Skip to content

नेता देख्दा यस्तो लाग्छ ……

नेता देख्दा यस्तो लाग्छ चोर देख्छु म त,
सिंहदरबार सुँगुरको खोर देख्छु म त ।

शत्रुले’नि खाए देश,पत्रुले’नि खाए देश,
बिदेशीको हातैभरी बाग्डोर देख्छु म त ।

धर्महिन शर्महिन मात्रै नेता बन्ने रैछन् ,
शपथ खाने मुखैभरी कोर देख्छु म त ।

साह्रै गाह्रो हुँदो रैछ मुर्ख-मुर्ख मिलाउन,
सत्ताभरी स्यालहरु बिजोर देख्छु म त ।

करोडौंको खर्च गरी स्यालहरु भ्रमण जाँदा,
अश्रुबर्षा जनताको घनघोर देख्छु म त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *