Skip to content

भाषा/साहित्य समीक्षा

विश्वपरिवेशमा नेपाली साहित्य : परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना

  • by

नेपाली भाषाको जीवन झन्डै हजार वर्षलामो भए तापनि यसको साहित्यिक स्वरूपले आकार लिन थालेको भर्खरै हो । यसका कथा, निवन्ध, उपन्यास, नाटक सबै विधाले यतिखेर शतवाषिर्की मनाउँ दै छन् भने महाकाव्य, समालोचना जस्ता कति हाँगाले अझ पछि आकार लिएका हुन्; तिनीहरूको पालो आएकै छैन ।
आज हामी नेपाली साहित्यलाई विश्वको मानचित्रमा कसरी, कहाँनेर देखाउन सकिएला भन्ने चिन्तामा छौं ।

रङ्गमञ्चमा कविता

  • by

वि.सं. २०३९ सालमा र्सवनामका कलाकारहरुले कवि विष्णुविभु घिमिरेको कविता लङ्गडी केटीलाई पाठ्य सामग्रीबाट दृश्यमा अर्थात रङ्गमञ्चमा उतारेको थियो । लङ्गडी केटी को शर्ीष्ा भुमिका निर्वाह गरेकी थिईन् अभिनेत्री बिना बुढाथोकीले र कविताको निर्देशन गरेका थिए निर्देशक अशेष मल्लले । नेपाली रङ्गमञ्चका निम्ति त्यो बेला यो एउटा भिन्न प्रयोग थियो । दर्शकले नौलो स्वाद पाएका थिए भने कविताले पनि नया“ पाठक र स्थान पाएको थियो ।

नेपाली साहित्यमा एक नवीनतम सिद्धान्त र प्रयोगका कुरा

  • by

विश्वसाहित्यलाई अनेका प्रकारका आन्दोलनले अघि बढाउँदै ल्याएको छ । यहाँको कला, दर्शन, चिन्तन सबैमा यही लागू हुन्छ ।

जीवन, दर्शन र विचारको त्रिवेणी

  • by

नेपाली साहित्यमा लघुकथा लेखनको इतिहास लगभग सय वर्षको भए पनि सङ्ग्रह प्रकाशनको बाढी भने पछिल्लो दशकमा आएर भएको छ । जुनसुकै विधामा कलम चलाउनेले पनि लघुकथालाई समातेकै छन् । लघु कथाको पनि विधागत संरचना, स्वरूप, आकार र स्पष्ट बाटो बनिसकेको छ तर सबै लघुकथाकारले त्यसलाई समातेर लेख्न सकिरहेका छैनन् । औँलामा गन्नुपर्ने साहित्यकारहरूमात्र होलान्, जो लघुकथामा सीमित छन । अर्थात् सुमन सौरभ केवल लघु कथाकार मात्र हुन् र आˆनो दोस्रो लघुकथा सङ्ग्रह ‘पराई विचार’ लाई पाठक समक्ष ल्याएका छन् ।

साहित्यमा श्रम विषय

  • by

साहित्य सिर्जना स्वयंमा एक प्रकारको श्रम हो । साहित्य सिर्जनाका लागि बौद्धिक र मानसिक श्रमको प्राधान्य रहन्छ भने शारीरिक श्रमको प्रधानता रहने क्षेत्र वा कार्यहरू पनि छन् । यसको अर्थ भौतिक वा शारीरिक श्रम शून्यको स्थितिमा साहित्य सिर्जना हुनसक्छ भन्ने होइन । जुनसुकै श्रम र काम एकाकी अर्थात् बौद्धिक वा शारीरिकमध्ये कुनै एउटाको श्रमदानबाट मात्र पूरा हुन सम्भव छैन । यी दुवै श्रमको योगदान कुनै पनि कार्य सम्पादनका लागि अपरिहार्य छ, प्रधानता दुईमध्ये जसको रहे पनि । बौद्धिक र शारीरिक क्रियाशीलताको धेरथोर तर अनिवार्य संयोजनबाट नै श्रमको परिणामदायी रूपान्तरण सम्भव छ तर साहित्यबाट मिल्ने र लिने प्रथम सन्तुष्टि चाहिँ मानसिक वा बौद्धिक नै हुन्छ ।

नेपाली छात्र परिषद्को ‘उकालो’

  • by

पत्रपत्रिकाको इतिहासमा विदेशबाट प्रकाशित पहिलो पत्रिकाको रूपमा युवककवि मोतीराम भट्टको सक्रियतामा वि. सं. १९४२-१९४८ सम्मको बीचको अवधिमा प्रकाशनमा आएको ‘गोर्खा भारत जीवन’ पत्रिकाको अस्तित्व फेला नपरे पनि प्रकाशनमा आएको थियो भन्ने कुराको सन्दर्भ विद्वान्हरूले उल्लेख गरेका छन् । प्रामाणिक रूपमा भन्नुपर्दा भने नेपालभित्रबाट प्रकाशित पहिलो पत्रिका ‘सुधा सागर’ -साउन, १९५५)लाई मानिन्छ । यस हिसाबले भन्नुपर्दा नेपालमा पत्रकारिताको इतिहास सुरु भएको एक सय दस वर्ष पूरा हुन आँट्यो । त्यसमा पनि पत्रकारिताको थालनी साहित्यिक पत्रिकाबाट भएको छ । नेपालको लागि यो गौरवको विषय बनेको छ ।

साहित्यमा पनि क्रमभङ्गता !

  • by

क्रमभङ्ग गरौँ । कछुवाको जस्तो सुस्त चालले होइन कि उफ्राइ उफ्रौँ भ्यागुताको जस्तो । छलाङ्ग मारौँ । वर्तमान नेपालको राजनीतिक वृत्तमा थोरै हदसम्म मात्र भए पनि नेपाली साहित्यमा पनि यसको बहस, छलफल वा वाद विवाद चाल्नु आवश्यक भएको ठान्दछु । नेपाली साहित्यमा क्रमभङ्ग गर्ने क्रम नचलेको होइन, नेपाली भाषमा साहित्यको सिर्जना गरेर भानुभक्तले प्रथम चरणको क्रमभङ्ग गरे । संस्कृतको अब छिन्न जगजगी र दवदाव भएको उत्निखेर नेपाली भाषामा साहित्यको सिर्जना गर्नु कम महत्वको र दुष्कर कार्य थिएन नबनेको,कसैले नखनेको बाटो हिँडनु । परम्परागत लेखन क्षेत्रलाई यो एउटा धक्का थियो । जवर्दस्त धक्का । अवश्य खनिए होलान् भानुभक्तमाथि पुरातनवादी लेखक कविहरू । देवभाषाको अवहेलना गरे भनेर ।

अन्तर्राष्ट्रिय भाषानीति

  • by

अन्तर्राष्ट्रिय क्षेत्रको परिदृश्यलाई हेर्दा नेपालमा जस्तै विश्वका विभिन्न देशमा विभिन्न भाषिक समुदायहरू छन् । यीमध्ये कतिपय भाषिक समूदायहरू परापूर्वदेखि अझैसम्म पनि अल्पसंख्यकरूपमा नै रहिआएका देखिन्छन् भने कतिपय भाषिक समुदायहरू यस्ता छन् जसले उसको देशमा मात्र होइन, विश्वमा नै धेरै प्रमुख स्थान कायम गरिराखेको पाइन्छ । यस्तै कुनै भाषाले कुनै समयमा कायम गरेको लोकपि्रयता र आधिपत्य वर्तमान समयमा आएर इतिहासकै गर्भमा सीमित हुनपुगेको पाइन्छ ।

राज्यको भाषिक नीति

  • by

राज्यको भाषिक नीति कस्तो हुनुपर्ला ? यो आजको गम्भीर एवं ज्वलन्त प्रश्न हो । यस प्रश्नको समुचित उत्तरले नै सबै राष्ट्रभाषाको समान विकास र संरक्षण, भाषिक अधिकारको सम्मान, भाषिक विभेदका कारण सिर्जित द्वन्द्वको अन्त्य, अनावश्यक र अनपेक्षित आकाङ्क्षाको समाप्ति तथा भाषालाई लिएर गरिने षड्यन्त्रहरूलाई चिर्ने कार्यमा सफलता प्राप्त गर्न सकिने छ । नेपालमा लामो समयदेखि भाषिक विभेदका विषयमा बहसहरू चल्दै आएका छन् । आज भाषिक अधिकारसम्बन्धी विषयमा अभूतपूर्व जागरण आएको छ ।

आधुनिकता/उत्तरआधुनिकता

  • by

आधुनिकता र उत्तरआधुनिकता दुवैका भिन्नाभिन्नै चरण र पाटा छन् । दुवैका सकारात्मक र कमजोर पक्ष्ँ छन् । दुवै पक्ष्ँ बुझेरमात्रै आधुनिकता/उत्तरआधुनिकताको सही अध्ययन गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।
पहिले आधुनिकता- आधुनिकताको सबैभन्दा सबल पक्ष्ँ हो लोकतन्त्र, सामाजिक न्याय तथा प्रगतिसम्बन्धी धारणाको सेक्युलर व्याख्या । जनआन्दोलन ०६२-६३ पछिका दिनमा नेपालमा यी आदर्श तथा तिनको अभ्यासको महत्त्व झन् बढेको छ, घटेको छैन ।

समकालीन सिक्किमेली उपन्यासका केही नारी चरित्र

साहित्यका अनेक विधाहरूमध्ये प्रमुख, नवीन र सर्वाधिक लोकप्रिय विधाका रूपमा उपन्यासलाई मान्नसकिन्छ। उपन्यास संस्कृत शब्द भए तापनि आजको उपन्यास साहित्य पश्चिमको देन हो। उपन्यास शब्दको सोझो अर्थ हुन्छ नजिकको वस्तु वा निकटस्थ वस्तु अथवा जीवनको अनुभूति। उपन्यासलाई अंग्रेजीमा नोबेल भनिन्छ जो ल्याटिनको नोभेलस् शब्दबाट नोभेला हुँदै नोबेल भएको हो।
उपन्यासका सम्बन्धमा पूर्व र पश्चिमका धेरै विद्वान्हरूले विभिन्न परिभाषा दिएका छन्। साहित्यको स्वरूप, समयको गति र सभ्यतासितै परिवर्तित हुनेहुनाले यसका परिभाषाहरू यही नै हुन् भनेर किटान गर्नसकिँदैन। अतः उपन्यास जस्तो लोकप्रिय र नवीन विधाको परिभाषा निश्चित यही हो भन्न सकिँदैन। यद्यपि, यहॉं केही समालोचकहरूका परिभाषालाई अघि सारेर हेर्दा उपन्यासबारे जानकारी पाउन सकिन्छ।

मोफसलः पीडा र रचनाशक्ति

माटोको सुगन्ध बोक्ने सिर्जना आयातीत नारा र विदेशी नक्कलभन्दा धरै शक्तिशाली हुन्छ, यस्तो साहित्य यथार्थका भोगाइहरूबीच फस्टाउँछ । ढुङ्गा फोरेर हुर्कने पीपलजस्तै यस्ता साहित्यले फस्टाउन अरूको सहारा लिनुपर्दैन । यो आफ्नै सामर्थ्यमा हुर्कन्छ, फस्टाउँछ र मूलधारमा समाहित भएर इतिहासमा आफ्नो स्थान आफैँ बनाउन सक्षम हुन्छ । मोफसललाई न त राजधानीको थाँक्रोको चढ्नुपर्छ, न कुनै समालोचक र अखबारी स्तम्भकारहरूको गुटगत चर्चाको अशीर्वादकै आवश्यकता रहन्छ । शक्तिशाली कलमहरू मोफसलमा रहेर पनि आफ्नै रचना शक्तिमा स्थापित हुँदै आएका छन्, रचनाशक्ति नहुनेहरू राजधानीमै रहेर पनि पानीको फोकाझैँ अस्तित्वबोध हुन नपाउँदै बिलाएका पनि छन् । मोफसलमा रहेर निरन्तर सक्रिय कलमहरूले यसको दृष्टान्त दिई नै रहेका छन्, राष्ट्रिय मूलधारको साहित्यलाई चुनौती दिँदै आफ्नो स्थान बनाइ नै रहेका छन्, बनाइरहने छन् ।

लेखभन्दा लेखक भिन्न

लेखकहरूको एउटा कोणबाट निकै आलोचना हुँदोरहेछ । त्यसो त लेखक, साहित्यकारहरू समाजका लागि सम्मानित व्यक्तित्व हुन् ।

नेपालभाषामा साहित्यः इतिहासदेखि वर्तमानसम्म

  • by

नेपाल मण्डलका आदिवासी जाति नेवारहरूको मातृभाषा रहिआएको नेपालभाषा नेपालको आफ्नै लिपि तथा लामो साहित्यिक इतिहास बोकेको भाषा हो । तिब्बती बर्मी भाषा परिवारमा पर्ने यस भाषा लिच्छवि कालदेखि जनभाषाको रूपमा रहिआएको छ भने यस भाषाबाट लेखिएको प्रथम अभिलेखको रूपमा ने.ई.सं. १११५ को ललितपुर रुद्रवर्ण्ामहाविहारस्थित ताड पत्रलाई लिइएको छ ।

म के लेखूँ ?

  • by

मैले विद्यार्थी जीवनमा एउटा लेख पढेको थिएँ जसको शीर्षक थियो ‘मैं क्या लिखूँ ।’ यस लेखको विषयवस्तु के थियो अहिले बिर्सिसकेको छु तर शीर्षक चाहिँ अहिलेसम्म याद छ । आज आएर यस्तै स्थितिको सामना स्वयंले गर्नु परेपछि यसको मर्म अलिअलि बुझ्न थालेको छु । लेखन एउटा कठिन साधना हो । एउटा कठोर तपस्या हो । लेखनमा निरन्तरता हुनुपर्दछ ।

भाषा समावेशीकरण

  • by

२०६४ असोजको पहिलो साताबाट गोरखापत्र राष्ट्रिय दैनिकमा ‘नयाँ नेपाल’ पृष्ठ अन्तर्गत नेपालका विभिन्न राष्ट्रिय भाषाभाषीको सामाग्रीले स्थान पाएको छ । गोरखापत्रको इतिहासमा १ सय ८ वर्षपछि यसरी एउटै नेपाली भाषाको सट्टा हाल विभिन्न २५ भाषालाई समावेशीकरण गरिएको छ । भाषाभाषीका लागि यो अमूल्य कोसेली हो ।

स्रष्टाहरु सर्वत्र

  • by

साहित्यमै मात्र केन्दि्रत रहेर एउटै क्षेत्रमा सीमित हुने स्रष्टाहरू निकै कम भेटिन्छन् । प्रायः स्रष्टाहरू जागिरे जीवनमै संलग्न भएको बढी पाइन्छ । व्यापार-व्यवसायमा धेरै कम स्रष्टाले हात हालेका छन् । राजनीति गर्दै साहित्य लेख्ने र साहित्य लेख्दै राजनीति गर्नेहरूको सङ्ख्या चाहिँ उल्लेख्य छ । डाक्टरी पेशा, कलाकारिता, अभिनय, पत्रकारितामा लाग्ने साहित्यकारहरू पनि छन् । म

नाट्य परम्परागत नयाँ युग

  • by

नेपाली साहित्यमा माध्यमिक कालको विशिष्ट स्थान रहेको छ । प्राथमिकताकालीन भक्तिधारा अन्तरधाराका रूपमा रहे पनि शृङ्गारिक संचेततानै मूल प्रवाहका रूपमा रहृयो । शृङ्गार युगका प्रवर्तक बहुआयामिक प्रतिभाका स्रोत मोतिराम भट्ट हुन् । उनले नै नेपाली नाट्य परम्परामा रूपान्तरण नाटकको आविर्भाव गरेका हुन् । मोतीराम भट्टको चर्चा गर्दा शम्भुप्रसाद ढुड्ढेलको पनि प्रसड्ढ आउँछ, तर यी दुबै कवि बीच समयको ठूलो अन्तर रहेको छ ।

हाम्रो भाषा र हाम्रा पुस्तक

  • by

आफ्नो ६३ वर्षो जीवनमा मूलतः म मेरो मातृभाषाभाषीबीच बाँचेँ, बोलेँ, सुनेँ, सिकेँ, लेखेँ । मैले ४५ वर्षघि थालेको साहित्य सिर्जनाको मूल माध्यम पनि नेपाली नै हो । दुई वर्षेखि म पिँजडाको सुगाजस्तो कोठा, अध्ययन र लेखन-केन्द्रित भएपछि वार्तालापमा मात्र होइन, किताब, छापा, टीभी र एफएमहरूमा नेपाली भाषामा प्रचलित सामयिक शब्द, भाव, शैली र उच्चारणहरूको गतिशीलतासँग पुनः परचिय गर्दैछु ।