तिम्ले हाम्ले घैया गोड्या, हिजै जस्तो लाग्छ
एउटै छत्रि घाम्मा ओड्या, हिजै जस्तो लाग्छ
तिम्रा हाम्रा आफन्तले, घेराबन्दी गरेको दिन
बाधा चिर्दै माया जोड्या,हिजै जस्तो लाग्छ
चर्को संकट गुज्रिदा नि दुई मुटु एक भाथ्यौं
तिम्ले फेरि बाटो मोड्या,हिजै जस्तो लाग्छ
अलिकति चर्को बोल्दा, महाभारत हुन्थ्यो
तिम्ले मेरो खप्पर फोड्या,हिजै जस्तो लाग्छ
केही साल परेवा र, परेवी झैं जोडी बन्यौं
लात मारेर तिम्ले छोड्या,हिजै जस्तो लाग्छ
