Skip to content

सोधौं यी प्रश्नै पनि

कविता

सोधौं यी प्रश्नै पनि ”

लेखौं केही भनि धेरै दिन पछि खेलाई मनमा कुरा
बोकी छटपटी शब्द-चित्र मनमा नचाउदै छु पुरा
लेखौं के भनि पात्र हेर्छु म जसै देख्छु नेता देशका
नाना रुप र रंगमा बहुरुपी सिधान्त औ भेषका

चिल्ला कार र टाई सुट अनि जेल कपालमा चम्कने
नेता हुँ म गरिबको भनि सदा भाषण महा गम्कने
फेर्छन् छिन्-छिनमा यी बोली किन हो छेपारोको झैं रंग
छैन लाजशरम अलिकति पनि डर छैन जनतासंग

छद्मभेषीहरु चिनौं अब छिटो झुक्याउलान् कि बुझौं
नछामीकन कान बेसुर हुँदै तिनका-पछि नकुदौं
मगन्ते भई भोट माग्न घर-घर आउलान् शाखुल्ले बनि
गर्यौ के पहिले र गर्छौ अब के सोधौं यी प्रश्नै पनि

भेड़ीगोठ फेरी छसय एकको भाँचेर ढाड देशको
सिंगौरी जब खेल्दछन् यी नमिली बिधान लौ लेख्छ को ?
आफ्नो पार्टी र आँफु मात्र बनिने प्रपन्च हो खेल यो
चिन्ता छैन कदापि दलहरु बिशेस निस्वार्थ भै देशको

देवीचरण भण्डारी “सरोज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *