Skip to content

भाषा/साहित्य समीक्षा

गजलमा लयविधान

  • by

गजल गेय विधा हो र यो गाइनुपर्छ, चाहे सङ्गीतमा (जसलाई ‘कवाली’ गायन भनिन्छ), चाहे स्वतन्त्र लयमा (यसलाई ‘तरन्नुम’ शैली भनिन्छ) । यसको आशय के हो भने गजलमा गेयात्मकता आवश्यक हुन्छ । गेयात्मकतालाई छन्द (बहर), लय, मात्रा इत्यादि जेजे नाम पनि दिन सकिन्छ तर लेखनमा छन्दको संरचना आफ्नै विशिष्ट प्रकारको हुने गर्छ ।

साहित्यमा नायक

  • by

प्रत्येक व्यक्ति आफ्नो जीवनमा नायक छ। घट्नै घटनाहरुमा ऊ बेहि्रएको छ। उसले बाँचेको सारा जीवनमा ऊ एउटा नायक बनेर समस्याहरुसँग जुध्ने, निर्णय दिने, समाधानका उपायहरु खोज्ने र आफ्नो आश्रयमा हुर्किरहेकाहरुको अभिभावक बन्ने संर्घषमा संलग्न छन्। चरित्रको मूल्याङ्कन गरी समाजमा व्यक्तिहरु कोही नायक कोही खलनायक र कोही घटना सहायमात्र देखिएका हुन्छन्, तर वस्तुगतरुपमा हेर्न सके प्रत्येक व्यक्ति आफ्नो परिवेशको नायक हुन्छ।

प्रकाशनको पीडा सबैलाई उस्तै

  • by

प्रकाशनका समस्या नभएको स्रष्टा-लेखक पाउन हम्मै नै पर्छ स्थापित र चर्चित स्रष्टा-लेखकले सहजै प्रकाशक पाउछन् । नया पुस्तक लेखकले प्रकाशक पाउन त्यति सहज छैन भन्ने गुनासो सुनिदै आएको छ । पुस्ता नया होस् वा पुरानो, स्रष्टा स्थापित होस वा भर्खरको होस् सिर्जनाको प्रकाशनको सन्दर्भमा समस्या प्रायः उस्तै छ । नेपाली साहित्यको सन्दर्भमा कुरा गर्नुपर्दा प्रकाशन-प्रकाशक अलि बढी देखिन थालेको धेरै भएको छैन । अधिकांश स्रष्टा स्वयं प्रकाशक भएर कृति प्रकाशन गर्ने गर्दछन् । एकताका साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठान, रत्न पुस्तक भण्डार नबीन प्रकाशन, जगदम्बा प्रकाशन, भानु प्रकाशन, कौवा प्रकाशन आदि जस्ता सीमित प्रकाशक मात्र थिए भने अहिले प्रकाशनको क्षेत्रमा प्रशस्त मात्रामा प्रकाशक, प्रकाशन संस्था देखापरिसके ‘जति भाडो उति चुबुर्को’ भने जस्तै जति प्रकाशक बढ्दै गए पनि दिन प्रतिदिन लेखकहरू पनि बढ्दै जादै छन् ।

कविताको गाउँमा नयाँ पँधेरो

  • by

‘बा ? पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ, मरेका दिनहरूको ।’
हरिभक्त कटुवालको यो लघुकविता । लघुकविताको गर्भमा जोगिएको बृहत् काव्य । मैले बुझेको थिइन पहिले, अचेल धेरैतिर मानवबस्तीका कथा सुन्न मोहनी लाएको छ, यो लघुकाव्यले ।

