Skip to content

शीर्षक के हो ? (मुना चैत २०६५)

  • by


एकदिन विद्या दाइले भने लमजुङ जिल्लाको दुराडाँडा भन्ने ठाउँमा एउटा जल्किनी भन्ने गाउँ रहेको पाइन्छ । त्यो जल्किनी गाउँमा एउटा पण्डित नरहरि अधिकारी भन्ने गुरु हुनहुन्थ्यो ।

जल्किनी गाउँको पश्चिम उत्तरतिर खुरिखन्न एउटा गिरगिरे डाँडा रहेको थियो । त्यहाँ २००७ सालमा प्रजातन्त्र आए लगत्तै सबै गाउँलेहरू मिलेर एउटा सहयोग सदन पाठशाला स्थापना गरेका थिए ।

त्यो पाठशालामा पण्डित नरहरि गुरुले पढाउने गर्नुहुन्थ्यो । नरहरि गुरु संस्कृतका धुरन्धर विद्वान् हुनुहुन्थ्यो ।

त्यतिबेला त्यहाँ वरिपरि कुनै विद्यालयहरू थिएनन् कसैलाई आˆना बालबच्चाहरूलाई पढाउन मन लाग्यो भने काशी बनारस भन्ने ठाउँमा पढाउनु पर्दथ्यो । त्यहाँ नगइकन कसैले पढ्न पाउँदैनथे । त्यसै भएर आजसम्म पनि समाजमा “विद्या नपाए काशी जानु” भन्ने उखान चलिआएको पाइन्छ ।

कसैका बाबुआमा पढेलेखेका भए तिनले आˆना छोराछोरीहरूलाई घरैमा अक्षर चिनाएर पढ्न काशी बनारस पढाउँथे । त्यहाँ गएर पनि सबैजसोले संस्कृत नै पढेर आएका हुन्थ्यो ।

त्यतिबेला लेख्नमा भन्दा घोक्नमा बल गरिन्थ्यो । अघिल्लो दिन गुरुले दिनु भएको पाठ भोलिपल्ट कण्ठस्थ गर्नुपथ्र्यो । कक्षामा गुरुले सोधेपछि उठेर किताब नहेरी भन्नु पथ्र्यो ।

पण्डित नरहरि गुरु संस्कृतका प्रकाण्ड विद्वान् भएकोले उहाँ सधैं नुहाई धुहाई, पूजाआजा गरी भागवत् पाठ गरेर मात्रै खाना खाने गर्नु हुन्थ्यो । त्यो देख्दा हामीलाई पनि त्यसरी नै नुहाइ धुहाइ पूजापाठ गरेर खाना खान पाए कस्तो मजा हुन्थ्यो होला भन्ने लाग्थ्यो अनि पण्डित नरहरि गुरुले हामीलाई तिमीहरूले झूटो कहिल्यै बोल्न हुँदैन । सधैं साँचो बोल्ने बानी बसाल्नुपर्छ । अरूको अपकार हुने काम कहिल्यै गर्न हुँदैन । सधैं हामीले अरूको उपकार हुने काम मात्रै गर्नुपर्दछ भन्नु हुन्थ्यो । अरूको उपकार गर्नु भनेको धर्म गर्नु हो पुण्य कमाउनु हो । अरूको उपकार गर्नु अरूलाई दुःख दिनु भनेको पाप गर्नु हो भन्नु हुन्थ्यो यो कुरा सुन्दा हामी के भनेको होला भनेर सधैं सम्भिmरहन्थ्यौँँ ।

त्यतिबेला गुरुले झूटो बोल्ने काम तिमीहरूले कहिल्यै नगर्नु है भनेको छाप परेकोले अहिलेसम्म पनि उहाँको विद्यार्थीहरूले झूटो बोल्ने काम गरेका छैनन् ।

गुरुले भन्नुहुन्थ्यो जसले अरूको उपकार हुने काम गर्दछ त्यही व्यक्ति नै संसारको ठूलो मान्छे बन्न सक्दछ । यही भनेको भएर त्यहाँका मान्छेहरू सकेसम्म अरूको उपकार हुने काम गरेर ठूलो मान्छे बन्न पाए हुन्थ्यो भनेर मनमा लिइरहेेका हुन्थे ।

त्यसबेला अहिले जस्ता पाठ्यक्रम र त्यससँग सम्बद्ध किताबहरू थिएनन् त्यतिबेला त ठूलो वर्णमालाको किताब पढिसकेपछि चण्डी, रूद्री, अमरकोषजस्ता किताबहरू पढ्नुपथ्र्यो त्यो पढिसकेपछि बल्ल संस्कृतको व्याकरण लघुकौमुदी रघुवंश, पञ्चतन्त्र, तर्कसङ्ग्रह, कुमारसम्भव किराँतार्जुनीयम् जस्ता किताबहरू पढाइन्थे ।

त्यतिबेलाका समयमा पनि नरहरि गुरुले पढेनन् भनेर कसैलाई पिट्नु हुन्नथ्यो सबैलाई सम्झाई बुझाई गरेर पढाउने काम गर्नुहुन्थ्यो । नरहरि गुरुले कसैसँग नराम्रो मुख गर्नु भएन नरहरि गुरु साह्रै ज्ञानी हुनुहुन्थ्यो । उहाँले त्यस ठाउँका धेरै जनालाई अक्षर चिनाउनुभयो । ज्ञान दिनुभयो । उहाँले त्यहाँ एउटा उज्यालो बत्ती बालेर छाड्नु भयो । उहाँले गर्दा त्यस ठाउँका मान्छेहरू कोही शिक्षक भए, कोही सरकारी कार्यालयमा माथिल्लो पदमा पुगे । त्यतिबेलाको त्यो अनपढ अशिक्षित समाजमा नरहरि गुरुको व्यक्तित्वले गर्दा धेरै व्यक्तिहरू शिक्षित भए सबैले नरहरि गुरुको ठूलो गुन माने ।

त्यतिबेलाको सहयोग सदन पाठशाला पछि गएर सहयोग सदन प्राथमिक विद्यालय भयो पछि गएर त्यसैको अलिकति मास्तिर कीर्तिपुर भन्ने ठाउँम्ाा पाणिनी संस्कृत माध्यमिक विद्यालयको स्थापना भयो र त्यो सहयोग सदन प्राथमिक विद्यालय पाणिनी संस्कृत माध्यमिक विद्यालयमा गाभियो । त्यो पाणिनी संस्कृत माध्यमिक विद्यालयमा एककक्षादेखि दशकक्षासम्म पढाइ हुनथाल्यो ।

त्यहाँ पढ्ने विद्यार्थीले अङ्ग्रेजी, संस्कृत दुबै विषय पढ्न पाउने भए तिनीहरूले दुबै शिक्षा पढ्न पाउने भएकोले त्यहाँ पढेका विद्यार्थी धेरै जान्नेसुन्ने ज्ञानी भएर निस्किए । त्यहाँका मानिसहरू हिजोआज सबैले त्यसो भनेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *