इथरको बुबा ठुलो अन्तरिक्ष वैज्ञानिक भयो । उनी धेरै मेहनती भएकाले अन्तरिक्ष विज्ञानमा बाहिरि ग्रहसँग कनेक्सन गरेर एकमात्र सुपर वैज्ञानिक बनेर तहल्का मच्चाइरहेका थिए । ऊ अन्तरिक्षका अति विकसित जीवलाई यस पृथ्वीमा पदार्पण गराउन चाहन्थ्यो । यस पृथ्वीमा इथर जब ६ महिनाको भएको थियो, अकस्मात इथरका बुबा “मिराकल ! मिराकल !!” भन्दै दङ्ग प¥यो, उफ्रिन थाल्यो, चुलबुल हुन थाल्यो । वास्तबमा उसको बुबाले जुन सूचना पठाएको थियो, त्यसको सहायतामा उसको बुबालाई अन्तरिक्षयात्रीहरुले यानबाट लिन आएका थिए र सोहीबेला मोटर दुर्घटनामा सम्पुर्ण शरीर भष्म भएर हो वा के भएर हो उसको बुबाको कुनै अंशको रसायन पनि त्यहाँ बाँकी भएको थिएन ।
लगत्तै पृथ्वीका वैज्ञानिकदलहरु सो ठाउँमा अनुसन्धान गर्न आइपुगे तर सो बाहिरि ग्रहको अन्तरिक्षयात्री गायब भैसकेको थियो । जब कुनै प्रमाण फेला परेन सो वैज्ञानिक दलहरु सबै आफ्नोआफ्नो देशमा अनुसन्धानको कार्यलाई स्थगित गरेर फर्के । महान वैज्ञानिकको छोरा इथर पनि समयले कोल्टे फेरेसँगै पच्चीस वर्षको भइसकेको थियो । “पच्चीस वर्षसम्म सो प्रयोगशालाको बारेमा कसैलाई नबताएर पच्चीस वर्षसम्म बन्द राखेर के बुद्धु काम गरेको ? त्यत्रो ठुलो कोठालाई प्रयोगशाला भनेर त्यत्तिक्कै नछोडी केही काम लिएको भए केही न केही त फाइदा हुन्थ्यो” भनेर आमाछोरा सो प्रयोगशलाभित्र प्रवेश गरे ।
त्यस्तो ठुलो ठाउँमा सबै उपकरणहरु त्यसै छरिएर रहेको थियो । अँ एउटा कुराको आमाछोरालाई याद थियो जब सो अन्तरिक्षयात्रीले उनीहरुलाई इन्द्रेणी जस्तो रङ्गिविरङ्गी प्रकाशले छरेर वेहोश पारेको थियो । सो बेला सो प्रयोगशालाको सजावट एकदम राम्ररी मिलेको थियो । तर जब पृथ्वीकै वैज्ञानिकहरुले सो प्रयोगशालाको सबै उपकरणहरु जाँच गर्दा केही प्रमाणहरु फेला परेन अनि सबै सामान छरपस्ट पारेर फर्केको थियो । त्यसरी नै एकदम राम्ररी जस्ताको तस्तै सजावट गर्ने भनेर आमाछोरा दुबै जुटे । केही दिनको अथक प्रयत्नपछि सो कोठालाई पहिले कै सजावटशैलि अनुसार मिलाउन सफल भए । एउटा काठको वाकसलाई भने जता राखे पनि सजावट पहिले जस्तो भएन । चलाउँदा चलाउँदा दिक्क लाग्दा अकस्मात सो बाकस उनीहरुको हातबाट खस्यो ।
पच्चीस वर्षपछि सोही अन्तरिक्षयान आएको उसकी आमाले देखिन् । त्यसबाट एक अन्तरिक्षयात्री उसको बुबाले अरु ग्रहसँग सम्पर्क राख्ने मेशीन, कम्प्युटर आदि उपकरणहरु जुन उसको बुबाले कसैलाई चलाउन नदिनु भनेको थियो, सोही ठाउँभित्र जबर्जस्ती प्रवेश गर्यो । यसको बदलामा सो बाहिरि ग्रहको जीव र उनीहरुको घोर घमासान युद्ध भयो । आखिर आमाछोरा दुबैलाई सम्मोहनले बेहोस पारेर सो अन्तरिक्षयात्री पच्चीस वर्षपछि सो प्रयोगशालामा प्रवेश गर्न सफल भयो । उसले त्यसका लागि बाहिरि ग्रहबाट धेरै उपकरणहरु ल्याएको थियो । जब आमाछोराको होश खुल्यो सो प्रयोगशालाको रूप नै बेग्लै भयो । अनि सो अन्तरिक्षयात्रीले आमा र छोराको शरीरभरि प्रकाशै प्रकाश छोड्यो । फेरि आमाछोराले नयाँशक्ति पाएको अनुभव गरे ।
अनि तुरुन्तै सो बाकस आवाजै नआइकन बिस्फोट भयो । विष्फोट पनि यसरी भयो कि जुन बेला पच्चीस वर्ष अगाडि मोटर दुर्घटनामा धुवाँको मुस्लो चारैतिर फैलिएर फूलको पत्रपत्र जस्तो भएर आगो देखा परेको थियो । उसको बुबाको मृत्यु भएको बेला पनि त्यस्तै धुवाँको मुस्लो चारैतिर फैलिएर पूmलको पत्रपत्र जस्तो भएर आगो देखा परेको थियो भनेर आमाले छोरालाई भनेकी थिइन् । अनि एकछिनपछि बादलमा पनि सोही विष्फोट भएको दृश्य देखापर्यो । आमाछोरा दुबै अचम्ममा परी पहिलेका कुराहरु सम्झन पुगे । केहि दिनपछि आमाछोरा दुबै सो कोठा फेरि बन्द गरेर बाहिर निस्के । तिहारको समय थियो एउटा नयाँ किसिमको पटाका निस्केको थियो अब पड्काउने, सबैजना हेर्न आऊ भनी एकजनाले भन्यो ।
पटाकालाई आगो लगाइयो तर पटाका आवाजै नआइकन विष्फोट भयो । पटाकाले पूmल आकारको पत्रपत्र निकालेर आगोको मुस्लो निकाल्यो तर आवाज भने आएन । सबैजना आवाज नआए पनि पूmलको पत्रपत्रजस्तो निक्लेको नै गजबको भयो भनी रमाए । तर आमाछोरा भने अझै अचम्ममा परे । त्यस्तो रातको समयमा पनि आमाछोरा दुबैले आकाशतिर हेर्न थाले । नभन्दै पहिले उनीहरुले देखेकै दिशामा बादल देखापर्यो । बादलले पूmलको पत्रपत्र जस्तो आकार लिनथाल्यो । सबैलाई आमाछोरा दुबैले बादलको मुस्लो यहाँ पटाका विष्फोट भएकै तरिकाले भयो हेर्नुहोस् , हेर्नुहोस् भन्यो तर उनीहरुबाहेक कसैले देख्न सकेको थिएन ।
जब उनीहरु प्रयोगशाला भित्र प्रवेश गरे त्यो मिलाउन नसकेको विष्फोट भएको बाकस पहिलेकै अवस्थामा एकदमै सजावटलाई मिल्ने ठाउँमा भएको थियो । वाकसनेरको उपकरण इथरले जब चलाउन खोज्यो, उसको टाउकोमा तेजिलो प्रकाश पुञ्ज आयो । यत्तिक्कैमा उसमा सबै स्मरणशक्ति फिर्ता आएको जस्तो भयो । त्यत्तिक्कैमा उत्तेजित भएर इथरले तुरुन्तै सो उपकरण सञ्चालन गरेर बाहिरि ग्रहका एकजना ज्ञाता “शूण्यबाबा”लाई डाक्यो । शूण्यबाबाको वत्तीको प्रकाशजस्तो डिजिटल रूप उसको अगाडि प्रकट भयो ।
बाबाले डिजिटल स्वरमा भन्यो “हेङ् बाङ्लक इथर ! केङ् जिज्ञासाले बोलायौ ? जिज्ञासा प्रकट गर बालक ।”
त्यत्तिक्कैमा इथरले उत्सुकतापूर्वक सोध्यो “हाम्रा पृथ्वीवासीहरुलाई यहाँहरु कसरी हेर्नुहुन्छ ?”
