कृष्ण अविरल
गधा धुवाईका व्यङ्ग्यहरू
पत्रपत्रिकाहरूमा प्रशस्तै हास्यव्यङ्ग्य लेखेर पनि कुनै लछारपाटो लगाउन नसकेका लक्ष्मण गाम्नागेले फेरि एउटा हास्यव्यङ्ग्यको किताबै निकालेछन्, ‘कति धुनु गधाहरूलाई’ शीर्षक दिएर । यसअघि नै ‘घिटिकघिटिक बाँचेर सहरमा’ र ‘३ न १३’ व्यङ्ग्य कवितासङ्ग्रह तथा ‘लाठीचार्ज’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह निकालेर आफ्ना लालाबालाको गाँस र आस खोसिसकेका गाम्नागेलाई फेरि पनि व्यङ्ग्यको किताबै लेख्न किन जङ् चलेको हो कुन्नि ?
योग्यता
चोकको चिया पसलमा बसेर ऊ समसामयिक राजनीतिका बारेमा गफ गरिरहेको थियो । केन्द्रीयस्तरका नेताहरुसँग सोझो सम्पर्क भएको पढेलेखेको इमानदार राजनीतिक कार्यकर्ता भएको कारण पनि मानिसहरु ऊसँग अनेक जिज्ञासा मेटाउन चाहन्थे । उसका निष्पक्ष कुरा सुन्न चाहन्थे । भावी चुनावको जोडघटाउका बारेमा बुझ्न चाहन्थे । काठमाडौंबाट केही महिना अघि मात्रै गाउँ फर्केकोले मानिसहरु उसलाई बढी नै जानकार ठान्थे । गफमा गाउँका एकसेएक भद्रभलाद्मीहरु समेल थिए । ऊ उनीहरुको जिज्ञासा मेटाउने प्रयास गरिरहेको थियो ।
क्याबिनको सीट
काठमाडौका र्सार्वजनिक यातायातका साधन, त्यसमा पनि सानाखाले नीलो माइक्रोमा यात्रा गर्नु कम्ती कठिन छैन । सागुरो खोरमा क्षमताभन्दा बढी भेडाबाख्रा कोचिएभन्दा चर्को । कहिलेकाँही त यस्तो लाग्छ, मःम र मासुको लागि काठमाडौं ल्याउनका लागि ट्रकमा लादिएका बूढाराँगा र बैला भैंसीले पनि यति चर्को सास्ती पाँउदैनन् होला ।
रारा जाने कि ?
रारा लेक र राराताल टेक्ने रहर धेरै नेपालीहरूसँग हुनसक्छ । संसारका सुन्दरतम प्राकृतिक स्थलहरूमध्येमा पर्ने रारा पुग्ने सपना साँच्नु अस्वाभाविक पनि होइन । तर कसरी जाने ? कहिले जादा उपयुक्त हुन्छ ? कति दिन लाग्छ ? कति खर्चको जोहो गरे पुग्छ ? जस्ता कुराको जानकारी नपाएर हामीमध्ये धेरै अलमलिएका हुन सक्छौ ।
उपन्यासलेखनमा देखिएको प्रयोगवादी धार र स्तरीयताको प्रश्न
साहित्यमा सबैभन्दा धेरै पाठकलाई आकषिर्त गर्ने विधा हो उपन्यास । नेपाली साहित्यको मूलधार कविता भए पनि पुस्तक बिक्री र लेखकस्वका कसीमा राखेर मूल्याङ्कन गर्दा उपन्यास विधा सबैभन्दा लोकप्रिय रहेको देखिन्छ । स्तरीय उपन्यास प्रकाशित हुँदा पाठकले खोजीखोजी पढ्ने गरेको पाइन्छ । यद्यपि सिर्जनागत दृष्टिले उपन्यास विधा जति उर्वर हुनुपर्ने हो त्यति हुन सकेको छैन ।
