चिरञ्जीबी दाहाल
डाक्टर र म
उस्तै गाउँमा,
उस्तै ठाउँमा,
जन्मिएका हामी ।
उस्तै स्कुलमा,
अक्षर चिनेका ।
वर्णमाला किताव उस्तै,
सरस्वतीको तस्विर भएको ।
त्यो पनि थाङ्ग्नु,
उसको काकाले,
मेरो दाजुले,
सांवा अक्षर चिनेर,
चिल्थो बनाएको ।
तर,
उसको र मेरो,
भाषा फरक छ ।
म आग्रह गर्छु,
ऊ आदेश दिञ्छ ।
म आशा खोज्छु,
ऊ निराशा दिञ्छ ।
तर उसको आदेश,
म सजिलै बुझ्दिन।
र बुझ्न पनि चाहन्न ।
उसको विज्ञानको भाषा ।
मेरो जीवनको भाषा ।
सायद लिपिहरू छुट्टै ।
मेरो रोगको विषयमा,
उसलाई म केही भन्दिन ।
किनकि,
ऊ जीवनको भाषा बुझ्दैन ।
म विज्ञानको भाषा बुझ्दिन ।
तर ऊ चतुर छ,
मेरो रोगको गहिराई नाप्छ ।
हीउँ जस्तै पग्लिएर
हीउँ जस्तै पग्लिएर,सागर भेट्ने रहर थियो
काकाकुलको शहरमा,प्यास मेट्ने रहर थियो
नहर बनेर ती फाँटका, गह्रा भिजाउने धोको छ
सुक्खा खेतहरू सारा, जलको मात्र भोको छ
दिई चुनौती खडेरीलाई, धान झुलाउने रहर छ
नेपाली बारी आँगनमा, फूल फूलाउने रहर छ
लोहोटामा भरिएर, जुठो पखाल्ने मन थियो
गफाडीहरुले बोल्ने, झुटो पखाल्ने मन थियो
रहर थियो अँझै पनि, विकृतिलाई बगाउने
पारम्परिक संस्कारद्वारा, ऐजेरुलाई भगाउने
निर्बाध बग्न पाए सबको, संन्ध्या र स्नान हुञ्छ
हर गङ्गे नित्य जप्दा, नदीको कत्रो शान हुञ्छ
जन्मदै पानीको फोका
जन्मदै पानीको, फोका हो माञ्छे
जिउँदोमा हावाको,झोका हो माञ्छे
बिर्सञ्छ उसले, छ खरानी बन्नु
अभिमानी स्वभावको, पोका हो माञ्छे
कुराले मात्र ऊ, तारा खसाउँछ
पड्केको गोलीको, खोका हो माञ्छे
हार माञ्छ तुच्छ, त्यो जीवाणुसँग
उत्कृष्ट जीव ठाञ्छ, धोका हो माञ्छे
कोरोनाको भयले, लुकेर बस्छ
बलिलाई तयार, बोका हो माञ्छे

विशालै बनेली निराला अतुल्य