“मानिस एक विवेकशील प्राणी हो । तर अहिलेको हजार बर्षमा मानिसहरु विवेकशील हुन भुलिसकेका छन् । किङ्नकी उनीहरुलाई आफ्नो स्वाथ्र्य मात्र प्यारो छ । उङ्नीहरुले आफ्नो स्वाथ्र्य नरोजे, आफु बाँच्न नपाउला कि भन्ने डर छ । खानका लागि बाँच्नेहरु ज्यादा छन् । वाँच्नका लागि खानेहरु थोरै छन् । बाँचेर समाज परिवर्तनका लागि केही गरौँ भन्नेहरु पनि थोरै छन् । समाज परिवर्तन गरौँ भन्ने नारा दिएर नेता बन्नेहरु पनि आ–आफ्नो कुर्सीको लडाइँमै व्यस्त छन् । उनीहरुमा सातपुस्ता पुग्ने गरी सम्पत्ति कसरी कुम्ल्याउने भन्ने लालसा व्याप्त छ । जहाँ पनि नेताहरु आफ्नो राज गर्न प्रचारप्रसार गर्दा जनताहरु लालीपप खाएर जुनसुकै राजनीतिमा अवसरवादी भएर लागिरहेका छन् । तपाईहरुंकै भाषामा भन्ने हो भने यस्तो दहिच्युरे माङ्निसहरु तपाईंहरुकहाँ धेरै छङ् ।”
“बाबा ! यस्तो कुरा त यहाँ प्रत्येक व्यक्तिलाई थाहा छ । तर यो कहिल्यै समाधान हुन्न बाबा । बरु अलि हामीले थाहा नभएका कुरा बरु यो व्रह्माण्डका बारेमा खुलस्त परिभाषित गरिदिनुहोस् न ?”
“योङ् व्रह्माण्ड अझ भनौँ भने योङ् सृष्टिलाई हेर्ने होङ् भने हामी अचम्ममै पछौँ । विज्ञानले यसलाई क्रमिक रूपमा भएको हो भनेका छन् भने अध्यात्मिक चिन्तनले यो भगवानले गरेको सृष्टि भनेका छन् । भगवान्को पनि आफ्नै परिभाषा छ । अझ भनौँ भने धार्मिक मान्यताअनुसार भन्नुपर्दा भगवान भनेर मान्छौँ । तर हाम्रो विज्ञानको दृष्टिले हेर्ने हो भने परग्रही जीव भन्छौँ । परग्रही जीवमा पनि अति विकसित जीव जुन छ त्यसैलाई तपाईंहरुकहाँ धार्मिक मान्यतामा भगवानको संज्ञा दिइएको हो । तसर्थ भनाइ मात्र फरक हो । तपाईंहरु कहाँको विज्ञान र अध्यात्म हाम्रो निम्ति भिन्न छैन । यो विन्दु थाहा नपाएकाले तपाईंहरु कहाँ ठुलाठुला रासायनिक युद्ध भएको हो । अझ जैवीक युद्धको तरखर भएको आभाष हामीले पाएका छौँ । विज्ञानले जे भनेको छ अध्यात्मले जे भनेको छ त्यसको सुरुवातको अध्ययन मात्र फरक छ । उच्चतम अध्ययनबाट हेर्ने हो भने विज्ञान र अध्यात्मको मिलनविन्दु सुरुवात र अन्त्यमा एउटै हो । अर्थात् गन्ङ्तव्य एउटै हो गोरेटाहरु फरकफरक छङ् ।
यदि उच्चतम अध्ययनको दृष्टिले हेर्ने हो भने मानिसमानिस पिच्छे आफ्नैआफ्नै धारणा हुन्छ । कसैले पनि पुरै विज्ञानलाई मानेको हुँदैन कसैले पनि पुरै कट्टरताका साथ अध्यात्म तथा धर्मलाई अङ्गिकार गरेको पाइँदैन । अलिकति अध्यात्म, धर्म अनि अलिकति भौतिक विज्ञान अँगाल्ने कारणले प्रत्येक मानिसको चिन्तन केही न केही भिन्न त भइहाल्ने भयो । आफ्नो चिन्तन जनाउन खोज्न मानिसहरुको विचारको दृष्टि जुन अनुभवबाट खारिएर आएको हुन्छ , त्यसलाई पनि प्रयोग गरेर विद्वानहरुले अनेकौँ लेख रचनाबाट आफ्नो धारणाहरु राख्दै आएको तथा ठेलीका ठेली पुस्तकबाट ज्ञान बाँडिरहेको कुरा कसैबाट लुक्न सक्दैन ।”
“तपाईंहरुको ग्रहका अनुसार चिन्तन भनेको कस्तो र कसरी परिभाषित गर्नुहुन्छ ? उताबाट यताको चिन्तनलाई कसरी हेर्नुभएको छ जानकारीका लागि अनुरोध छ ।”
“अब कुरा थालौँ धर्मबाट । जुनसुकै धर्म किन नहोस् धर्मको मूल कुरा भनेको परोपकार नै हो । तसर्थ तपाईंहरु किन यो धर्म मान्ने ऊ धर्म मान्ने भनेर छुट्टिएर बस्नुहुन्छ ? आजको वैज्ञानिक युगमा किन सबैजना परोपकारी बनेर नबस्ने ? कुनै पनि प्राणीको कुरा गरौँ कुनै प्राणीलाई भगवानद्वारा अझ विज्ञानको दृष्टिकोणले भनौँ भने विकसित जीवले हामी जस्तो कमजोर जीवलाई मृत्युको विफल परिणाम दिएको छ यो कटु सत्य हो । सजिव प्राणीलाई उसले जीवन धान्न उसको खाना नभै हुँदैन । जब उसले उसको खाना पाउँदैन उसले निर्जीव हुनुपर्ने हुन्छ । सजिव जीवनलाई छोड्नुपर्ने हुन्छ । हामी कल्पना गरौँ खाना नखाई बाँच्न पाए कस्तो हुने होला ? हो ! यस्तै जीवन पाए पनि हामीलाई अर्को तिर्सना हुन्छ त्यो हो मर्नै नपर्ने भए के होला ? यसरी जत्ति प्राणी विकसित हुँदै जान्छौँ त्यत्तित्यत्ति तिर्सना पनि विकसित हुँदै जान्छ । यो भयो विज्ञानले अहिलेसम्ममा खोजविन गर्दै आएको कुरा ।
तर अध्यात्मवादको हिसाबले हेर्ने हो भने कुनै पनि कुराको मृत्यु भन्ने नै हुँदैन, पुनर्जन्म अवश्य हुन्छ । तर मेरो व्यक्तिगत सोचाइमा अहिले यो कुरा आएको छ कि तपाईंङ्हरुका लागि यो अमूल्य अचूक औषधि बन्न सफल हुन सक्छ । यसलाई मनन गरौँ है ? मैले भन्ङ्न खोजेको कुरा के हो भने सजिव तथा निर्जिव वस्तुको एकै ठाउँमा अन्त्य हुनु । अझ भनौँ भने ठोस तरल र ग्याँस सबै एकआपसमा घुलमिल भएर फगत शूण्यमै विलीन हुनु । आकाशमा जत्ति पनि ग्रह, पिण्ड ताराहरु रहन्छन् अझ त्यसभन्दा पर त्यस्ता ग्रह ताराका आविष्कारहरुको जीवन पनि एकै पटक अन्त्य हुनु । जसरी तपाईहरुकहाँ पाइने हाइड्रोजन दुई भाग र अक्सिजन एक भाग पानीबाट छुट्टिएर अर्थात्् तरल पदार्थलाई ग्याँसमा छुट्याउन सकिन्छ । जसरी कुनै आणविक बम तपाईहरुकहाँ लडार्इंमा प्रयोग हुने अस्त्रले एकै छिनमा एउटा सहर ध्वस्त पार्न सक्छ । अझ त्यो भन्दा बढी यीे सारा पिण्डहरु, ताराहरु र ग्रहहरुको गुरुत्त्ववलहरु सबै निष्कृय तथा क्षिण हुन्छन् अनि एकदिन समय पनि रोकिनेछ । कहिँपनि केही रहनेछैन । जस्तो शूण्यमा केहीपनि हुँदैन । त्यस्तै कहिँकतै पनि केही रहँदैन ।”
“यस्ता कुराहरु कसरी थाहा पाउनु हुन्छ ?”
“तपाईंहरु कहाँ सत्ले ठाउँ छोडिसकेको छ । यो मैले यहाँ अलिअलि अनुभव गरिसकेको छु । हाम्रो यान यस्तो ठाउँमा आउन सक्दैन । तपाईंमा भएको सत्को प्रभावमा अलि यानलाई आउन सजिलो भएको हो । सत्ले नछोडेको समय आजभन्दा चारहजार वर्ष अगाडि तपाईंको ग्रहका मानिसहरुमा सपनामा पनि कुनै नराम्रो गर्ने वानी हुँदैन्थ्यो । सपनामा वाहिरि ग्रहका विकसित जीवहरुसँग सल्लाह भएअनुसार तपाईंहरुको ग्रह पृथ्वीमा उन्नत बनाउन भरमग्दुर प्रयास हुन्थ्यो । यस्ता प्रकृयाहरु हामीकहाँ लोप भएको छैन र सत्ले हामीहरुकहाँ अझै वास वसिराखेका छन् । त्यसैले तपाईंहरुले जस्तो मलाई सपनामा भगवान्ले यस्तो भनेका छन् भनेर त भन्दिन तर जे देखेको हो त्यो भन्छु । तर यो एउटा मात्र उपाय हो । जसले सम्पुर्ण शक्तिलाई बराबरीमा ल्याईपु¥याउँछ र यही नै उचित समाधान हो भन्ने मेरो ठम्याइ हो । त्यही विचारलाई हामीहरु शूण्यवाद भन्छौँ । तपाईंहरुकहाँ प्राचीनकालमा ठुलाठुला ऋषि महर्षिहरुले पनि ‘स्वर्गलोक, धर्ती तथा नरकलोक स्वाहा !’ भनेर होम गरेको हामीले पनि इतिहासमा उल्लेख गरेका छौँ । त्यस्तो कुरालाई तपाईहरु कहाँ नबुझेर पागलपन भनी स्वीकार्न छोडिसकेका छन् । हामीहरुकहाँ यसका निम्ति धेरै ठुलाठुला अनुसन्धान भइसक्यो र यसको परिणाम शूण्यवाद हो । हो यो समानतापन नदेखेर नै शूण्यवादबाट प्रभावित भएर नै ती ठुलाठुला ऋषि महर्षिहरुले यस्तो कटु यथार्थ बोलेका हुन् ।”
“यो समानतालाई कसरी परिभाषित गर्नुहुन्छ ? अझ स्पष्ट पारिदिनुहुन्छ कि ?”
“आज तपाईंहरुको सङ्म्पुर्ण देशहरुमा सबैजना गणतन्त्रका कुरा उठाइरहेका छन् । राजाले मात्र मोजमस्ती गर्ने होइन यसको हक सम्पुर्ण पृथ्वीवासीमा छङ् । यदि मानवमानव समान भयो भने फेरि अर्को कुरामा सवाल सुरु हुन्छ त्यो के भने निर्जिव वस्तु किन बनेको होला ? यदि निर्जिव वस्तुमा पनि जीवन भइदिए कस्तो होला ? तपाईंहरुले भन्दै आएको मङ्गल ग्रहसम्म पृथ्वीबाट वैज्ञानिकहरु गएर जीवन छ कि छैन भनेर प्रमाणित गरे तर यदि त्यहाँ हामीभन्दा पनि विकसित जीवन थियो किनभने त्यहाँ पहिले हाम्रो एउटा यान मात्रै टुरका लागि हाम्रो ग्रहबाट जान्थ्यो । तर अहिले त्यहाँका जीवहरु विकसित भएर धेरै प्राणीहरु अर्को छुट्टै राम्रो ग्रहमा विस्थापित भए जहाँ मृत्यु र आहाराको जरुरत पर्दैन । त्यस हिसाबले हेर्ने हो भने हामीभन्दा पनि उच्च विकसित जीव छन् जहाँका एक प्राणी पनि नछोडी सम्पुर्ण प्राणीहरु गन्तव्य ठाउँमा गए ।”
“तपाईंहरुको कहाँ कहाँ कनेक्सन छ ?”
हाम्रो यो ग्रहमा भन्दा अरु ग्रहमा कनेक्सन छ । हाम्रो यस दुनियाँमा भन्दा अर्को बाहिरि दुनियाँमा कनेक्सन छ । हामीहरु सबै तपाईंहरु गाडीमा बाहिर जाने जसरी बाहिरि ग्रह घुम्न जान्छौँ । बाहिरि दुनियाँको अध्ययनमा हामीहरु अनुसन्धानमा तल्लिन भइरह्यौँ । अरु ग्रहका कुरा तपाईंहरु बुझ्नुहुन्न त्यसैले रातो ग्रहका बारेमा केही कुरा बताउँदैछु । तपाईंहरु त्यसलाई मङ्गल ग्रह भन्नुहुन्छ । मङ्गल यानेकी सबैलाई राम्रो गर्ने । हुन पनि यस ग्रहकाहरु सबै यस्तै छन् । राम्रो गर्ने जो पनि छन् । जसको यस ग्रहसँग कनेक्सन छ , उसले पनि यस्ता कुरा तौलेर, नापेर, रिसर्च गरेर मात्रै हामी मान्छौँ ।”
“कस्तो कस्तो अनुसन्धान गर्नुभयो नि ?”
“यसका लागि हामीले रातो वस्तुहरु जस्तोकि कचौरा, गिलास, कप, मेच, टेबुल, कीटपतङ्ग, बादल जबजब रातो हुन्छ त्यसैको अनुसन्धानमा तल्लिन भइरह्यौँ । त्यस ग्रहले बाहिरि संसारमा पठाएका अनेकौँ तरङ्गहरु हामीले बैज्ञानिक यन्त्रद्वारा प्रमाणित पनि गर्यौँ तर त्यसको रिप्लाइ दिनका लागि हामीमध्ये एक कोहीसँग पनि कनेक्सन नगरी एक्लै बस्न थाल्यौँ । किनकी हामीहरुलाई थाहा थियो कि यसरी बस्दा मात्र बाहिरि संसारकाले कनेक्सन गर्छन् भनेर । जस्तो कि जबसम्म तपाईंहरुको ग्रह यस पृथ्वीको गुरुत्त्व बलको अर्विटको घेरामा हुन्छ , सबै कुराहरु एउटै हुन्छन् । त्यसैले एक्लो बसेको बैज्ञानिकले विचारको द्वन्द्व गरी दिमागलाई फैलाउनुपर्ने हुन्छ ।”
“उक्त वैज्ञानिकलाई कसरी अनुसन्धान गराउनुभयो ?”
“समयको पछ्यौरीहरु वित्दै गयो । उसले जति पनि अनुसन्धान गरेको हो त्यसबाट केही न केही लक्षणहरु फेला पार्दै गयो । जस्तो कि उसले तरङ्गहरु रातो ग्रहमा फाल्दा उताबाट केही ताराको चमक पाएको पत्ता लगायो । कहिल्यै मेसेज पठाउँदा हावाले सिरसिर गरी उसको मनमष्तिस्कमा हुनेगरी फरररर टाउकोमा आएको महसुस गर्न थाल्यो । उसको भाषा तरङ्गहरुसँग हुन थाल्यो । उसको भाषा छायाँहरुसँग हुन थाल्यो । उषाहरुसँग हुनथाल्यो । व्रह्माण्डका हरेक ध्वनीहरुसँग हुन थाल्यो । यस्तो अध्ययन गर्दा ऊ अति नै सम्बेदनशील भई अध्ययनको कसीमा उत्रिन थाल्यो र त्यसबाट केही न केही नतिजा निकाल्न थाल्यो । उसले हरेक क्रियाकलापहरु अति नै सम्बेदनशील भएर सानोभन्दा सानो कुरामा पनि ठुला सम्भावना निकाली निक्र्यौल गर्न थाल्यो । त्यो सम्भावना यस्तो थियो कि पुर्व सङ्केतमा बादल लाग्ने, हावा आउने, पानी पर्ने सबै बाहिरि ग्रहको कनेक्सनको यो सूत्रबाट हो भनेर उसले ठम्याउन सक्ने भयो । उसको पुर्वसङ्केतको अध्ययनले यो बेला आकाश छ्याङ्ग हुने भनेर बताउन सक्ने भयो । उसको पुर्व सङ्केतले पछि हुने दुनियाँका हरेक क्रियाकलाप हुने थाहापाउङ् सक्थ्यो । उसले यत्ति थाहा पाउँथ्यो कि अब यसभन्दा बढी अनुसन्धानमा लागेमा दुनियाँले उसलाई भाँजो हाल्ने छन् भन्ने सम्मन् थाहा पाउँथ्यो । त्यसैले ऊ अझ एकान्तमा बस्न थाल्यो । किनकी पुर्वसङ्केतहरु दुनियाँलाई बुझाएमा हाम्रा ग्रहका दुनियाँले उक्त घटना नघटेसम्मन् नमान्न पनि सक्थ्यो । त्यस अवधिमा उसले उसलाई तथा उसका प्रयोगका प्रयोगशालाहरु जोगाउन गाह्रो पर्न पनि सक्थ्यो । उसले थप अनुसन्धानको अपरिहार्यता महसूस गर्दै अझ एकान्तमा बस्दै गयो तर हामी तपाईंहरु भन्दा धेरै एडभान्ङ्स भएता पनि उसको काम वाहियात जस्तो व्यवहार गर्यौँ । एउटा टुङ्गिन लागेको उक्त ठुला वैज्ञानिकलाई हामीले चिनेनौँ । त्यसका लागि उसले भविष्यवेत्ता बन्ने निश्चय गरेको थियो । उसले हामीलाई सिधै त भन्दैनथ्यो तर ज्योतिषिको नतिजा भन्थ्यो तर त्यो उसको बाहिरि ग्रहसँगको कनेक्सनको पुर्व सङ्केत कायम गरिराख्न तथा सञ्चारित भइरहनको नतिजा थियो । हामीले धेरैपछि मात्र थाहा पायौँ । तर ऊ अनिष्टहरु रोकाउने भनेर आज हाम्रा ग्रहका वासिन्दासँग चित्त दुखाएर यो ग्यालेक्सीभन्दा धेरै टाढाको ग्यालेक्सीमा अनिष्ट रोकाउने भनेर गइसक्यो ।”
“के हामीहरुले गरेको अनुसन्धान पनि तपाईंहरुलाई थाहा हुन्छ ?”
“तपाईंङ्हरुको पृथ्वीबाट बैज्ञानिकहरु गएर जीवन छ कि छैन भनेर खोज, अनुसन्धान गरे तर त्यहाँ जीवन छैन भन्ने प्रमाणित गरे । तर यदि त्यहाँ हामीभन्दा पनि विकसित जीव छन् किनभने हाम्रो एउटा यान मात्रै त्यहाँ जाने हो त्यो पनि वर्षौँ समय लाग्छ । त्यो ग्रहको जीवलाई लुक्नलाई जति पनि समय प्रशस्त हुन्छ । अझ भनौँ जीवहरु विकसित भएर सो ग्रह छोडी अर्को छुट्टै राम्रो ग्रहमा गए जहाँ मृत्यु आहाराको जरुरत पर्दैैन्थ्यो ।”
“तपाईंहरु कहाँ विकसित भएको शूण्यवाद के हो ? अझै प्रष्ट्याइदिनुहोस् न ?”
“तपाईंङ्हरु शाकाहार धर्म भन्नुहुन्छ तर विरुवाहरुमा पङ्नि जीवङ् हुन्छ । त्यस्तै यस पृथ्वीमा जति पनि क्रियाकलापहरु हुन्छन् त्यो सबै वाहिरि ग्रहसँग कनेक्सन हुन्छन् र केही न केही बाहिरबाट र बाहिरको पनि प्रभावबाट भएको हो । तसर्थ यो पृथ्वीका प्राणीहरु सबै अति विकसित वैज्ञानिकहरुले बनाएको रोबोट जस्तै छन् । जसले आफ्नो प्राणको रक्षा आफैँ गर्छन् । यो ग्यालेक्सी आकाश हामीले सोचेकोभन्दा धेरै ठुलो छ । अहिलेसम्म आकाशको कहाँ अन्त्य छ कसैलाई थाहा छैन । तपाईंहरुको भाषामा यसलाई इनफिनिटी भने पनि हुन्छ । एकदिन यो सृष्टि सबै व्यर्थ रहेछ भन्ने सबैमा निष्कर्ष निक्लन्छ । यो निष्कर्ष मात्रैले पनि व्रह्माण्डिय सूत्रको माध्यमले सारा सृष्टि शूण्यमा विलय हुन्छ । अध्यात्मले यसलाई प्रलय भनेका छन् । तर प्रलय कसैद्वारा निर्देशित हुन्छ । मैले भन्न खोजेको प्रलय चाहिँ कस्तो हो भने जसद्वारा प्रलय गरिन्छ सो प्राणी तथा कारण पनि त्यसमै प्रलय भएर कहिल्यै नविउँझिने निष्कषर्ममा विलय हुन्छ । त्यसैलाई हामी शूण्य भन्छौँ ।”
“तपाईंहरुले हामीले निर्जिव भनेकालाई पनि सजिव भन्नुहुन्छ , मान्नुहुन्छ नि ! कसरी ?”
“तपाईंहरुको हिसाबले तपाईंहरुले नामाङ्कन गरेको नामको मङ्गल ग्रह तथा चन्द्रमामा बस्ती छैन तथा जीवन छैन भन्छन् तर त्यहाँका विकसित जीव मात्र बाहिरिएका हुन् । उनीहरु फेरि पनि सामानहरु राख्नलिन आउँछन् । एउटा स्टोरकिपरले स्टोर समालेसरि मङ्गल ग्रहलाई रेखदेख गरिरहेका छन् । त्यहाँ पनि वादल, हावा, पानी, ढुङ्गा, माटो अर्थात् त्यहाँ रहेका ठोस, तरल र ग्याँस पदार्थहरु समय वित्दै गएपछि परिवर्तन हुँदै गएको पाइन्छ । यो नै जीवन हो । जस्तो तपाईंहरुकहाँ आविष्कार भएको सिमेन्टले जब आफ्नो क्षमता छोड्छ त्यत्तिबेला जस्तोसुकै घर पनि भत्किन थाल्छ । यो नै सिमेन्टको जीवनको समाप्ती हो । यो एउटा प्राणीको सक्रिय जीवनभन्दा बेग्लै निर्जिव वस्तुको निस्क्रिय जीवन हो । वास्तबमा जति पनि हामीले देखेको भोगेको सृष्टि हो त्यो सबै एउटा नाटक जस्तै हो । नाटकको समाप्तीपछि सबैले एकदिन पानीमा चिनी विलीन भएजस्तै सबै वस्तुहरु पदार्थहरु लगायत यावत सृष्टिहरु सबै व्यर्थ रहेछ भन्ने सृष्टिकर्ताले ठानी आफुसमेत सृष्टिमा विलीन भइजानेछ । जताततै शूण्य बाहेक केही रहने छैन । यो नै हाम्रो ग्रहले अत्यधिक खोजेको सुख हो । यसैबाट सबैलाई बराबरी गर्न सकिन्छ ।”
“यस्तो निष्कर्ष कसरी निकाल्नुभयो ?”
“तपाईंहरुले जसरी इन्टरनेटमा प्रश्न राखी धेरै उत्तरहरु पाउनुहुन्छ त्यस्तै प्रश्न राख्ने यन्त्रले हामीले धेरै ग्यालेक्सीका ग्रहहरुमा प्रश्न राखी सर्वेक्षण गर्यौैँ । त्यसमा प्रश्न थियो कि उचनिच हुनु ठीक कि बेठीक ? भनेर । शयप्रतिशतले बेठीक भने । यसको मतलब शूण्य नै यसको निदान हो । सारा सजिवनिर्जिव सबै एकै हुनेछन् । योभन्दा राम्रो के होला ? कल्पना मात्रै सम्मनले पनि मन मेरो प्रफुल्लित भएको छ । जहाँ पारमाणविक हतियारदेखि तपाईंहरुकहाँका ठुला देश भनाउँदाहरु त्रसित छन् । तर हामी भने त्यो शूण्यवादमा बढ्यौँ भने हामीले हाम्रो पुस्ताहरुलाई पनि अझ भनौँ भने यावत सृष्टिहरुलाई समान पार्न सक्छौँ ।”
“तपाईंहरुको हिसाबमा धर्म के हो ?”
“हिसाबमा जब जिरो आउँछ त्यो नै हाम्रो धर्म हो । समान पार्ने कल्पनामा जो कोही पनि लागेका हुन्छन् । यो नै जहाँ पनि जुन ग्रहमा पनि लागू हुने धर्म हो । एक दिन शूण्य हुनु नै छ , जसले जे गरे पनि हुन्छ अज्ञानी सम्झेर माफी दिनेनै छन् भनेर जे मनलाग्यो त्यही गरेपनि फरक पर्दैन तर पनि एक न एक दिन शूण्य त हुन्छ नै । यस शूण्यलाई मैले वैज्ञानिक मोक्ष भनेको छु । तपाईंकहाँका मानिसहरु शान्तिको खोजीमा लागेका छन् । समानता नभै कहीँ कतै कबै शान्ति कदापि हुँदैन । सबै ठाउँमा किन राजतन्त्र समाप्त भयो ? यी सबै समानताको खोजीले नै भएको हो । तपाईंहरुको भगवान तथा हाम्रो हिसावले अति विकसित जीव उनीहरु पनि आफ्नो र प्राणीहरुको समानताका लागि लागिपरेका छन् । भगवानलाई जसले माग्दछ उसलाई उहाँहरुले केही दिनुहुन्न । जसले भगवानलाई आफु र सारा सृष्टिलाई समान गर्न आग्रह गर्दछन् त्यो नै शूण्यतातिर धकेल्ने लक्ष हो । तसर्थ हामीले केही गर्न नसकेतापनि भगवानलाई पनि सृष्टिका हामीभन्दा अविकसित प्राणीलाई पनि समानता होस् हामीसँग जस्तै शक्ति होस् भनेर कल्पना गरौँ । सारा सृष्टिलाई समानतातर्फ जाओस् भनेर कल्पना गर्नु धेरै राम्रो कुरा हो । मलाई विश्वास छ एकदिन अवश्यै पनि सबै समान हुनेछन् । सबै शूण्यमा विलीन हुनेछन् । सारा नाटकको पर्दा सेटहरु खत्तम भएर शूण्यमा विलीन हुङ्नेछ , यसरी सृष्टिको अन्ङ्त्य हुनेछ ।”
“तपाईंहरुको हिसाबले अध्यात्म र विज्ञानको तुलना गर्नुहोस् ?”
“अहिले तपाईंङ्हरुको विश्वमा अध्यात्म र विज्ञाङ्बीच जुन भिन्नता छ जति युद्ध भइरहेका छन् हाम्रो दृष्टिमा अहिलेको विज्ञान अध्यात्मवाद हो र हाम्रो शूण्यवाद भनेको अत्याधुनिक विज्ञान हो । जुन अहिलेको विज्ञानलाई पनि अध्यात्मवाद नै बनाउँछ किनभने यो विज्ञान भनेको यस व्रह्माण्डका लागि मात्रै हो । हामीले खोजेको भनेको सारा व्रह्माण्डको कल्याण हो । यो व्रह्माण्डमा बनाएको नियम अर्को व्रह्माण्डमा मिल्दैन तसर्थ सारा व्रह्माण्डलाई मिल्ने समानताको बाटो भनेको शूण्य हो । परम आनन्द हो । तसर्थ एकदिन शूण्यबाटै सृष्टि सुरु भएको थियो । अब यो सृष्टिरूपी नाटक शूण्य मै सदाका लागि विलीन हुनेछ । यो नै अत्याधुनिक विज्ञान हो । तपाईंहरुकहाँ कति साहित्यकारहरुले ‘आकाश, धर्ती, जुन रहेसम्म तिमीलाई छोड्नेछैन’ भनेर भनेर लेखेका छन् धार्मिक पुस्तकमा पनि त्यस्तै छ तर यो आकाशको पनि अन्त्य हुन्छ भनेर हाम्रो अत्याधुनिक विज्ञानले भनेका छन् । कतिलाई यो नपच्ला तर यो सत्य हो । सत्य सधैँ तीतो हुन्छ । तीतो सबै औषधि नै हुन्छ । यो अचुक पनि हुन्छ । तसर्थ मैले यही तीतो सत्यलाई उजागर गरेको छु । मैले सारा व्रह्माण्डमा हरेक ग्रहहहरुमा यसरीनै शूण्यको महत्त्व बारे ज्ञान बाँडिरहेँ । मलाई तब मात्रै शान्ति प्राप्त हुनेछ अर्थात् सारा सृष्टिलाई शान्ति हुन्छ । जतिबेला यो सृष्टि शूण्यतिर जानेछ । यो पुरा हुन नसकेको हाम्रो ग्रहका एक सय एक जीवहरुको अशान्ति हो । आज मैले तपाईलाई पृथ्वीका प्रतिनिधी मानी उजागर गरेँ । मलाई लाग्छ तपाईंले सारा पृथ्वीबासीलाई यस्तो अचूक औषधिरूपी ज्ञान बाँड्न्ुहुनेछ । यो अशान्ति व्रह्माण्डमा हरेक सजिवनिर्जिव सबैको समस्या हो । एकदिन मेरो अन्त्य भएमा अर्थात् कुनै एक बस्तुको अन्त्य भएमा सबैसँगै अन्त्य हुनु जरुरी छ यो शूण्यमा । प्रतिशतकै कुरा गर्ने हो भने शूण्यको स्थान कैयौँ गुणा बढी छ । तसर्थ शूण्यको कुरा किन नसुन्ने ? सबैले अवश्य नै शूण्यमा विलीन हुनुपर्नेछ । यो नै हाम्रो अत्याधुनिक विज्ञानले देखेको कुरा हो, तपाईंहरुको हिसाबले अर्को आँखाले देखेको कुरो ।”
“तपाईंले भन्नु भएको अर्को आँखा भनेको के हो नि ?”
मेरोे कुरा तपाईंङ्सम्म आउन अब हाम्रो च्यानलले दिशा बदलेकोले अलि पर्खनुहोला । म अर्को ट्रान्सप्लान भन्ने हाम्रो यन्त्रबाट प्रशारित गरेर मैले भन्नुपर्ने हुन्छ । अब थोरै समय मात्र म यहाँसित विताउन सक्छु साथै स्वर विस्तारै क्षिण हुँदैछ , मैले भनिँहाले नि । यो हाम्रो यन्त्रको कुरा बुझाउन धेरै समय लाग्छ । म छिटै अब तपाईंको जिज्ञासा मेटाउन सुरु गरेँ है । (उसले धेरै रोबोटिलो स्वरमा भन्यो — अब अहिले तपाईंङ्हरुको आँखाले देखेको कुरा गरौँ न । वास्तबमा तपाईंहरुले आफ्ना दुई आँखाले देखेका कुरा, आफ्ना इङ्न्द्रियहरुले देखेङ्का कुराको मङ्तलब त तपाईंहरुले जाङ्न्नुहुन्छ नै । देखेको संङ्सारको कुरा त सबैले देखेकै कुरो हो । यो बारे भन्ङ्दा पनिङ् तपाइईंहरुले भन्ङ्दै आउनु भएको तेस्रो आँङ्खा, अङ्नि छैटौँ इन्ङ्द्रिय अनि हाम्रो दृष्टिले भन्दा अर्को आँखाले भन्छौँ । वास्तबमा अहिले तपाईहरुले बसोवास गरी आउनुभएको पृथ्वी मै सर्वोत्कृष्ट र मानव जीवन नै सर्वोत्कृष्ट भनेर छर्लङ्गै भएको कुरो हो । तर यो माटोप्रतिको प्रेम मात्रै हो । मलाई लाग्छ तपाईंहरुले योभन्दा माथि उठ्न सक्नुपर्छ । विचारलाई योभन्दा उचाइमा लानुपर्छ ।”
“यो भन्दा उचाइमा कसरी लान सकिन्छ ?”
“अब योभन्दा उचाइमा लान तपाईंहरुले वास्तविक शूक्ष्म संसार र विशाल संसारका बारेमा जान्न जरुरी ठानेको छु । अहिले तपाईंहरुको दुई आँखाले देखेको संसार भनेको शूक्ष्म र विशाल संसारका वीचमा रहेको संसार हो । अब त्यही बीचको संसारमा तपाईं आफुलाई उभ्याउनुहोस् । तपाईंको शरीरलाई हेर्नुहोस् । तपाइको शरीरमा एउटा मुटु सधैँ ढुकढुक गरिरहेको हुन्छ । त्यो ढुकढुकी बन्द भएपछि त्यही ढुकढुकीयुक्त आत्माको रूप तपाईंसामु मात्र बाँकी रहन्छ । तपाईंले आफ्नो शरीर छोडिसकेको हुन्छ । त्यसपछि तपाईंले अब तपाईंको शरीरभन्दा धेरै सानो आत्माको रूप लिनुहुनेछ । तर हाम्रो भाषामा त्यो रूप नै तपाईंको एक जीवन हो । जुन अहिलेको तपाईंको दुई आँखाले देखेको विज्ञानले वताएको सबैभन्दा शूक्ष्म जीव अर्थात् एक कोषिय जीव अर्थात् हाम्रो शरीरको भित्र रहेको रगतमा रहेको एककोषीय जीवसँग तुलना गर्न सकिन्छ । तपाईंको शरीरका छालामा अनगिन्ती कोषहरु हुन्छन् । हाडमा, मासुमा अनि सम्पुर्ण संरचना एक कोषको जीवको समूह मिलेर बनेको हुन्छ । त्यही एक कोषका जीवहरु सबै सङ्घर्ष गर्दागर्दै आखिरमा तपाईं पनि एक कोषमै झर्नुहुन्छ । ल हेर्नुहोस् त यहाँ पनि सङ्घर्षपछि सबै कोषसरह तपाईंले पनि समान हुनुपर्यो कि परेन ?”
“कसरी हामी बीचमा छौँ ? यसमा प्रकाश पारिदिनुहोस् ?”
“आङ्उँदैछु । त्यो एक कोषको संसार भनेको तपाईंको मृत्युपश्चातको संङ्सार भयो । अब त्यही मृत्यु पश्चात तपाईंको शरीरमा रहेका एककोषीय सारा जीवहरुको स्थिति र तपाईंको एक कोषीय शरीरको स्थिति पनि त्यही हुने हो । अब योभन्दा शूक्ष्म स्थिति अवगत गराउँदछु । मृत्युपश्चात तपाईंको शरीरको शूक्ष्म रूपमा पनि अहिलेको मानवको शरीरको जस्तै संङ्रचना हुन्छ तर रूप मात्रै एक कोषीय जीवको सरह हुन्छ । त्यहाँ पनि तपाईंको जीवन चलिरहेको हुन्छ । त्यहाँ पनि अति शूक्ष्म जीवहरुको समूहको एउटा संरचना तपाईं बन्नुहुनेछ । एकदिन ती अति शूक्ष्म संरचनाले जुन तपाईंको एक कोषीय शरीरमाथि सङ्घर्ष गरेर पुनः अर्को शूक्ष्म शरीरप्रति तपाईंको यात्रा सुरु हुनेछ । यसरी विस्तारैविस्तारै तपाईंको शरीरले धेरैधेरै शूक्ष्म शरीरको यात्रा क्रमैसित गर्नेछ । जस्तो कि अहिलेको तपाईंहरुको गणितशास्त्रको सबैभन्दा बीचको अङ्क कुन हो ? भन्यो भने तपाईंले भन्न सक्नुहुन्न । तर म भन्छु त्यो भनेको हाम्रो शरीर भन्यो भने तपाईंको शूक्ष्मतातर्फ जाने यात्रा कति लामो रहेछ ।
त्यस्तै वृहदतर्फ कुरा गरौँ । अब फेरि तपाईंको आफ्नो अहिलेको शरीरतर्फ आउनुहोस् । अब तपाईंले आफुभन्दा पहिले आफ्नो कस्तो वृहद शरीर थियो भन्ने बुझ्नुहुन्छ । अब पहिले तपाईं कस्तो थियो सो बारेमा पनि सुन्नुहोस् । जस्तो कि तपाईंको शरीर चलिरहेको थियो । तपाईंको शरीरको मुख्य चालक अर्थात् मुटुको ढुकढुकी बन्द भएपछि तपाईंको शरीर एक कोषमा गए जस्तै तपाईंको अहिलेको ठूलो हाड, छाला, मासुयुक्त शरीर पनि उसै वृहद शरीररूपी प्राणीको मुटुको ढुकढुकी हो । तपाईंको शरीर मरेपछि तपाईंको पर्याय त्यो वृहद प्राणीको पनि जीवन समाप्त हुन्छ र तपाईंंजस्तै शरीररूप धारण गर्दछ । अब त्यो तपाईंको जीवनमा अडेको त्यो वृहद प्राणीको जीवन समाप्त भएपछि के भयो होला अब तपाईंले अवश्यै बुझ्नु भयो होला । हो त्यो वृहद जीवको जीवन समाप्त भएपछि उसको भन्दा ठुलो ऊ मा आश्रित अर्थात् त्यो वृहद जीव चाहिँ त्यो वृहद जीवभन्दा ठुलो जीवको मुटुको ढुकढुकी नै उक्त वृहद जीव हो भनी बुझ्न सकिन्छ । अब त्यो वृहद जीवको मृत्युपछि अर्थात् ढुकढुकीको समाप्तीपछि त्यो वृहद जीवभन्दा ठुलो जीव शूक्ष्मतातर्फ यात्रा गर्दै बृहद जीवको शरीरमा जीवन सुरुवात गर्दछ । यसरी तपाईंले अब वृहद जीवहरुको बारेमा पनि थाहा पाइहाल्नुभयो ।”
“के ग्रह ताराहरु पनि वृहद तर्फको यात्राबाट भएको हुनसक्छ कि ?”
“अबश्य ङैै ! जस्तो कि यो व्रह्माण्ड संसार पनि , आकाशका ताराहरु पनि यही वृहद जीवको रूप हो । जस्तो कि एउटा तारा अर्थात् ग्रहको समाप्तीपछि त्यो तारामा आश्रित अर्को ठुलो तारा अर्थात् ग्यालेक्सी त्यो ताराको रूप प्राप्त गरेर नयाँ त्यही ताराको संरचनाको रूप प्राप्त गर्दछ । जस्तो कि तपाईंहरुको गणित शास्त्रको बीचको अङ्कको तपाईंहरुको संसारको तल र माथि क्रमैसित तपाईंलाई सूत्रबाट देखाएँ । हो ! यस्तो कुरा तपाईंले सधैँ यस्तो झमेलायुक्त संसारको मुक्ति नै शूण्य हो भनी सोच्नुहोस् । त्यसपछि तपाईंले पनि आाफ्नो तेस्रो आँखा, छैटौँ इन्द्रियको विकास गर्न सक्नुहुनेछ र आफ्नो साधनाद्वारा यस्तो गूढ कुरा पत्ता लगाउन सक्नुहुनेछ । त्यस्तै तपाईंहरुकहाँ भएको तथा तपाईंहरुले मान्नु भएअनुसार झ निर्जिव वस्तु, ञ बनस्पति, ट जनावर, ठ मानिस । यसरी क्रमैसँग बढाएर देवतासम्म तारा ग्रह ग्यालेक्सी सम्म माथि तथा यसरी नै क ख ग घ आदिमा के के हुने हो हामीले यन्त्रले प्रमाणिकरण गरी अत्यधिक तलतिर माथि तिर जत्ति पनि खोज अनुसन्धान गरेजस्तै तपाईंहरुले पनि गर्नुहुन र यसैबाट संङ्सार आकाशमा कुनै कुरा आश्चर्य छैन भन्ने निक्र्यौल गर्नुनै सक्ङ्नुहुनेछ ।”
“यसलाई अर्को तरिकाले पनि बुझाइदिनुहुन्छ कि अझ प्रष्ट तरिकाले ?”
“कुङ्रा गर्दा गर्दै यहाँहरुको भाषा प्रष्टले जान्न लाग्दा छुट्टिने समय पनि नजिकनजिक आइरहेछ । मैले यस पृथ्वीको बारे यहाँलाई सजिलोका लागि, अरु ग्रहका कुरा नराखी भन्दैछु ,यद्यपि हामी तपाईहरुको जस्तो कम्प्युटरहरुको सहारा हाम्रो ग्रहबाट अहिले पनि मैले मेरो दिमागमा लिइरहेको छु । यो हाम्रो अभिन्न प्रगतिको देन हो । पछिपछि तपाईंहरुकहाँ पनि यस्तो सम्भव हुनेछ । मात्र लगन हुनुपर्यो सबैमा यो कुराको असम्भव छैन । अब हेरौँ अर्कै कोङ्णबाट । यही पृथ्वीमा भएको सम्पुर्ण सजिव र निर्जिव बस्तुलाई उसको चेतनास्तर अनुसार क्रमैसित राख्न सकिन्छ । जस्तो कि पृथ्वीमा रहेका सम्पुर्ण वस्तुहरु मध्ये प्रत्येक वस्तुहरुको आआफ्नै प्रकारको गुण हुन्छ । सर्वोत्तम वस्तुको रूपमा मैले मानवलाई लिएको छु । मानवलाई पनि मैले किन वस्तु भनेँ भन्दा सजिव वस्तुको उच्चतम गुण भएको जीवदेखि क्रमैसित अङ्कीय हिसाबले राख्दै जाँदा सबैभन्दा गुण नभएको अन्तिम जीवको अझ भनौँ चेतना नभएको अन्तिम रेखाङ्कीत गरी लैजाँदा सजिव जीवको अन्तिम विन्दु र सबैभन्दा चेतनशील निर्जिव वस्तुको विन्दु सँगै नै रहेको हुन्छ । अर्थात् सबैभन्दा चेतना नभएको सजिव जीवपछिको एक अङ्कपछि सबैभन्दा चेतना गएको निर्जिव वस्तु पनि आउँछ । यसरी गुणको आधारमा सबै सजिव र निर्जिव वस्तुहरुलाई क्रमैसित हामीले दर्जिकृत गरेर राख्न सक्छौँ । यसरी यी सजिव र निर्जिव वस्तुहरु सबैको मिलावटबाट एउटा ग्रहको रूप भएको हो । अर्थात् तपाईंहरुको पृथ्वीको रूप भयो । हामीले यस पृथ्वीबाट राति तपाईहरुका सबैभन्दा नजिकको ताराको चमक धेरै कम भएको समयमा आकाशमा हेयौँ भने अनगिन्ती ताराहरु सकृय देख्छौँ । ताराहरु पनि प्रत्येक तारा आफ्नो सजिवदेखि निर्जिवसम्म सबै मिलेर बनेको देख्न पाइन्छ र यो हाम्रो वैज्ञानिकहरुले पनि पुष्टि गरिसकेको कुरो हो । हाम्रा वैज्ञानिकहरुले पनि यसरी सजिव र निर्जिवलाई फरक किसिमले नहेरी वस्तुका रूपमा हेरेमा प्रत्येक ग्रहमा जीवन रहेको पुष्टि हुन जान्छ मात्र त्यसको भेद हामीले विकसित अत्यधिक विकसित मात्र खोजी गर्ने होइन नि ? तसर्थ तपाईंहरुले नामाकरण गरेको चराचर जगत अर्थात् सम्पुर्ण व्रह्माण्डमा आश्चर्यको कुरा भनेको केही पनि छैन ।
हामीलाई यहाँसम्म आफ्नो यन्त्रद्वारा थाहा हुन्छ कि तपाईले यसलाई विज्ञान कथाका रूपमा पृथ्वीमा पेश गर्नुहुनेछ र यसको बढोत्तरीका लागि हामीले यथेष्ट फ्लेक्सले सहयोग गरिरहनेछौँ । यो तपाईको लिखतले अवश्यै महसूस गर्नु पनि हुनेछ ।
इथरजी ! तपाईले धेरै जिज्ञासा राख्नुभयो हाम्रो ग्रहको सम्पुर्ण आवाजको निष्कर्ष समाहित भई मैले समाधान नवताएता पनि जिज्ञासालाई मेटाउने प्रयास गरेँ । केही मङ्बाट त्यस्तो गल्ती भएको भए यस पृथ्वीवासी सबैसँग मङ् क्षमा चाहन्छुङ् । यस पृथ्वी मात्र होइन जता पनि आफुले पाप नगरीकन बाँच्न नसकिने यो व्रह्माण्डिय दुर्दशा भन्छौँ हामी । योङ् सबैको निङ्यती होङ् । हाम्रो ग्रहङ्को यहीङ् निक्र्यौल प्रचारप्रसार गर्न निस्केको हुँ । त्यसैले मलाई शूण्यवादी ग्रहको दूत भनेर भन्नसक्नुहुन्छङ् । फेरि मङ् बाँच्नलाई यहाँका कुनै कुरासँग मेरो इङ्नर्जी आइरहेको छैन । त्यसैले म आफ्नो रिचार्जका लागि मरो ग्रहमा गएर खाना भर्नुपर्ने हुन्छ , तपाईंहरुकहाँको कम्प्यूटरमा डाउनलोड गरेसरि । अब यहाँभन्दा बढी बोल्न म असमर्थ छु । किनकी मरो मष्तिष्कले पनि ह्याङ्गआउट देखाइसकेको छ । यहाँसम्म मलाई झेलिदिनुभयो म आभारि छु यहाँ र यहाँका पृथ्वी ग्रहवासीहरुमा । अङ्न्त्यमा नङ्राम्रा व्यक्ति होइन प्रवृत्ति होङ् । यहाँका हरेक प्राणी प्रति मेङ्रो घृङ्णा छैन, दयाभाव छङ् । यहाँ फैलिएको अङ्शान्ति पाङ्प, दुराचार जस्ता रोगहरु उताबाट साइरङ्नको माध्ययमले रिफ्लेक्सङ्नहरु पठाङ्उनेछु । वादमा फ्लेक्सबाट, विङ्जुली चङ्म्किँदा फ्लेक्सबाट आएमा हाम्रो निङ्दान आएको भङ्नेर थाहा पाङ्उनु नै हुङ्नेछ । विङ्दा ……….विङ्दा …….. विङ्दा ……… विङ्दा ……..”
एकैछिनमा ठुलो विष्फोट भयो । त्यहाँ पनि त्यस्तै पत्रपत्र देखापर्यो । फेरि वादलमा पनि त्यस्तै पत्रपत्र देखापर्यो । इथर भने हात हल्लाउँदै त्यो पत्रपत्र हेर्दै वाईवाई….. वाईवाई …..वाईवाई….. वाईवाई …..गरिरह्यो । केही छिनमा फ्लेक्सको वादल देखापर्यो, त्यस्तै पत्रपत्र पनि देखापर्यो । फेरि विजुली चम्केर फ्लेकस देखापर्यो । ऊ भने वाईवाई…….वाईवाई ……वाईवाई …..वाईवाई…….. एकतमासले गरिरह्यो । गरिरह्यो ।
इथरले यी माथिका उसका कथा र भएका सम्वादहरुलाई विज्ञान कथाका रुपमा साहित्यकारहरु माझ २०७६ असोज २६मा प्रस्तुत गर्यो र अन्त्यमा भन्यो, “यो कथान्यासका रुपमा मैले एकान्तवास बसेको समयममा २०४९ सालमा लेखेको थिएँ , जब अहिले मैले यस्ता कथाहरु अरुले पनि बनाइसकेको पढेँ, त्यसपछि मैले यसलाई कथाको रुपमा मात्रै यहाँ अहिले प्रस्तुत गरेको हुँ ।
यो कथाको विस्तृत कथान्यास रुपका शव्दहरु मेरो पुरानो मककिएको डायरीमा सुरक्षित छन् । त्यो समय मैले जनावर, चराचुरुङ्गी, कीटपतङ्ग, वादल, तारा, हावा, अवयवहरुका भाषाहरु जानेँ । यो बताउँदा तपाईंहरु विश्वास गर्नुहुन्न । तीबाहेक अक्षरका भाषाहरु छन् । गणितका भाषाहरु छन् । ध्वनीका भाषाहरु छन् । छायाँका भाषहरु छन् । तरङ्गका भाषाहरु पनि छन् । यो तपाईंहरुलाई बुझाउन ठेलीका ठेली पुस्तकले जस्तो बुझाउनुपर्ने हुन्छ । यहाँहरुले नबुझेमा समय बर्बाद गरायो, वाहियात भनी फेरि मलाई पहिले झैँ पागलखानामा यातना दिन लानुहुनेछ । यस्तो मैले धेरै झेलीसकेको छुँ ।
ती अनुसन्धानका उत्खनन गरिएका शव्दहरु अझै पनि मेरा कथात्मकदैनिकी लेख्ने डायरीमा सुरक्षित छन् । त्यो निकै लामो कथान्यासलाई प्रस्तुत गर्दा तपाईंहरु कोही पनि बुझ्नुहुन्न, अनि यसबाट मैले तपाईंहरुबाट दुःख पाउँछु । त्यसलाई बुझाउन अरु थप लेख्नका लागि अध्ययन अनुसन्धानको एकदमै वातावरण छैन ।
यसमा यीबाहेक मेरा प्रत्यक्ष अन्य जीवसँग भएका यथार्थताहरु पनि छन् । जुन यसमा आभास पाउनुनै भयो होला, यसलाई मात्र मैले बुझ्ने भाषामा ओकलेको छु । अहिलेलाई यो तपाईंहरुले यो संसारले बुझ्ने प्रारुपको कथा बनाएर यो शुन्य विज्ञान कथाको रुपमा प्रस्तुत गरेको हुँ । भूल भएको भए क्षमाप्रार्थी छुँ ।
वाईवाई…. वाईवाईं …. … वाईंवाई.. …वाईवाई…. .. वाईवाई
२०७७ साउन ३
बिजु सुवेदी विजय
bijusubedi@gmail.com

उत्खँदिलो व्रह्माण्डीय रहस्य
बाहिरि ग्रह्का जीवसँग यस ग्रहका कथाकारले म पात्र बाट एकदमै उत्खँदिलो व्रह्माण्डीय रहस्य तथा भित्री मनसम्म उद्वेलीत पार्ने प्रशङ्गहरु अनि कौतुहल पुर्ण वास्तविक सत्य तथ्यलाई उजागर गरेका छन् ,यो कथाकारको वास्तवीक जीवनको केही अँश पनि समेटिएको हुनुपर्छ
थोरै काँटथप थपकाँट गरी कथा फाइनल गरेको छुँ ।
थोरै काँटथप थपकाँट गरी कथा फाइनल गरेको छुँ । पढी सौहाद्रता बढाइदिनुहुन अनुरोध गर्दछुँ ।…..विजु सुवेदी विजय ……