर,
उसको र मेरो,
भाषा फरक छ ।
म आग्रह गर्छु,
ऊ आदेश दिञ्छ ।
म आशा खोज्छु,
ऊ निराशा दिञ्छ ।
तर उसको आदेश,
म सजिलै बुझ्दिन।
र बुझ्न पनि चाहन्न ।
उसको विज्ञानको भाषा ।
मेरो जीवनको भाषा ।
सायद लिपिहरू छुट्टै ।
मेरो रोगको विषयमा,
उसलाई म केही भन्दिन ।
किनकि,
ऊ जीवनको भाषा बुझ्दैन ।
म विज्ञानको भाषा बुझ्दिन ।
तर ऊ चतुर छ,
मेरो रोगको गहिराई नाप्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हीउँ जस्तै पग्लिएर

हीउँ जस्तै पग्लिएर,सागर भेट्ने रहर थियो
काकाकुलको शहरमा,प्यास मेट्ने रहर थियो
नहर बनेर ती फाँटका, गह्रा भिजाउने धोको छ
सुक्खा खेतहरू सारा, जलको मात्र भोको छ
दिई चुनौती खडेरीलाई, धान झुलाउने रहर छ
नेपाली बारी आँगनमा, फूल फूलाउने रहर छ
लोहोटामा भरिएर, जुठो पखाल्ने मन थियो
गफाडीहरुले बोल्ने, झुटो पखाल्ने मन थियो
रहर थियो अँझै पनि, विकृतिलाई बगाउने
पारम्परिक संस्कारद्वारा, ऐजेरुलाई भगाउने
निर्बाध बग्न पाए सबको, संन्ध्या र स्नान हुञ्छ
हर गङ्गे नित्य जप्दा, नदीको कत्रो शान हुञ्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भर्भराउँदो वैंस थियो

भर्भराउँदो वैंस थियो, रुप थियो रङ्ग थियो
सगरमा कावा खाने, अनौठो उमङ्ग थियो

साथ दिने साथी थिए, थामी दिने हातहरू
विजयी नै हुने छाँटको, जीवनको जङ्ग थियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जन्मदै पानीको फोका

जन्मदै पानीको, फोका हो माञ्छे
जिउँदोमा हावाको,झोका हो माञ्छे
बिर्सञ्छ उसले, छ खरानी बन्नु
अभिमानी स्वभावको, पोका हो माञ्छे
कुराले मात्र ऊ, तारा खसाउँछ
पड्केको गोलीको, खोका हो माञ्छे
हार माञ्छ तुच्छ, त्यो जीवाणुसँग
उत्कृष्ट जीव ठाञ्छ, धोका हो माञ्छे
कोरोनाको भयले, लुकेर बस्छ
बलिलाई तयार, बोका हो माञ्छे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

औंशी देला रश्मी बरु

औंशी देला रश्मी बरु, पूर्णिमाले रात दियो
पराईले काँध थाप्दा,आफन्तले घात दियो

खुशी छैन मन यहाँ, रुष्ट भए सारा खुशी
यो जीवन पहेली भो, पीडाहरू खात दियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ChiranjeebiDahal

डर लाग्छ

  • by

डर लाग्छ जुन तारा र, घामसँग पनि
मान्छे डराउँछन यहाँ, गामसँग पनि

रावणले मान्छेभित्र, बास गरेर हो कि
मान्छे किन डराउँदैन, रामसँग पनि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिजै जस्तो लाग्छ

तिम्ले हाम्ले घैया गोड्या, हिजै जस्तो लाग्छ
एउटै छत्रि घाम्मा ओड्या, हिजै जस्तो लाग्छ

तिम्रा हाम्रा आफन्तले, घेराबन्दी गरेको दिन
बाधा चिर्दै माया जोड्या,हिजै जस्तो लाग्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

माटो रुनेछ

ग़ज़ल
******
बस्तिका ढुंगा र, माटो रुनेछ
घाउ सुकेका ती, खाटो रुनेछ

बेथिति बढ्दा देश दुख्छ यहाँ
बज्रिदै ढाडमा, भाटो रुनेछ

अधिकांश भोकै,खाडीमा खट्दा
कसौंडी भित्रको, आटो रुनेछ

बांझै छन् खेत, बारीका पाटा
धराका बञ्जर, टाटो रुनेछ

दिशा भुली लक्ष, विहीन हुंदा
पथिक हिंडने, बाटो रुनेछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •