चुट्नसम्म चुट्यो अनि, लुटेर गयो
चारो देखाई दिमाग पनि, भुटेर गयो
तामाको धाउलाई, सुन सम्झिएर
नातो बाँधी टपरीमा, खुटेर गयो
गाल्दा पछुताउने छ, सुन भनी तामा
इमानसँग बेइमान, छुटेर गयो
कति टिकाउ हुन सक्थ्यो, माटोको भाँडो
चर्किएर पानी सहित, फुटेर गयो
कुरुप बनादियो आँखा, कान च्यातेर
अन्तै आकार लिन अङ्ग, टुटेर गयो
