Skip to content

भाषा/साहित्य समीक्षा

नेपाली साहित्यमा हाइकु

साहित्य र समाजको निकटतम सम्बन्ध हुन्छ । साहित्यले प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि ढंगबाट समाजमा आफ्नो प्रभावलाई गतिशिल बनाइरहेको हुन्छ । नेपाली साहित्यमा प्रचलित थुपै्र विधाहरु मध्ये केहि वर्ष यता हाइकु खरो देखिएको छ । हाइकु कविताको शुरुवात जापानमा भएको हो । अनौठो किसिमको शास्त्रिय संरचना ५-७-५ मा बाँधिएर लेखिनु पर्ने भएकोले पनि हाइकुको महत्व दिन प्रति दिन बढदै गैरहेको छ । हाइकु विश्व व्यापी बन्दै गएको छ ।

दयाराम र राजारामहरू यो देशका भरोसा

  • by

सोह्र महिना पहिले मुटुको विचलन रोगले गर्दा तीन पटक अस्पतालमा बस्नु परेर घर फर्किएपछि लेख्ने क्षमता गुमे पनि मैले पढ्नेमा आफ्नो समय खर्च गरें । मेरो निम्ति अर्को कुनै उपाय छँदा पनि थिएन ।

नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो आकर्षण

  • by

भाषा विचार आदानप्रदान गर्ने माध्यम हो । भाषा समयको अन्तरालमा परिवर्तन पनि हुनसक्छ । विभिन्न कारणले गर्दा भाषाभित्र अनेक रूप पाइन्छन् । यससन्दर्भमा नेपाली भाषाको चर्चा गर्न सकिन्छ । नेपाली भाषालाई नेपालको एक महìवपूर्ण माध्यम भाषाका रूपमा लिइन्छ तर यसलाई उतिसारो महìव दिइएको पाइादैन । मूलतः साना नानीहरूदेखि लिएर ठूलाठूला भाषासेवी तथा भाषाप्रेमीहरूले पनि नेपाली भाषाको बोलचाल र लेखनसन्दर्भमा बेवास्ता गरेको पाइन्छ ।

महाकविको शतवाषिर्की

  • by

“शब्द चातुर्य नै साहित्य हो भन्नेलाई म ठीक जवाफ दिन सक्दिन । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीको निमित्त लेख्दिन, लेख्दछु लेख्नुको निमित्त र आˆना बिचार, मानवहरूलाई सकभर सच्चा प्रकाश गर्नाको निमित्त । प्राकृतिक तवरले जस्तो विषयमा मन जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पर्‍यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेतभावले मनुष्यको कला विग्रन्छ । मनै तीन भाषाको छैन, तीन तोलाको अलङ्कारले के गर्नु ?”

अझै पनि मुनामदन नै बिक्छ

  • by

चार दशकअघि औसतमा एक हजार प्रति छापिने नेपाली साहित्यिक पुस्तकहरू अपवादबाहेक अहिले पनि त्योभन्दा बढी छापिन्नन् । यसले जनसङ्ख्या र साक्षरहरूको वृद्धिका तुलनामा साहित्यको बजार नफस्टाएको, बरु साँघुरिएको जनाउँछ । तर नयाँ शीर्षकका साहित्यिक पुस्तक छापिने क्रम भने बर्सेनी बढ्दो छ । राजधानीमा दिनहुँजसो हुने विमोचन कार्यक्रमहरूले नयाँ तथा पुराना लेखकहरूमा लेख्ने जोश कायमै रहेको देखाउँछन् । साहित्यिक कृति प्रकाशनमा समर्पित साझा प्रकाशन, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान -नेराप्रप्र), रत्नपुस्तक भण्डार, वाणी प्रकाशन, विवेक सिर्जनशीललगायतका प्रकाशनगृहले पनि आफ्नो व्यवसाय धानेकै छन् ।

धन्न लेख्दैछन् नेपालका साहित्यकारहरु

नेपाली साहित्यको कुरा गर्दा लेखनाथ देवकोटा सम भवानी भिक्षु या रिमाल र भूपिकै कृतिको नाम जपेर अब पुग्दैन । जीविका चलाउन होइन जीवन चिन्न सिकाउने साहित्यलाई आम पाठकसम्म पुर्याउन निरस शब्दका निर्जीव ठेली थुपारेर पुग्दैन जीवन्त वाणी चाहिन्छ । तर समकालीन नेपाली साहित्यकारहरुले आफ्नो स्तरलाई जति उच्च भनेर दाबी गरे पनि तिनले पाठकहरुलाई आकर्षित गर्न सकेका छैनन् ‘अत्यन्तै लोकपि्रय’ भनिएको कृति पनि १००० प्रतिभन्दा बढी बिक्री भएको उदाहरण औँलामै गन्न सकिन्छ । के कारण छन् यसका पछाडि र कस्तो साहित्य लेखिँदैछ आज अनि के हुन सक्छन् नेपाली साहित्यलाई स्तरीय र पाठकस्वीकार्य बनाउन सकिने उपायहरु?

कवि शिरोमणिको “ए नेपाल!”

  • by

लेखनाथ पौड्यालले धेरै गीत लेखेका छैनन्। तर, त्यसैले मात्र महत्वपूर्ण भएको होइन उनको ए नेपाल! भन्ने गीत। आजभन्दा ५४ वर्षअघि लेखिएको यो गीत नेपालमा होइन भारतमा छापियो, पश्चिम बङ्गालको कालिम्पोङमा। नेपालमा प्रजातन्त्र उदाएपछि र राणाकालको पिँजडाबाट मुक्ति पाएपछि नेपाली जनता फुर्किएका थिए। तर, पिँजडाबाट उम्केको सुगा लेख्ने लेखनाथले, त्यसको चार वर्ष नबित्दै यति चिन्तित भएर किन नेपाललाई उद्बोधन गर्नुपर्‍यो? उनले नेपालको भविष्य किन त्यति उज्यालो देखेनन्? के पर्‍यो? त्यो खोजिपस्नु चासो लाग्दो हुनेछ।

नारी सिर्जना र अबको बाटो

  • by

‘नारी-पुरुष एउटा रथका दुई पाङ्ग्रा हुन्’ भनेर परम्परागतरूपमै भनिादै आएको हो र पनि यतिबेला आएर पुरुषप्रधान समाजले नारीलाई माथि उठ्न नदिएकाले पछि परिएको निष्कर्ष निकाल्दै आरक्षणका लागि हरेकक्षेत्रमा पहलहरू भइरहेका छन् । मुलुकको सिङ्गो जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने नारीहरू परम्परा र संस्कारले हरेकक्षेत्रका लागि जगको रूपमा रहेको शिक्षाक्षेत्रमा पछि परेकाले नै एक्काइसौा शताब्दीमा आएर आरक्षणका लागि आवाज उठाउनु परेको यथार्थ बोलिदै आएको छ ।

साहित्य र राजनीति

  • by

नेपाली साहित्यमा अत्यन्त चर्चित विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा वीपी कोइराला नामले सम्बोधित हुनुभयो । समाजवादी चिन्तक र आधुनिक प्रजातान्त्रिक चेतका अग्रणी वीपी जयन्तीको महिना भदौमा शून्य-सर्ग अन्तर्गत साहित्य र राजनीति शीर्षक दिएर यो आलेख तयार हुने सुखद संयोग मिल्यो । लाग्छ, विषय शीर्षकको सान्दर्भिकता राजनीति र साहित्यको योग वीपीको जयन्तीमा हुनुले राख्दछ ।

असफल आख्यानको सफल कथा

  • by

ध्रुवचन्द्र गौतमको बीसौं उपन्यास ‘एक असफल आख्यानको आरम्भ’ को भदौ ८ मा विमोचन कार्यक्रम रहेछ । त्यसबारे समीक्षकीय टिप्पणी गरिदिन अर्किड बुक्स -प्रकाशक) ले जसै निम्तो गर्‍यो । गौतमको अलिखित उपन्यासको १८ वर्षदेखिको प्रशंसक भएकाले निम्तो नस्वीकार्ने कुरै थिएन । एउटा निश्चयचाहि“ गरे“ उपन्यास पढ्न सुरु नगर्दै- यो उत्तरआधुनिक-सुत्तरआधुनिक कुरा म कुनै हालतमा गर्ने छैन । उत्तरआधुनिक भएर वा नभएर कुनै कृति राम्रो वा नराम्रो हुने होइन । पहिला त कृतिमा साहित्यिकता, काव्यत्मकता र कलाकारिता हुनुपर्‍यो । तब त्यो कुनै वादसादको चस्माबाट हर्ेन लायक हुन्छ ।

चिठीले जुराइदिएको मित्रता

  • by

परापूर्वकालमा (कथित कलिगत वर्ष ३६७६ मा) नेपालखाल्डोका एकजना राजा (भक्तपुरका नरेन्द्रदेव) एकजना तान्त्रिक (कान्तिपुरका बन्धु आचार्य), कर्कोटक नाग र एकजना किसान (ललितपुरका ललित ज्यापू) ले संयुक्त रूपमा आसामयात्रा गरेका थिए, यद्यपि, त्यसबेला त्यस क्षेत्रको नाम आसाम थिएन, कामरुपीठ थियो। ती चारजनाको यात्रा सोद्देश्य थियो। मत्स्येन्द्रनाथलाई लिएर आउन भनी उनीहरू त्यता लागेका थिए। उनीहरू कुन बाटो, कति दिन लगाएर त्यहाँ कैले पुगे र कसरी फर्के त्यसको कुनै लेखाजोखा छैन, तर दुई–तीन पटकको असफलतापछि बल्लबल्ल उनीहरू मत्स्येन्द्रनाथलाई नेपाल भित्र्याउन सफल भए भन्ने चाहिँ देखिन्छ। भमराका रूपमा एउटा सुवर्णकलशमा थुनेर उनीहरूले मत्स्येन्द्रनाथलाई यहाँ ल्याइपुर्‍याए।

सुनौला ५० वर्ष

  • by

ज्योतिषमा ‘अङ्कानाम् वामतो गतिः’ भन्छन् अर्थात् अङ्कहरू वामपन्थी हुन्छन् रे । त्यसैले मदन पुरस्कारको चर्चा गर्दा हामी पनि प्रगतिशील भएर एकै छिन अङ्कमा अल्मलिऊँ । यहाँ ‘अल्मलिऊँ’ भनेको व्यञ्जना मात्र होइन, अभिधा पनि हो । भन्नाले मदन पुरस्कारको अङ्कमा कुरा गर्दा साँच्चै अलमलमा परिन्छ ।

पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी

  • by

पूर्वोत्तर भारतमा नेपाली भाषा संस्कृतिको कुटुरोसहित नेपालीहरूको आगमन सन् १८२६ को इष्ट इण्डिया कम्पनी र असमको आहोम राजबीच सम्पादित सन्धिकाल र यसको छेउछाउको अवधिमा भएको मानिन्छ। नेपालीहरूले रीतिथिति, गीत–सङ्गीत, संस्कार–संस्कृति, उखानतुक्का, धर्मसँगैे एउटा विकसित भाषासमेत लिएर आए। पुराणकालमै पूर्वोत्तर आएका नेपालीहरू यहीँको रीतिथिति र बोली/भाषामा रंगिएर रैथाने भए भने पछि आउने नेपालीहरूले आफ्नो भाषा–संस्कृतिलाई बचाउँदै मातृभाषामा साहित्य–सिर्जना गर्न थाले।

बाल्मीकि रामायणमा तथागत बुद्ध

  • by

यस शीर्षकले धेरैलाई झस्काउन सक्छ । म आफै बाल्मीकी रामायणको नित्य पाठका क्रममा यसको अयोध्या काण्डको एक सय नवौ सर्गको एक श्लोकमा दृष्टि पुगेपछि झस्किएको र स्तब्ध भएको हु । त्यो श्लोक यो होः

यथा हि चोरः म तथा हि बुद्धः
तथागतं नास्तिकमत्र विद्धि ।
तस्माद्वियः शक्यतमः प्रजानां
स नास्तिके नाभिमुखो बुधः स्यात् ।। -श्लोक २४

प्रवासमा नेपाली भाषा साहित्यको सेवा

  • by

नेपालभित्रबाट नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका सुधासागर -वि.सं.१९५५) हो । योभन्दा अगाडि नै प्रवासबाट नेपाली भाषामा पत्रिका प्रकाशन भएको इतिहास पाइन्छ । त्यसैले नेपाली साहित्यको श्रीवृद्धिमा प्रवासको भूमिकालाई कम ठान्नु हुादैन । नेपाली भाषाको पुरानो नाम गोरखा भाषा भएकोले मोतीरामले बनारसबाट प्रकाशित गराएको पहिलो पत्रिकाको नाम गोरखा भारत जीवन -वि.सं. १९४८ तिर) राखेका हुन् ।

साहित्यमा समालोचना

  • by

सामान्य अर्थमा समालोचनाको अर्थ हो- गडेर हेर्नु । समालोचना ‘लुचू’ धातुले बनेको छ, जसको अर्थ हो- हेर्नु । समालोचनाअन्तर्गत आलोचना, समीक्षा, टीका-टिप्पणी, मीमांसा, विवेचना, पर्यालोचन, अनुशीलन, परिशीलन आदि अनेक शब्दहरूको प्रयोग गरिन्छ । सूक्ष्मरूपमा यस्ता शब्दहरूका आ-आˆना विशिष्ट अर्थ रहे तापनि स्थूलरूपमा भने यस्ता शब्दहरूलाई पर्यायवाची मान्न सकिन्छ । पूर्णरूपले कुनै वस्तु वा विषयविशेषको देखरेख, विवेचना, विचार-विमर्श गर्नु समालोचना शब्दसित अभीष्ट छ ।

साहित्यमा लघुकथाको प्रभाव

  • by

नेपाली साहित्यमा मौलादो विधाका रूपमा अगाडि बढेको लघुकथा लेखन समकालिन साहित्यमा निक्कै लोकपि्रय भएको छ । लघु भन्ने साथ छोटो, सानो अर्थात संक्षिप्त भन्ने बुझिन्छ । पाश्चात्य साहित्यका समालोकहरू लघुकथालाई पनि कथाकै शब्दिक अर्थबाट अथ्र्याउने गर्दछन् ।

वी.पी. कोइरालाका कृतिहरूको अनुवाद

  • by

आधुनिक नेपालको राजनीतिक वृत्तमा मात्र नभई नेपाली आख्यान साहित्यमा पनि एउटा सुपरिचित एवं सुप्रतिष्ठित नाम हो विश्वेश्वरप्रसाद कोइराला ।

अंग्रेजी र अर्धसत्य

  • by

झूठभन्दा पनि खतरनाक हुन्छ अर्धसत्य ।

द्रोणाचार्यको मृत्युबिना पाण्डवहरूले महाभारत युद्ध जित्नु सम्भव थिएन । पुत्रशोक नभई मृत्यु नहुने वरदान द्रोणले पाएका थिए ।

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन

उठान :
साहित्य कुनै समय, परिवेश, सीमा, जाति, भाषा, क्षेत्र, शैली आदिमा बॉंधिएर बस्ने वस्तु होइन। यो निरन्तर विकास भइरहने एउटा धारा प्रवाह गति हो, जो निरन्तर अघि बढ़िरहन्छ। यसैले साहित्यलाई कुनै क्षेत्र, समय र सीमामा बॉंधेर राख्न पनि सकिँदैन। यद्यपि, अध्ययनको सुविधालाई ध्यानमा राख्दै प्रस्तुत लेखमा सिक्किमेली समकालीन साहित्यको विवेचनात्मक तथा विकासक्रमिक अध्ययन गर्ने प्रयास गरिएको छ। यस क्रममा सन् १९९०-पछिका सिक्किमेली साहित्यिक गतिविधिलाई समकालीन साहित्यिक गतिविधिका रूपमा लिइएको छअर्थात समकालीन सिक्किमेली साहित्य भन्नाले १९९०-को दशकयता आजसम्मको सिक्किमेली नेपाली साहित्य बुझिनेछ।
समकालीन भन्नाले यसै समयको, आजको, वर्तमानको, समसामयिक भन्ने अर्थ बोध हुनाले सन् १९९०-को दशकयता नेपाली साहित्यका क्षेत्रमा देखापरेको प्रवृत्तिगत परिवर्तनका साथै राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, चिन्तन आदिको परिवर्तित रूपको प्रभाव र छाप के-कस्तो हिसाबमा भएको छ अनि साहित्य सिर्जनाले के-कस्तो गति लिएको छ ती सबैको अध्ययन गर्ने कोशिश यस लेखको अभीष्ट रहेको छ। सन् १९९०-को दशकको शुरुवात सॅंगसॅंगै भारतमा नेपाली भाषाको संवैधानिक मान्यताको आन्दोलन चरम सीमामा पुगिसकेको हुन्छअनि यसको नेतृत्व त्यस समय सिक्किमको कॉंधमा पनि आएको हुन्छ।