Skip to content

देउसीरे गीत

हेर-हेर-हेर भाइबैनी हो
सयपत्री मखमली फूलै फूलेको
(हुलका हुल मान्छे देउसी भैलो खेल्दै )२
(गाँउ घर सारा डुलेको )२

झिलिमिली झिलिमिली -देउसीरे
केको झिलिमिली -देउसीरे
फूलको झिलिमिली -देउसीरे
बत्तीको झिलिमिली -देउसीरे

चेली-माइती भेला भई माया साटासाट
कति राम्रो चलन चलेको
(साँझको बेला झिलिमिली बत्ती )२
(धपक्कै गाँउ बलेको )२

स्वर मिलाई भनौं -देउसीरे
राम्ररी भनौं -देउसीरे
(बर्षमा दिनको -देउसीरे)२
चाडबाड मनाऔ-देउसीरे

छैन रिसराग दिल सबको साफ
उमेर अनुसार जम्मा भएर
(गर्छन् सबै रमाईलो खेल्दै देउसी भैलो )२
(भ्याएसम्म घर-घर गएर )२

भन मेरा साथी -देउसीरे
बढ्दै माथि-माथि -देउसीरे
हाम्रा कला संस्कृति -देउसीरे
नभुलौं है साथी -देउसीरे

गाई गोरु कुकुर सबको पूजा गरेर
हामी पनि तिहार मनाउने
(दिदी बैनी दाजुभाइ साथीभाइसबैमा )२
(माया प्रेम सद्भाव बढाउने )२

नमरी बाँचे -देउसीरे
कालले सांचे -देउसीरे
अर्को साल फेरी -देउसीरे
यसैगरी आउने -देउसीरे

देवीचरण भण्डारी “सरोज”

(मेरो कृति”सानी बैनी “बाल कविता संग्रहबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *