Skip to content

कविता

“नहुन् कोही दुखी ….”

नहुन् कोही दुखी नहुन् कोही रोगी
नहुन् कोही शोषित नहुन् कोही भोगी
सबैमा रहोस् शुख र शान्ति बास
अपेक्षा छ यही र गर्छु म आश

सबैको बनोस् सुन्दर फूलबारी
सबैले हेरुन् दिब्य दृस्टी उघारी
फुलुन् पुस्प मग-मग भई बाग-बनमा
र छाओस् सबैको खुशी भित्र मनमा

नदुखुन् कोही दुख र पीर बोकी
नरोउन् कोही मुड्कीले छाती ठोकी
समभाव सबमा समता समाज
चाहना छ यस्तै बनोस् देश आज

म ठूलो तँ सानो अनि जात पात
भनि दम्भ गर्नाले त हुन्छ घात
नराखौं कसैले पनि क्षुद्र सोच
बढाउँछ यसले अराजकता रोष

छाओस् सबैमा खुशी कान्ति आभा
र बहोस सबैमा रसतुल्य हावा
सत्यम शिवम सुन्दरम बोकी भाव
बनाउँ यो धर्ति मिली स्वर्ग तुल्य

देवीचरणभण्डारी “सरोज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *