दिन छोटो लाग्छ अचेल रात छोटो लाग्छ अचेल,
जति बोले पनि हाम्रो बात छोटो लाग्छ अचेल ।
आजभोली किन तिम्रो प्रेम बोट ओइलाउदै छ ?
जति पलाउँछ त्यती, पात छोटो लाग्छ अचेल ।
दुइटै हात तन्काएर तिम्ले अँगालोमा बेरे पनि,
किन किन मलाई तिम्रो हात छोटो लाग्छ अचेल ।
मेटिदैन प्यास मेरो थोपा थोपा पिलाएर,
बाह्रै महिना रुझे पनि बर्षात छोटो लाग्छ अचेल ।
लम्बाइ,चौडाइ,गहिराई जति सुकै बढाउ तिम्ले,
तर मलाई तिम्रो मन्को आयात छोटो लाग्छ अचेल ।

Please Appreciate your
Please Appreciate your comment on
surya_marahatta@yahoo.com