मूलघाटबाट उकालो जाँदाजाँदै गाडीको इन्जिन बढी तातिएकोले एक्कैछिन बिसायौँ । चैतको महिना भएकोले कतै हरियो-परियो देखिँदैन, रूख-बिरुवा पाउलो फेर्न लागेको समय हो यो । वारिपारि सबैतिर हेर्दा सुख्खा-पेङ्खर मरुभूमिजस्तो देखिन्छ ।

खोइऽऽयस्तो सुख्खा वञ्जड ठाउँमा के उत्पादन गरेर देश धनी बन्ला र कुँडिएको मनले साइला बरालले निराशा व्यक्त गरे ।

साइलाको कुरालाई ढाढस दिँदै गोविन्दले तुरुन्तै भन्यो- थाहा छैन। आजभोलि हीरामान लाखौँलाख खेलाउन थालेको छ नि! विचरा …. टाट पल्टिसकेको थियो, त्यसका दिन फिरे अैले। विचरा के गरेन उसले-ठेक्कापट्टा, जग्गा दलाली, व्यापार, उद्योग सबै गर्‍यो तर कुनैमा पनि सफलता पाउन सकेको थिएन तर अहिले उसका दिन फर्केका छन् । ऊ खुसी छ, खयरको व्यापार गर्छ । उसलाई कतै भेट्न पर्‍यो भने ऊ जत्तिबेला पनि त्यही ‘धनीराम कत्था मिल’मा हुन्छ ।

आधाघण्टा आराम लिएर गाडी स्टार्ट गरेर उकालो लाग्यौँ । त्यति बेलै ज्ञानकुमारले गाडीको सिसाभित्रबाट देखिने बग्रेल्ती ठुटाहरूको प्रसङ्ग निकाल्यो ‘यी केका ठुटाहरू हँ ? मान्छे त साँच्चै नै राक्षस नै हुन्, भएका रूख पनि ढालेर कहाँकहाँ पुर्‍याउने ? बिरुवा रोप्ने त कुरै छोडौँ ।’

शशिकुमारले कुरा मोडिहाल्यो- “यसको रक्सीमा पनि रङ आउँछ, धरानमा ‘खयरको रक्सी’ खुब चल्तीमा छ । यो यस्तै खोलाको किनार, बेसी भित्री घाँच, गडतिरनिर हुन्छ, यो रक्तचन्दनै जत्तिको मूल्यवान् छ । अर्थात् नेपाली रक्तचन्दन ।

त्यसपछि सबै मौन रहे । सायद सबैको मनमा धरान पुग्ने इच्छा जागेको हुनुपर्छ ।

मधुपर्क पुष, २०६५

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *