विनोद अर्याल
श्राप
माथि माथि आकासको कुनै ग्रहमा स्वर्ग नाम गरेको एउटा देश थियो । त्यो देशका नागरिकहरूमा इमानदारी र अनुशासन भगवान्ले कोची कोची हालिदिएका थिए । सबैले सबैलाई आदर गर्थे । देशले बनाएको व्यवस्था अनुसार सबै नागरिकहरूले ठीक समयमा ठीक काम गर्थे । मान्छेहरू लगायत त्यहाँका जीवहरू जन्मनासाथ नवजवान हुन्थे र नवजवान नै रहिरहन्थे । त्यहाँ सधैँ वसन्त ऋतुमात्र भइरहन्थ्यो ।
चेतना
कक्षा चारमा पढ्ने रविनका साथीहरू उसलाई ‘छुस्के’ स्वभाव भएको मान्दथे । उसका आफन्तहरू पनि उसलाई ‘उपद््रया केटो’ को दर्जामा राख्दथे । उसलाई भने सधैँ नयाँ नयाँ कुरा बुझ्ने, अनुभव गर्ने इच्छा भइरहन्थ्यो । अरूले जुन कुरा गर्नुहुन्न भनेको छ, उसलाई त्यही कुरा गर्न नपाएर छटपटी भइरहन्थ्यो । ऊ अनायासै त्यै ‘गर्न नहुने’ कामप्रति आकषिर्त भइरहन्थ्यो । परिणाम स्वरुप उसले एउटा न एउटा बिघ्न गरेर कहिले आफँै दुःख पाउँथ्यो । कहिले उसका कारणले अरूले दुःख पाउँथे ।
