ललिता 'दोषी'

बाबाको डायरीमा आश्मा

(प्रार्थना गानपछि नमुना मछिन्द्रको चौर खालीजस्तै थियो । विद्यार्थीहरू प्राय: कक्षा कोठामा थिए । अलि अँध्यारो मुख लगाएर न्यून दृष्टियुक्त आश्मालार्ई डोर्याउँदै कक्षाकोठाभित्र पसेको सक्षमलाई देखेर सबै अचम्म पर्दै हेरेको हेर्यै भए ।)

प्रसन्न: (बेञ्चबाट जुरुक्क उठेर जीउ तङ्काउँदै) लौ न, म आज सपना त देखिरहेको छैन ? के उल्का हो यो ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जालको कमाल

सुरजीतले खुसी हुँदै चिच्याए –“बा ए बा …!” घरको ढोका खोलेपछि बोल्दाबोल्दै सुरजीतको बोली रोकियो ।

काठको खटियामा सुतेका कनैयाले सुरजीततिर हेर्दै भने –“तँ खुसी हुनको कारण मलाई थाहा छ । तँ यस परीक्षामा पनि पहिला नै भइस् होइन ?”

सुरजीतले बाबुको निधार छाम्दै भने–“ला, तपाईंलाई त ज्वरो पो आएछ । ओठमुख पनि सुकेछ पानी खाने हो ?”

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

पन्ना अचम्म पर्यो

धर्मराज गाउँका धनीमानी व्यक्ति थिए । उनको ठुलो घर थियो । घरमुनि मिलेका खेतका गराहरू थिए । घर, खेतबारी सबैको रेखदेख इमान्दार पन्नाले गर्थ्यो । त्यसैले उसले मालिक मालिक्नीबाट भरपूर माया पाएको थियो ।

एक दिन दिउँसोतिर बुढी राती गाई र कालो गोरु मिलेर आफ्नो खेतको पाकेको धान खाएको देखेर पन्नालाई साह्रै रिस उठ्यो । पन्ना दौडदै खेतमा गएर घ्वाँ–घ्वाँ भुक्दै भन्यो– “हैन, तिमीहरूले यो धर्मराज साहूको खेत हो, त्यसको रक्षक म हुँ भन्ने पनि भुल्यौ कि क्या हो ? कि मेरो अपमान गर्न खोजेका हौ ?”

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

सौम्य दृश्य

यतिखेर प्रत्येक मन
फसेका छन् चक्रव्यूहमा
हेरिरहेछौँ शून्यता महाशून्यता
खोइ कसरी पो फुकाऔँ ?
यी दुर्घटित साङ्ग्लाहरू

समयले कोरोना ओकलिरहेको छ
केवल आँखा चिम्लिरहेकाछन् मन्दिर, मस्जिद र
स्तूपहरू
तिमी नै भन कसको आराधनामा
धूपबत्ती सल्काऔँ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उज्याला दिनहरू

मधुमाया आग्रोभन्दा गाग्रो सुन्थिन् । त्यसैले उनलाई गुल्मीको थामडाँडामा सबैले गाग्री बजै भन्थे । उनको नाम मधुमाया हो भनेर पछिल्लो पुस्तालाई थाहासम्म थिएन । एक–दुईपल्ट जम्काभेट भएर उनीसँग कुरा गरेका मान्छेहरू उनलाई देखेपछि टाढैबाट बाटो मोड्थे । मान्छेहरूले उनलाई वास्ता नगरे पनि काले कुकुर, भैँसी, दुई–चार बाख्रा र तिनका पाठापाठी सधैँ उनका अगिपछि हुन्थे । उनी तिनीहरूसँगै सुख–दुःखका कुरा गर्थिन् । उनीहरूले जीउमा कन्याउन मुन्टो हल्याए पनि उनकै कुरा सुनेर सही थापेझैँ लाग्थ्यो उनलाई । त्यसैमा उनी खुसी हुन्थिन् ।

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

होली

आऊँ हामी होली खेलौँ एकजुट बनी
रङ्ग मात्र दलौँ सबलाई आफ्नो भनी

नसमाऊँ लोला अनि प्लास्टिकका पोका
त्यस्मा पानी छ्याप्दा त धेरै देखेँ रोका ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मायालु सुगा

भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो ।

मृगले रुँदै भन्यो, ‘‘सुगा भाइ मलाई बचाऊ म मर्न चाहन्नँ ।’’

सुगा कुनै उपाय निकाल्छु भन्दै भुर्र उड्यो । ऊ आत्तिदै यताउता मुसा खोज्न थाल्यो । अहँ पाएन । ऊ निराश भएर के गरौँ के नगरौँभनेर सोचिरहेको थियो । उसले मुसा च्यापेर उडिरहेको कागलाई देख्यो । ऊ सकिनसकी उडेर काग नजिकै पुग्यो ।

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

जलकी रानी !

