Skip to content

बलेसीमा भिजेको पुतली


बच्चाहरूको मन मष्तिस्कमा
असाध्यनै भिजेको
कसैको पनि आँखामा प्यारो लाग्ने
दिनभरि खेल्यो रमायो
भाँडाकुटी खेल्यो सँगसँगै
मिठो मिठो परिकार सजायो
साच्चै माया गरेर
ख्वायो पियायो
अह्रायो खटायो
सबले बेहुली बनायो
पुातलिको बिहे गरी दिए
बच्चाहरूको मायालु पुतली ।
जे जे भन्यो त्यहि गर्यो
जे जे भन्यो त्यही मान्यो
पुतली पनि खुसीले दङ्ग छ
नानीहरूपनि खुसीले दङ्ग छन् ।
वर परका नानीहरू जम्मा भए
सबैले भोज खाए जस्तो गरे
पुतलीलाई पनि खुवाए जस्तो गरे
कति आनन्दको संसार
कति खुसीको संसार
एउटा छुट्टै संसार
एउटा उज्यालो संसार ।
आकाश धमिलियो
बिजुली चम्कियो
दिन ढल्कियो
बच्चाहरू यता उता लाग्न थाले
कोही आफ्नो सिंढी चढ्न थाले
कोही आफ्नो कोठाको बत्ती बाल्न थाले
विचरी कठ्पुतली चुपचाप
बलेंसीमै लडिरहयो
न ऊ बिजुली बाल्न सक्छ
न ऊ सिंढी चढन सक्छ
त्यो दिन
अध्यारोमै रात बितायो
रातभरि पानीले भिज्यो
चिसो रक्षानमै रात कटायो
कठपुतली आफैं बोल्न सकैदन
किनकि ऊ आफै हिडन सकैदन
ऊ अरुकै हातबाट चलछ
किनकि ऊ आत्माविहिन छ
ऊ अरुकै ईच्छा बमोजिम नाच्छ ।
उसको आफ्नो आत्मा छैन
ऊ त कपडाको
केवल पुतली हो ।

1 thought on “बलेसीमा भिजेको पुतली”

  1. सायद कविको भावना यसैलाई
    सायद कविको भावना यसैलाई भन्छन् क्यारे! बलेसीमा झरेको पुतली देखेर आफ्नो कहिल्यै भाव फुरेन। केही प्रतीकात्मक रुपमा सन्देश दिन लाग्या जस्तो चैं महसुस गरें!

Leave a Reply

Your email address will not be published. Required fields are marked *