Skip to content

लेख्ने तल्तल् नभैकन

लेख्ने तल्तल् नभैकन लेखिँदैन गजल मेरो
मन्मा हल्चल् नभैकन लेखिँदैन गजल मेरो

लेख्नलाई त कँही कतै केही घट्ना घट्नु पर्छ
राम्रो मल्जल् नभैकन लेखिँदैन गजल मेरो

गर्नेहरु गरिदिन्छन् अन्धकारको कुरा तर
जून झल्मल् नभैकन लेखिँदैन गजल मेरो

भँमराले फूलसँग हजार प्रित गाँसे पनि
शित ढल्पल् नभैकन लेखिँदैन गजल मेरो

कैलेकाँही बिना कारण् रिसाउँछु म उनिसँग
थोरै खल्बल् नभैकन लेखिँदैन गजल मेरो

लेख्ने तल्तल् नभैकन लेखिँदैन गजल मेरो
मन्मा हल्चल् नभैकन लेखिँदैन गजल मेरो

1 thought on “लेख्ने तल्तल् नभैकन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *