खोलापारी ‘हुइयाँ’ गर्दै स्याल करायो
त्यो सुनेर मुनी पाठो निकै डरायो ।
बाजी जित्न घसि्रएर हिँड्यो कछुवा
छिटो छिटो दगुर्दै छ हेर खरायो ।
सिङमाथि सिङ् हुने जन्तु कुन हो
त्यही त हो उफ्री-उफ्री कुद्ने जरायो ।
फूलमाथि नाच्दै थियो राम्रो पुतली
उडी गयो पर-पर कता हरायो ।
बुद्धिमान् कागको कथा भनिन् दिदीले
सुनेपछि सानो भाइले मन परायो ।
