गास,बास र अलिकती कपास देउ जवानीलाई,
जिउँदो लाश नबनाउ, सास देउ जवानीलाई ।

सधैं चोली भित्र कती बाँधी राख्छौ ? खुम्च्याएर,
कहिले काही चोली खोली,आकश देउ जवानीलाई ।

अन्धकार भित्र धेरै ताड्पिएर बस्नु हुन्न,
हिउँदको घाम तापी प्रकाश देउ जवानीलाई ।

हरियाली आउन फेरी अर्को रितु कुर्नु पर्छ,
अहिले नै बिचार गरी, मधुमास देउ जवानीलाई ।

भोली कहिल्यै आउँदैन,भोली भोली नभन है ?
तिर्खा मेटी थोरै आज मिठास देउ जवानीलाई ।

लोभ गर्दा गर्दै फेरी, भित्र भित्रै खिया लाग्ला ?
बाँध फुट्ला धैर्यताको, निकास देउ जवानीलाई ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *