Skip to content

सालिकहरूको मृत्यु

  • by


सालिकहरू को मृत्यु
मृत्यु भएर सालिकहरू नै
सालिक बनेकाछन्
सालिकहरूको मृत्यु भएर
घलौट का मूर्तिहरू
उभिएकाछन् चोकहरूमा,
धलौटका मूर्तिहरू,
अनेक प्रतिकहरू,
पनि त’ बन्दछ रे ।
सस्तो सस्तो पसलका तासीहरूमा
धुलै धुलो ले पुरिएर
कागजको सानो चिर्कटोमा
अंग्रेजी अक्षरमा लेखेर
मूल्य झुण्डयाएर,
बिक्रिमा
राखिएका धलौटका मूर्तिहरू।

बिस्वासको बहीखातामा,
न’तोकिएको बिस्वासको
खालि पानाहरू पल्टाउदै
ङिच्च ङिच्च
निर्लज्ज बनावटी अभिनय गर्ने
राजनितीक ब्यापारीहरू
फाईदा लुट्न
तल्लिन भएकाछन्
होड बाजीमा निर्लिप्त भएकाछन
धलौटको मूर्ति भन्दा
सस्तो बनाएकाछन् सालिकहरू ।

आक्रान्त बनेकाछन् सालिकहरू,
ढुकढुकी बिहिन ती सालिक अगाडि
पागलहरूको हुलबाट
एकाध मान्छेहरू
भाखा न भिखाको गीत गाउछन्
धुलाले पुरिएर
बिरुप बिरुप ति मूर्तिहरू
भीडका हल्लाहरूबाट
वाक्क दिक्क भएर
निस्चल भएर उभिई रहन्छ
दोबाटोमा’
कान नसुन्ने
बैरो झैं भएर,
आखा न देख्ने
अन्धो झैं भएर ।
अपमानित झै
एक्लो उभिईरहन्छ
चौबाटोमा,
सालिकहरू ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *