ग़ज़ल
******
बस्तिका ढुंगा र, माटो रुनेछ
घाउ सुकेका ती, खाटो रुनेछ
बेथिति बढ्दा देश दुख्छ यहाँ
बज्रिदै ढाडमा, भाटो रुनेछ
अधिकांश भोकै,खाडीमा खट्दा
कसौंडी भित्रको, आटो रुनेछ
बांझै छन् खेत, बारीका पाटा
धराका बञ्जर, टाटो रुनेछ
दिशा भुली लक्ष, विहीन हुंदा
पथिक हिंडने, बाटो रुनेछ
