घाम जून उदाए’नी पाहार छैन घरमा मेरो,
जति फूल फुलेपनि बाहार छैन घरमा मेरो ।
तिम्रो मिठो कुरा सुनि मैले पेट भरेपनि,
उता जाहान् भोकै हुन्छन् आहार छैन घरमा मेरो ।
रोजि रोटी दुई छाक मेरै भरले चलेको छ,
मेरो बाहेक कसैको’नी आधार छैन घरमा मेरो ।
व्यबहार चारैतिर पहिले भन्दा बिग्रियो झन् ,
भताभुङग लथालिङग आकार छैन घरमा मेरो ।
दु:ख मात्रै लेख्ने भए, ब्यर्थै किन आउँछस् दैब ?
तेरो लागी कसैको’नी निधार छैन घरमा मेरो ।