बहुनायकत्वको लीलाचेतः लीलालेखन

  • by

बहुलता आजको युगचेतनाको मेरुदण्ड हो। बहुवाद आजको मानवसंस्कृतिको प्रारम्भ हो । विश्वको कुनै कुनामा पनि आज विकसित हुँदै आइरहेको कुरै यही हो। साहित्यमा, राजनीतिमा, कलामा, वैचारिकतामा, संस्कृतिमा सबैतिर पसेर सक्रिय भइरहेको यही नै अबको जीवन हिँड्ने बाटो हो। कुनै एउटा मात्र व्यक्ति, एउटा मात्र पात्र वा एउटा मात्र विचार मुख्य रहने र बाँकी सबै त्यही मुख्यलाई प्रमाणित गर्न सहायक बन्ने परम्परा अब कमजोर हुँदै गएको छ। विषय, गुण र उपयोगितामा कुनै पनि वस्तुको महत्त्व त्यसको त्यहाँ उपस्थित हुनुले नै स्वतः सावित गरिरहेको हुन्छ। उपभोक्ताले त्यसलाई कतिसम्म महत्त्व दिने भन्ने स्वनिर्णय गर्दछ। उपभोक्तामाथि उसको रुचिविरुद्ध केही कुरा पनि लाद्न सकिँदैन । उसलाई मनपर्ने वस्तुको छनौट गर्ने पूर्ण स्वतन्त्रता छ उसलाई । आजको व्यापारमा पनि क्रेताले आफ्नै हातले आफूलाई आवश्यक पर्ने सामान पसलबाट रोजीरोजी छानेर विक्रेताका अघि बिल बनाउने ठाउँमा थुपार्न खुसी हुन्छन् । डिपार्टमेन्टल स्टोर्सहरूको लोकप्रियता बढ्नुको पछि पनि क्रेताको यही स्वतन्त्रताको आधार रहन्छ ।

विज्ञान साहित्य र रुढ बोक्ने नेपाली समालोचक

  • by

पहिले शास्त्रीय समालोचकहरुको बारेमा केही भनूँ उनीहरु त्यस्ता सूत्रहरुको बलमा आफ्नो वर्चश्व कायम राख्न चाहन्छन् जो आजको स्थितिमा वेकामे र मृत छन् । विज्ञानको उदय नै नभएको विज्ञान के भौतिकता नै आध्यात्मिकताको उरालमुनी दविएर रहेको स्थितिको उत्पादित र कैयूँ त हज्जारौँ वर्ष पुराना जीर्ण सूत्रहरुले उनीहरु हाम्रा आजको स्थितिसम्मत विज्ञान साहित्यहरुको मूल्यांकन गर्न खोज्दछन् । परिणाम के होला ? बाबु बाजेको पालाको मानापाथीले आज आविस्कृत अणुपरमाणुको नपना कसरी हुन्छ परिणामतः त्यो हज्जारौँ वर्ष पुरानो कसीहरुबाट ती नापिन्नन् । तिनमा भएका सूत्रहरुले कामै गर्दैनन् अनि या त उनीहरुका सामू पस्किएका विज्ञान साहित्यलाई पाख नपुगेको सृजना मानेर उपेक्षा गरेको नाटक रच्नु पर्यो वा होइन भने हात उठाएर भाग्नै पर्यो । शीष्ट भाषामा यसलाई सुनियोजित उपेक्षा हो कि भन्ने आशंका गर्न सकिन्छ तर शीष्टाचारको हिसावमा नभन्नॆ र सोझो हिसावमा भन्ने हो यो उनीहरुको सुनियोजित भगौडेपन हो । अझ निर्लज्ज भगौडेपन भने हुन्छ ।

थुनुवाको सिर्जना

  • by

९० वर्षउकालो लागेका डायमनशमशेरलाई पुरानो जेल बसाइ सम्भँmदा कस्तो लाग्छ – पक्कै आँखामा आसु आउछ । निकै भावुक बनाउछ ।

उपन्यासलेखनमा देखिएको प्रयोगवादी धार र स्तरीयताको प्रश्न

  • by

साहित्यमा सबैभन्दा धेरै पाठकलाई आकषिर्त गर्ने विधा हो उपन्यास । नेपाली साहित्यको मूलधार कविता भए पनि पुस्तक बिक्री र लेखकस्वका कसीमा राखेर मूल्याङ्कन गर्दा उपन्यास विधा सबैभन्दा लोकप्रिय रहेको देखिन्छ । स्तरीय उपन्यास प्रकाशित हुँदा पाठकले खोजीखोजी पढ्ने गरेको पाइन्छ । यद्यपि सिर्जनागत दृष्टिले उपन्यास विधा जति उर्वर हुनुपर्ने हो त्यति हुन सकेको छैन ।