Skip to content

निजी

नहुन् कोही दुखी

कविता

“नहुन् कोही दुखी ….”

नहुन् कोही दुखी नहुन् कोही रोगी
नहुन् कोही शोषित नहुन् कोही भोगी
सबैमा रहोस् शुख र शान्ति बास
अपेक्षा छ यही र गर्छु म आश

सबैको बनोस् सुन्दर फूलबारी
सबैले हेरुन् दिब्य दृस्टी उघारी
फुलुन् पुस्प मग-मग भई बाग-बनमा
र छाओस् सबैको खुशी भित्र मनमा

नदुखुन् कोही दुख र पीर बोकी
नरोउन् कोही मुड्कीले छाती ठोकी
समभाव सबमा समता समाज
चाहना छ यस्तै बनोस् देश आज

म ठूलो तँ सानो अनि जात पात
भनि दम्भ गर्नाले त हुन्छ घात
नराखौं कसैले पनि क्षुद्र सोच
बढाउँछ यसले अराजकता रोष

छाओस् सबैमा खुशी कान्ति आभा
र बहोस सबैमा रसतुल्य हावा

देउसीरे गीत

देउसीरे गीत

हेर-हेर-हेर भाइबैनी हो
सयपत्री मखमली फूलै फूलेको
(हुलका हुल मान्छे देउसी भैलो खेल्दै )२
(गाँउ घर सारा डुलेको )२

झिलिमिली झिलिमिली -देउसीरे
केको झिलिमिली -देउसीरे
फूलको झिलिमिली -देउसीरे
बत्तीको झिलिमिली -देउसीरे

चेली-माइती भेला भई माया साटासाट
कति राम्रो चलन चलेको
(साँझको बेला झिलिमिली बत्ती )२
(धपक्कै गाँउ बलेको )२

स्वर मिलाई भनौं -देउसीरे
राम्ररी भनौं -देउसीरे
(बर्षमा दिनको -देउसीरे)२
चाडबाड मनाऔ-देउसीरे

छैन रिसराग दिल सबको साफ
उमेर अनुसार जम्मा भएर
(गर्छन् सबै रमाईलो खेल्दै देउसी भैलो )२
(भ्याएसम्म घर-घर गएर )२

खोला

कविता

“खोला”

कतै बग्छ खोला मीठो गीत बन्दै
कतै बग्छ खोला चिसो शीत बन्दै
कतै बग्छ खोला सुनामी भएर
कतै बग्छ खोला मलामी भएर

कतै बग्छ खोला धमिलो भएर
कतै बग्छ खोला अमिलो भएर
कतै बग्छ खोला नुनिलो भएर
कतै बग्छ खोला गुनिलो भएर

कतै बग्छ खोला रुवाई बनेर
कतै बग्छ खोला दुहाई बनेर
कतै बग्छ खोला सुसाई-सुसाई
कतै बग्छ खोला बिसाई-बिसाई

कतै बग्छ खोला हिमताल बन्दै
कतै बग्छ खोला सिमखाल बन्दै
कतै बग्छ खोला तरुणी भएर
कतै बग्छ खोला बरुणी भएर

अभिसप्त यो जिन्दगी एक खोला
हिडनु कति छ कति बोकी झोला
कति टुट्तछन् जिन्दगी बोकी भारी
कति छुट्तछन् जिन्दगी घारी-घारी

दसै‌ सकियो

यस पालि पनि अलिकति दशा लिएर आएको थियो
अघिल्लो वर्षकै जसरी ।
यस पालि पनि कतै कतैतिर
उन्माद लिएर आएको थियो
अघिल्ला वर्षहरुकै जसरी ।
यस पालि पनि केही तडकभडक लिएर आएको थियो
उहिलेकै जसरी ।
यस पालि पनि जुवा तास र डाइस लिएर आएको थियो
सधै‌कै जसरी ।
खाए दक्षीणा थापेर केही मुन्द्रेहरुले मादक
अघिल्लो वर्षकै जसरी ।
केही वर्ष अघिमात्र
यसलाइ बहिष्कार गर्थे केही जातिवादी अतिवादीहरु
यस पालि ता तिनैका छोराहरुले
यसैको नाममा
खाए मादक पदार्थ रातरात भरि ।
खेले टोलमा हालिदिएको पिङ् पनि दिन रातरात भरि ।
अलि हल्ला गरे टोलभरि ।
यसै अवसरले
हुन सक्छन् केही चेलीबेटीहरु गर्भिणी ।

आमा

गीत

आमा रुदा आँसु पुछ्न नसक्ने म छोरो
आमा दुख्दा आँफु दुख्न नसक्ने म छोरो
व्यर्थै जन्म दियौ जस्तो लाग्न थाल्यो आमा
धिकार्दै छु आँफैलाई हिजो-आज आमा

दशधारा दुध खाको कति चाडो भुलें
आफ्नै तुच्छ स्वार्थ बोकी त्यसै भित्र भुलें
पश्चतापको डढेलोमा जल्दै छु म आमा
धिकार्दै छु आँफैलाई हिजो आज आमा

दिनुसम्म दिएँ दुख पाषण थियो छाती
पलाएन कत्ति पनि दया तिमी माथि
धेरै रोयौ रोइराछौ झार्दै आँशु आमा
धिकार्दै छु आफैलाई हिजोआज आमा

हिजो जे भो गल्ति भयो दुखी छु म आमा
कसम खाइ आजै देखी गर्छु धेरै माया
दिने छैन दुख अब देउ शितल छाया
जीवनभरी मर्छु बाँच्छु तिम्रै लागि आमा

सोधौं यी प्रश्नै पनि

कविता

सोधौं यी प्रश्नै पनि ”

लेखौं केही भनि धेरै दिन पछि खेलाई मनमा कुरा
बोकी छटपटी शब्द-चित्र मनमा नचाउदै छु पुरा
लेखौं के भनि पात्र हेर्छु म जसै देख्छु नेता देशका
नाना रुप र रंगमा बहुरुपी सिधान्त औ भेषका

चिल्ला कार र टाई सुट अनि जेल कपालमा चम्कने
नेता हुँ म गरिबको भनि सदा भाषण महा गम्कने
फेर्छन् छिन्-छिनमा यी बोली किन हो छेपारोको झैं रंग
छैन लाजशरम अलिकति पनि डर छैन जनतासंग

छद्मभेषीहरु चिनौं अब छिटो झुक्याउलान् कि बुझौं
नछामीकन कान बेसुर हुँदै तिनका-पछि नकुदौं
मगन्ते भई भोट माग्न घर-घर आउलान् शाखुल्ले बनि
गर्यौ के पहिले र गर्छौ अब के सोधौं यी प्रश्नै पनि

दशैं

कविता

‘यो मन् त्यसै खिन्न छ’

खोज्दैछु समभाव भेट्छु कि भनि भेटिन्न काहीं पनि
सोद्धैछु मनभाव भित्र किन हो देखिन्न ज्योति बनि
मनको शान्त तलाउ माझ किन हो बैसम्य बढ्दै गयो
कस्ले किन कसोरी खण्डित गर्यो यो के भयो के भयो ?

इच्छा कुण्ठित भै सहस्र मनमा कैदी भई बस्त छन्
भुली सारा जीवन अनि जीजीविसा कोही कतै मस्त छन्
मान्छे आखिर मान्छे हो तर पनि पशुत्वले छोपियो
निश्छल कोमल संबेदनशील थियो त्यो क्रुरता रोपियो

विश्वाश अन्त कतै गयो बिलिन भो आशा-भरोसा टुट्यो
मान्छे भित्र मनुस्य जर्जर भयो शिशा फुटे झैं फुट्यो
बाहिरी रुप जे छ आवरणमा यथार्थमा भिन्न छ

यो मन त्यसै खिन्न छ

कविता

‘यो मन् त्यसै खिन्न छ’

खोज्दैछु समभाव भेट्छु कि भनि भेटिन्न काहीं पनि
सोद्धैछु मनभाव भित्र किन हो देखिन्न ज्योति बनि
मनको शान्त तलाउ माझ किन हो बैसम्य बढ्दै गयो
कस्ले किन कसोरी खण्डित गर्यो यो के भयो के भयो ?

इच्छा कुण्ठित भै सहस्र मनमा कैदी भई बस्त छन्
भुली सारा जीवन अनि जीजीविसा कोही कतै मस्त छन्
मान्छे आखिर मान्छे हो तर पनि पशुत्वले छोपियो
निश्छल कोमल संबेदनशील थियो त्यो क्रुरता रोपियो

विश्वाश अन्त कतै गयो बिलिन भो आशा-भरोसा टुट्यो
मान्छे भित्र मनुस्य जर्जर भयो शिशा फुटे झैं फुट्यो
बाहिरी रुप जे छ आवरणमा यथार्थमा भिन्न छ

सोझो छु मान्छे म ता

कविता

सोझो छु मान्छे म ता

छैन लप्पन छैन छप्पन पनि सोझो छु मान्छे म ता
गन्तव्यतिर बढ्दछु जब अघि पुग्छु म अन्तै कता ?
यो सोझोपन आज बोझ हुन गई भारी छ हर्दम मन
किम्कर्त्ब्यबिमुढ हुन्छु किन हो? गल्दै छु म दिन्-दिन

घरमा श्रीमतीजी कटाक्ष गरने ठानेर सोझो अति
इस्टमित्र र साथी-भाइ पनि कम् छैनन् कोही एक् रति
छोराको पनि चाल उही छ घरमा सोझो छु रे ठान्छ ऊ
मुल्याकन कसरी गरौँ स्वयमको यथार्थमा कस्तो छु ?

