मान्छेको जीवननै कुहाउँदैछ
अनगिन्ती सपना तुवाउँदैछ
लगाई नयाँ सुत्र पसेछ बस्ती
त्यो मान्छे सबैलाई रुवाउँदैछ
आउँदैछु भन्ने सुईँको दिएन
संसारलाई लोप्पा खुवाउँदैछ
दक्षको यज्ञमा वीर भद्र जस्तै
माञ्छेको रगतले नुहाउँदैछ
संसार भरी नै आँखा लगाउँदै
भाइरस रुपि राल चुहाउँदैछ
