Skip to content

शंकर लामिछाने

AmbarGurung

अम्बर गुरुङ

“म अम्बर हुँ तिमी धर्ती लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला,” एकचोटी यो गीत मेरो कानमा परेको थियो – कैयन वर्ष अघि । र, अपरिचित अनुहार भएको त्यस व्यक्तिका रचना, संगीत र गायन कौशलले मलाई जकड़ीहाले । मेरो आँखामा आकाश र धरतीको मिलनभूमि क्षितिजको एक यस्तो सुन्दर दृश्य मौलायो जसमा सूर्य डुब्दै थियो – यो सिद्ध गर्न मानौ त्यो मिलनरेखा एक महाशुन्य हो ।

अम्बरको फ्यान म त्यसरी बने ।

मादक वस्तुको सेवन

झोछेँको सडकमा गाँजा तथा हृयासिसको पसलहरूको लाइन छ । जत्ति विदेशी पर्यटक आउँछन् तिनका लागि यो खुलेआम बिक्री ज्यादै आश्‍चर्य लाग्दछ ।

सन्दर्भ लक्ष्मी जयन्ती

  • by

२००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- ‘देवकोटाजी हुनुहुन्छ ?’ माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद हेनरी आदौंका जीवनी पढ्ने यो कुनै मेट्रिकको विद्यार्थीका घरमा म पुगेछु भूलले ।

एब्स्ट्रयाक्ट चिन्तनः प्याज

  • by

हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाइँको लेख, त्यो लेख, ‘शङ्कर लाभिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।”

“कस्तो लाग्यो ?”

” मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।”

“एब्स्ट्रयाक्ट पेन्ट गर्ने त तपाइँको काम ! म कहाँ पेन्टिङतिर जाऊँ अब ।”

” होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।”

बाल्यावस्था र राज्यारोहण

  • by

डिसेम्बर ११, १९११ युवराज त्रिभुवनको शिक्षारम्भ भएको आज १४ दिन भयो ।

यसबीच, आचार्य बाजेले निकै मिहिनेत गरी साउँ अक्षरको एक पुस्तक आफ्नै हातले तयार पारेका छन् । कालो, रातो, पहेँलो, हरयिो रंगहरूले फूलबुट्टा काटेर ठूल्ठूला अक्षरमा पहिलो पुस्तक तयार पारिएको छ । युवराज त्यही पढ्छन् ।

औपन्यासिक पात्र – जीवनको पृष्‍ठभूमिमा

  • by

भन्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्‍याउँदै आइरहेकी थिई ।

क्याट माने बिरालो

  • by

एक अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्‍यो तिनलाई । हाम्रो सहायता मागे ।

प्रश्‍नचिन्ह

  • by

श्री सम्पादकजी,
कहानी पठाउनु भनी तपाईँको आदेश पाएँ । तर, आज केही दिनदेखि मनस्थिति बिग्रिरहेको छ । यसको कारण हो, मेरो एक मित्रको चिठी जो मैले अस्ति पाएँ । हामी सँगै पढ्यौँ, सँगै खेल्यौँ । तर राजु हामीभन्दा पहिले पनि भिन्न देखिन्थ्यो । उसको पिताजी दरबारी थिए । तेस्रो बाजी बिहा गरेर जन्मेको राजुले आफ्नो बाल्यावस्था पिताजीको काखमा बिताउन पाएन । आमा उसलाई जन्म दिएको केही समयमा नै परलोक भइन् । र ऊ पालियो पिताको एक साथीकहाँ । परदेशमा । काकाले उसलाई मित्रको हैसियतबाट पाले । र राज जहिले पनि थियो । उसले चाहेको पुग्न गाहारो थिएन – धनको विषयमा । तर प्यार उसले पाएन ।

जापानी हाइकु कविता

  • by

५-६ वर्षअघि मैले हाइकु शैलीका एक दुई कविता रूप-रेखामा प्रस्तुत गरेको थिएँ । तिनको छोटकरीमा तथा देखिने सहजताको परिणामस्वरूप सबैले खिसी त गरे, हाइकुको बाढी आयो, सम्पादकको डेस्कमा । हाइकुकविता वास्तवमा त्यति सहज कविता होइन । ५-७-५ अक्षरका कवितामा यसका तीन पङ्क्तिको मुख्य विभाजनमा एउटा दर्शन छ ।

माया नं ६५३

माया आज अलि उद्विग्न थिई। हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई। पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस्। र आज त उसलाई अस्पताल गई आफ्ना शरिर जँचाउनु पनि थियो। अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु थियो। अनि मार्च १७ तारिख।