देवीचरण भण्डारी “सरोज”

अदृश्य मै रमछा ऊ

कविता

अदृश्य भै रम्छ ऊ

सारै क्रुर छ ऊ गरौँ जति सुकै बिन्ति परि पाउमा
पग्लिदैन कदापि भित्र उसको न दुख्छ त्यो घाउमा
ठूलो मुख उघारी निल्छ सजिलै प्राणी ऊ जत्रो पनि
अघाउन्न किमार्थ निल्छ दिन दिन् सधैँ ऊ भोको बनि

रोगी बालक बृद्ध वा नवजवान भन्दैन कैले पनि
जुन बेला जसलाई रोज्छ उसले लैजान्छ पाषाण बनि
तन्त्र-मन्त्र वा शस्त्र-अस्त्र जति छन् निस्काम हुन्छन् सब
चाह्यो कि त बिताई हाल्छ उसले गर्यो इशारा जब

देखिदैन कतै यी चक्षुहरुले अदृश्य भै रम्छ ऊ
प्राणी मात्रको गर्छ भोज खुशी भै यस्मै सदा जम्छ ऊ
शक्तिशाली अति छ जित्छ सहजै भीमसेन जस्ता पनि

दशै‌को उपहार

विद्यालबाट आइपुगना साथ सानीले घरभित्र नपसी बाहिरबाटै कराइ- ” ल्याइदिनुभो ?”
“के भनेकी थिस् अरे ?” उनले थाहा पाए पनि थाहा नपाएझै‌ गरिन् । उनका अघि विद्यालय जानु अघि सानीले भनेकी थिइ-“मलाइ बरु चाहिएन लुगासुगा यस पालिको दसै‌मा मलाइ मोबायल किनिदिनुहोला ?” यसै भनेर विद्यालय गएकी थिइ । आमालाइ अहिले पो थाहा भएको भान पारिन् र भनिन् “ज्या है, भुसुक्कै भएँछु ।”

क्षितिज पारी

क्षितिज पारी

क्षितिज पारी मनको भारी बिसाऊँ भन्छ मन
सक्तैन पुग्न चाहेर पनि गरुङ्गो हुन्छ तन

ती डांडा -पाखा बादलका थुम्का चुमौं झैँ लाग्दछ
बनेर चरी आकाश छाउने रहर जाग्दछ
नेपथ्यबाट इशारा गरी कसैले बोलायो
फर्केर हेर्छु देख्तिन केही मन त्यसै टोलायो

प्रक्रिति संगै फुलेको देख्छु संगीत बनमा
त्यो सप्तरंगी इन्द्रेणी बस्छे आएर मनमा
पुलकित हुन्छु रोमान्चित बन्छु त्यो दृश्य देखेर
भमरा बनि नाच्न मन लाछ डालीमा टेकेर

माहुरी आई चुस्तछ रस सुगन्ध फूलको
काडेर मह शोषण गर्नु मान्छेको भूल हो
काम गर्छ माहुरी खोस्दछ मान्छे निस्ठुरी बनेर

बन्दकर्तालाई सुझाव

गर्छौ बन्द कति भयो अति खति अधोगति देशको
बुझी-बुझी पचाउछौ बुझ भने भन्नै पो के बाँकी भो
छन् बिकल्प कति-कति अरु पनि छाडेर बिकल्प ति
बन्दै मात्र रोजेर बन्द गरछौ सुध्रेन तिम्रो मति

भित्ते पात्रो बनाई बर्ष दिनको लगाई घेरो त्यहाँ
कसले कुन दिनमा हो बन्द गरने गरौँ न रुटिनमा
रेडियो टीभी वा खबर कागजमा गरेर बिज्ञापन
गरौँ बन्द मिली क्रमैसंग सबै देखाई आफ्नोपन

यति गर्न सके क्यालेन्डर हेरी यो देश चल्ने थियो
न हुन्थ्यो तोड-फोड बाटा-घाटा महा टायर न बल्ने थियो
बायुमंडल नि सफा हुने थियो रोगब्याध घट्ने थियो
कटौती भई खर्च जन्-जन महाआम्दानी बढ्ने थियो