Skip to content


मिर्मिरे उज्यालोलाई
कुल्चनेहरू
अनन्तसम्मका
सुन्दर सम्भावनाहरूलाई
फोहरमा फाल्नेहरू
उत्साहित फूलका बगैँचाहरूमा
बिहान बिहान
पातमा टल्किने
शीतका थोपाहरू
झुल्के घाममा टल्कँदा
आफ्नै आँखामा
नलुकाएर
निर्मम खस्न दियौ भुइँमा ।
रात रातभरि
नसुतेको रातसँग
पौठेजोरी खेल्दै
बल्ल तल्ल ब्युँतिएको
बिहानीको
तातोघामको तीरले
मेरो कोठाको झ्याल
छिचोलेर उन्मादी
शैलीले मलाई
अभिवादन गर्दा
मेरा आँखा
सुस्तरी खसे
एउटा वैंसालु
कालो गुलाफको बोटमा ।।

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *