Skip to content
20110306_MadanRaiLamkhule_Flower


जीवनले बिर्सिएको
तर आवश्यकताले खोजेको
नभएपनि हुने
तर नभै पनि नहुने मनलाई
निकै टाढा भएको त्यो आकृति
रङ्गी विरङ्गी लाग्ने
आवश्यक्ता थियो फूलको
रङ्गमा आखा लोभिएको थियो
लोभमा हाम फाल्छन् मान्छे
लोभमा ज्यान फाल्छन्
म पनि लोभिएँ
थुप्रै रङ्गहरू देखेर
लोभिएँ
अनि निकै कठिन मनले तल हेरें
निकै गह्रुगो मनले पुःन हेरें
जीवनको निकै सकस् मोड खर्चेर त्याहा पुगें
तर, त्यो होईन रहेछ
जुन मैले खोजिरहेथें
जुन मलाई आवश्यक थियो
म झुक्किएछु
मेरो आँखाले धोखा खाएछ,
केही त मन खिन्न भयो
केही त मेरो समय रोयो,
खोजेको नभेटेर
त्यसै भौंतारी रहेको छु
घरि आकास पुग्छु
घरि सीमित विस्तरामा
सिङ्गो संसारको ग्लोव जस्तो
मेरो टाउको सिरानीमा भेट्टाउँछु
अन्ततः म आफै ,
अदृष्य फूल बन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *