Skip to content

Anubhav

केही हाईकुहरु

पुर्णेको जुन
मनपर्छ अती नै
धर्तिमा छु म !

———————–

कालो बादल
झरी पर्छ लौ आज
मनमा मेरो !

———————–

तिम्रो मुहार
जुन जस्तो उज्यालो
ग्रहण लाग्यो !

कसम

यो जोवन अन्तै साटेको भए
मै मरी जाउला ढाटेको भए

तिम्रै केशमा डोरी झै छु म
सत्य! अरुको बाटेको भए

दिलमै राख्या’छु तिम्रो तस्बिर
धरोधर्म सानु फाटेको भए

जीवन मेरो तिमी बिनाको

सलाम छ मेरो

लजाउदै जानीलाई सलाम छ मेरो
ती रुपकी खानीलाई सलाम छ मेरो

कस्तो अहा! परेलीले झिम्क्याएर बोल्ने
उनको आनी-बानीलाई सलाम छ मेरो

चट्ट जीउ लामो केश ओठ सुनकेस्रा
भरपुर जवानीलाई सलाम छ मेरो

याद आयो

फगत प्रेम बारबार याद आयो
कसैको फेरी लगातार याद आयो

जब साँझपख, झ्याउकिरी करायो
तिनै पाउजुको झन्कार याद आयो

सुन्दर सानो चिटिक्क घरबार बस्ने
झुठा बाचा, कच्चा आधार याद आयो

अधम भएछु, डर लाग्दैन
आँफैलाई आफ्नो भर लाग्दैन

भन्यौ जाली र पापी मान्छे
सोच्नलाई तिम्ले कर लाग्दैन

देखेको छैन, सास पथ्थरमा
छ जस्तो कही ईश्वर लाग्दैन

मायाको वस्ती, शङ्काको झिल्का

नेपाल रोएको छ

तराई र पहाड अनि, हिमाल रोएको छ
हेर प्रत्येक ठाँउ-ठाँउ, नेपाल रोएको छ

जति बग्नु बगी सकें रगतका खोला
पुछ्दै आँसु बन्दुक को नाल रोएको छ

रोल्पा रुकुम बिनाशै भो दशा मडारियो

यो दसैं

दसैं अली पर सरे नि हुन्थ्यो
दशा यो लौन टरें नि हुन्थ्यो

ऋणको थुप्रो पोहोरको उस्तै छ
कसैले आममाफि गरें नि हुन्थ्यो

दु:ख हर्छौ रे माथि कही छौ रे
हे भगवान तल झरें नि हुन्थ्यो

उनीले भनिन्

निवेदन छ जीवनमा टेवा दिन पाऊँ
बिन्ती “अनु” हजुरलाई सेवा दिन पाऊँ

मुहारमा मुस्कान छर्न, खुशीहरु समेटेर
रुपा, बेगनाश, रारा अनि फेवा दिन पाऊँ

ईश्वरलाई दे’खी छैन, भा’को हजुर मेरो

गजल

देख्नुभए “ईश्वर!” मलाई, देखाईदिनुहोला
नसके नि एउटा पत्र लेखाईदिनुहोला

भगवान नि भन्छन सबले बहुरुपी छ रे
दुईचारजना मिली बाटो छेकाईदिनुहोला

भन्या सुन्छु कही कतै हुन्छ अरे यतै

गजल

अब माया लगाउदिन
खुट्टा मेरा कमाउदिन

कनिकुथी शब्द बुनी
आतशबाजी जगाउदिन

उन्को पिडा आफ्नो ठान्दै
अश्रु धारा बगाउदिन

दैलो खोज्दै आउने खुशी
ढ्याङ्ग्रो ठोकी भगाउदिन

फेद मै कुरी बस्छु बरु

गजल

भट्टी पसे आँफैलाई पिलाएर आए
उध्रेको ‘थ्यो मनको छेउ सिलाएर आए

नशा नशा भित्र सबै बियोगको बाढि
प्याला सङ्गै प्रेम बुदँ मिलाएर आए

दोबाटोमा फेरी आज “मैसा’प”को दर्शन

गजल

तिम्रो मनको मशानघाटमा जलाई देउ मलाई
तिमीलाई गार्ह्रो हुन्छ भने सलाई देउ मलाई

हासो खुशी माग्दा माग्दै दु:ख पिडा झोली भरी
भिकारी भई आए भस्म दलाई देउ मलाई

उनको मेरो…

तर भेट भा’कै थिएन साँझ उनको मेरो
हल्ला चल्यो गाउँभरि आज उनको मेरो

अस्ति भर्खर आँखा जुधी, अलिअलि बोल्दा हिजो
कसले छिट्टै थाहा पायो राज उनको मेरो

कस्ले देख्या छ र?

अपारदर्शी अनबिज्ञ, भोली कस्ले देख्या छ र?
मरेपछी आउने अर्को, चोली कस्ले देख्या छ र?

कालोबादल मनआकाशमा, ढकमक्क सारा संसार
एक्लिएको मनको ढोका, खोली कस्ले देख्या छ र?

आँखाहरु भौतारिदा, चाहनाका गृहयुद्द
लक्ष्यसङ्गै मृत्‍युशैया, डोली कस्ले देख्या छ र?

“कारण”

आज फेरी एउटा चाह बल्किएर आएँ
पुरानो त्यो स्वाद सम्झी पल्किएर आएँ

तिम्रो घरको बाटोगरी झर्दै थिए बेसीतिर
जुन जस्ता तिम्रा अङ्ग टल्किएर आएँ

सधैं ढोका खुल्छ भन्थ्यौ तर आज बन्द रै’छ

सुनेको कुरा…

अर्धनग्न कपडामा नाँच्छ्यौ अरे लजाई लजाई
छिनेको त्यो कम्मर तिम्रो भाँच्छ्यौ अरे लजाई लजाई

तातो तातो मेहेफिलमा, सबको नजर तिमी माथि
कस्को खुबी कती भनी जाँच्छ्यौ अरे लजाई लजाई

तिमी मेलम्ची म काठमाण्डौ

तिर्खाएको काठमाण्डौ म, मेलम्चिको पानी तिमी
आउछु भनी सधैं ढाट्ने, साच्चै बेईमानी तिमी

आतुर छु म भेट्नलाई अनी प्यास मेट्नलाई
मेरो घरमा नआएर, बगी अन्तै जानी तिमी

“पहिलो भेट”

भेट हुँदा उनको मेरो पुर्णिमाको रात थियो
छिर्केमिर्के उज्यालोमा जुनको मिठो साथ थियो

भन्न सकिन मैले केही, बोलिनन् उनी पनि
आँखा आँखा जुधिरन्थे अच्चमको बात थियो

लजाएर हेर्थिन उनले डराएको थिए म नि
चिसो चिसो हावा चल्दा केही गर्ने मात थियो

मेरो देश!

नजरबन्द चारैतिर, थुनामा मेरो देश
भाँचिएको भविष्य, मुनामा मेरो देश

पालैपालो उत्तरदक्षिण, सुरुवालको यात्रा
देशभक्ती, ईजारमा र तुनामा मेरो देश

कुर्ची चढ्न लुछाचुडी, राष्ट्रियता दाउमा
बिदेशिको कालोजादु, टुनामा मेरो देश