Skip to content

घुम्टो खोली देखायो कि

  • by


घुम्टो खोली देखायो कि ? चाँदनीले रातभरि,
हेर्‍यो होला टोलाएर आँगनीले रातभरि ।

म त कोठा भित्र थिएँ, बाहिर जून टहटह,
बोलायो कि ? झ्यालबाट रोशनीले रातभरि ।

तर मैले केही सुनिन, सुने पनि को उठ्थ्यो र ?
आफुलाई त गाँजेकोथ्यो सपनीले रातभरि ।

कतिखेर आयो जून ? अत्तो पत्तो छैन मलाई,
मेरो आँखा खोल्दिएन मोहनीले रातभरि ।

अबेला पो ब्युँझिएछु, अनि हेरेँ झ्यालबाट,
पर्खिएको रैछ मलाई बिहानीले रातभरि ।

नेपोलियन मरहट्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *