Skip to content

मदन राई 'लामाखुले'

हिजो र आजका मेरा दिनहरू

एउटै थियौ
तर पछि छुट्टियौ
मैले ऊ सङ्ग
सम्बन्ध विछेद् गरिदिए,

ऊ तल समुद्रछेउतिर लाग्यो
त्यहा समुद्र किनारामा डढेलो लगाउन थाल्यो ।

नेपालको स्वीजरल्यान्ड

ताजापर्नको लागि कतै घुम्न जाने मन थियो । काठमाण्डौको उकुस मकुस वातावरण्भन्दा फरक हावा पानी भएको ठाउतिर । केही नया अनभूति प्राप्तहोस भनिकन, केही मन मिल्ने साथीहरू मिलेर जाउँ । अन्त त चारजना मन मिल्नेहरू जम्मा भयौ – तेज राई, आनन्द डङगोल, चन्द्र वाङँदेल, र म लामाखले ।

त्यो कून ठाउँहोला जहाँबाट नियाल्दा ज्युरीच को सम्झना होस ? “जिरी”लाई नेपालको स्वीजरल्याण्ड भन्ने गरिदोरहेछ । हाम्रो भ्रमणटोलीमा पनि यो प्रसंग उठयो ।विसेष् त्यो डाँडो पहिल्याउने जिम्मा तेजलाई दिएका थियौँ ।

शशि शाहका घोडाहरू

  • by

ऊ उड्छ आकशमा
ऊमाथि घोडा चड्छ
करेली खैंचेर घोडाले उस्लाई दौडाउछ्
हातमा कुचिको सिर्कना लिएर
शसी शाहको टाउकोमा
दुख्ने गरी हिर्काउछ,
अनि महाभारत युद्ध भए ठाउँतिर

डा. ब्राईनलाई

  • by

तिमी आकाशमा
उड्दा उड्दै तिम्रा आँखाहरू
पक्कै पनि ठोक्किए,
ती हिमालका धारीला धारीला चट्टानहरूमा
छरपष्टै भए जता ततै
पोखिए तिम्रा नजर ,
अनगिन्ती सुरम्य सुन्दर
हिमालका ताँतीहरूमा,

सालिकहरूको मृत्यु

  • by

मृत्यु भएर सालिकहरू नै
सालिक बनेकाछन्
सालिकहरूको मृत्यु भएर
घलौट का मूर्तिहरू
उभिएकाछन् चोकहरूमा,
धलौटका मूर्तिहरू,
अनेक प्रतिकहरू,
पनि त’ बन्दछ रे ।

डिगेन्द्र राजबंसी झुण्डिएको रात: मेरो सपना

  • by

मेची बगरमा
आज, बाढी आएछ
आकाशमा गिद्धहरू
फन्फन्ती घुमिरहेका रहेछन्
धुसेनीबाट स्यालहरू निस्केर
छाला लुछीरहेका रहेछन्
हुँडारहरू जंगलबाट निस्केर
शरीरका अंग अंग बोकेर
कुदाई रहेका रहेछन्
मेची बगरमा आज,
एउटा हल्ला भएछ ।

MadanRaiLamakhule

निर्णय नं. १

  • by

आकस्मिक बोर्ड बैठकका लागि सूचना जारी गर्ने आदेश अध्यक्षज्यूले सचिवलाई दिन्छन् ।

विषय : एजेण्डा यस प्रकार छन् ।

(क) कम्पनीको हालको उत्पादन क्षमतालाई दस गुणा बृद्धि तुरुन्त गर्ने,

(ख) वितरण क्षमता त्यसरी नै मुलुक भर बढाउने,

(ग) माग अनुसार जसरी पनि आपुर्ति गर्ने

20110306_MadanRaiLamkhule_Flower

समय

  • by

जीवनले बिर्सिएको
तर आवश्यकताले खोजेको
नभएपनि हुने
तर नभै पनि नहुने मनलाई
निकै टाढा भएको त्यो आकृति
रङ्गी विरङ्गी लाग्ने
आवश्यक्ता थियो फूलको
रङ्गमा आखा लोभिएको थियो

बलेसीमा भिजेको पुतली

बच्चाहरूको मन मष्तिस्कमा
असाध्यनै भिजेको
कसैको पनि आँखामा प्यारो लाग्ने
दिनभरि खेल्यो रमायो
भाँडाकुटी खेल्यो सँगसँगै
मिठो मिठो परिकार सजायो
साच्चै माया गरेर
ख्वायो पियायो
अह्रायो खटायो
सबले बेहुली बनायो
पुातलिको बिहे गरी दिए
बच्चाहरूको मायालु पुतली ।

खयरको रक्सी

  • by

मूलघाटबाट उकालो जाँदाजाँदै गाडीको इन्जिन बढी तातिएकोले एक्कैछिन बिसायौँ । चैतको महिना भएकोले कतै हरियो-परियो देखिँदैन, रूख-बिरुवा पाउलो फेर्न लागेको समय हो यो । वारिपारि सबैतिर हेर्दा सुख्खा-पेङ्खर मरुभूमिजस्तो देखिन्छ ।