हेर बाबुनानी रूखको बानी
सबैको उपकार गर्ने कस्तो ज्ञानी
असिना-आँधी आइरहन्छ
ऊ प्रकृतिको गीत गाइरहन्छ ।
आफू हावा हुरी सहिरहन्छ
घाम-पानीमा हाँसी रहन्छ
चराचुरूङ्गीलाई सहारा दिन्छ
गाइवस्तुलाई आहारा दिन्छ
सज्जनहरूको माया लिन्छ
बटुवाहरूलाई छायाँ दिन्छ ।
आफू पोखिएको जल लिन्छ ।
अरूलाई मीठो फल दिन्छ
दुर्जनहरूको चोट आफू लिन्छ ।
उनीहरूलाई राम्रो फूल दिन्छ ।
हामीले रूखको बानी सिक्नुपर्छ
कठिन समयमा पनि टिक्नुपर्छ
रूख जस्तै परोपकारी बन्नुपर्छ
सबैलाई माया दया गर्नुपर्छ
आफ्नो दुःख आफैँ लिनुपर्छ
अरूलाई आफ्नो सुख दिनुपर्छ
हामीले ठूलो पार्नुपर्छ आफ्नो छाती
उद्योग गरी पुग्नुपर्छ माथि माथि ।
जाति, लिङ, धर्मभन्दा माथि
परोपकारीको मन नै ठूलो हो साथी ।