ए जलकी रानी !
कहाँबाट आयौ तिमी ?
हे जलकी रानी !
तिमीलाई भन्छन् अरे
जताततै पानी

खोल्सीतिर बग्छौ पहिले
पुग्छौ अनि खोला
खोलाबाट नदी बनी
फेर्छौ आफ्नो चोला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रेम

मेनका: फूलको थुङ्गा झरेझैँ
झरी जाने जिन्दगी
एक दिन त चिताहरूमै
परी जाने जिन्दगी

छोटो यो जिन्दगीलाई
सतमार्गमा लगाऊँ
प्रभु शिव, शिव भन्दै
सारा जीवन बिताऊँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भँगेरी

पर्खिबस्छु तिमीलाई नै आऊ न भँगेरी
छरिदिन्छु चारा मैले खाऊ न भँगेरी
चुँचुँ गर्नै स्वरै मीठा तिमी सानो साथी
गर्दैनौ कुनै बिगार कति छौ है जाती ।

नआउँदा आँगनीमा खल्लो लाग्दछ
तिमीलाई हेरी बस्दा भोक नै भाग्दछ
चुँचुँ गर्दै मीठो गीत गाउँ न भँगेरी
तिम्रै माया लाग्छ मलाई आऊ न भँगेरी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वेदान्त

आठ कक्षामा नयाँ विद्यार्थी पसेपछि सबैले मुखामुख गरेर हेरे । नयाँ विद्यार्थी पछिल्लो बेन्चमा गई टुसुक्क बसे ।

कक्षाकै हुल्यहाँ विद्यार्थी रघुले हकार्दै भने–“यो बेन्च हाम्रो हो । अर्को बेन्चमा गएर बस् ।”

नयाँ विद्यार्थी अर्को बेन्चमा गएर बसे । रघुले फेरि भने–“यो पनि मेरो साथीको बेन्च हो, अर्कोमा बस् ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

परी

सबैभन्दा राम्री छिन् है मेरी प्यारी नानी !
मीठोपीठो जे पाए नि खुरुखुरु खानी
सबैलाई दयामाया सहयोग गर्ने त्यस्तै
लाग्छ मलाई मेरी छोरी परी हो कि जस्तै ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ओझेल

सपनाको भट्टीनजिकै पुगेपछि प्रायः सबै तन्नेरी र वृद्धहरूको आँखा पनि टक्क अडिन्थ्यो । चाहे सद्भावनाले होस या प्यासले । नअडियोस् पनि किन सपना अति सुन्दर मानौँ परीजस्तै थिई । गोरो बाटुलो बान्की परेको अनुहार थियो । रगत चुहिएलाजस्तै थिए दुवै गालाका पाटाहरू, आँखाहरू त्यस्तै ठुलाठूला सुन्दर थिए । अनारको दानाहरूझैँ मिलेका दाँतहरू थिए । पुष्ट छाती, हलक्कै बढेको शरीर उसको आकृति हेरेपछि धित मार्न सबैलाई हम्मेहम्मे नै पर्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आमा

कालो–कालो रूप थियो गालामा थियो कोठी
चाँदीझैँ कपाल थियो छोटो लगाउँथिन् धोती
आँखा थिए निर्मल ठूला सलक्क परेका आँखीभौँ
गए तिनका दिन कठै ! राम्रो नलाईकनै ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
LalitaDoshi

रातका पतिहरू

एकाएक सडकमा छाएको चकमन्नताले लुनालाई कताकता शून्य लाग्छ। केही दिन अगाडिदेखि नै सडकनजिकैका घर थर्काउने खालको लाटीको आवाज कसैले सुन्न पाएका हुँदैनन्। लाटीका विषयमा भन्नुपर्दा, लाटीलाई परासी बजारमा सबैले चिन्छन्। प्रत्येक मान्छे ऊसँग परिचित छन्; कोही अपरिचित छैनन्। मानौँ सडक उसको पेवा नै हो। सधैँ सडकमा हे… हे… र ऐ… ऐ…. गर्दै चिच्याउने उसको आवाज कसैले थुन्न सकेका छैनन्। ऊ कान नै नसुन्नेचाहिँ होइन। कसैले ऐ भनेर बोलायो भने ऐ को प्रतिउत्तर ‘ऐ’मै दिन्छे। लाटीको अतित भने गर्भमै छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •