भर्भराउँदो वैंस थियो, रुप थियो रङ्ग थियो
सगरमा कावा खाने, अनौठो उमङ्ग थियो
साथ दिने साथी थिए, थामी दिने हातहरू
विजयी नै हुने छाँटको, जीवनको जङ्ग थियो
अनायास भरेङ्गबाट, चिप्लिएर तल खस्दा
बाकी अब च्यातिएको, चिल्थो एउटा अङ्ग थियो
सूचिकारको अभावमा, जीवन रह्यो उधृएर
स्वयं सिलाएर टालौं,न रङ्ग थियो न ढङ्ग थियो
बाचौं कि म मरौं भनि, राय लिएँ निकै पटक
त्यो जिउने मर्ने निर्णय त, मात्र आफैंसँग थियो
