अपारदर्शी अनबिज्ञ, भोली कस्ले देख्या छ र?
मरेपछी आउने अर्को, चोली कस्ले देख्या छ र?
कालोबादल मनआकाशमा, ढकमक्क सारा संसार
एक्लिएको मनको ढोका, खोली कस्ले देख्या छ र?
आँखाहरु भौतारिदा, चाहनाका गृहयुद्द
लक्ष्यसङ्गै मृत्युशैया, डोली कस्ले देख्या छ र?
यस्तो गर्छु उस्तो गर्छु, योजनाका तातिहरु
अकाल मै जीवन हर्ने, गोली कस्ले देख्या छ र?
साँझको त्यो मात जस्तै, दर्शनको बात मिठो
दर्शनलाई यथार्थमा, घोली कस्ले देख्या छ र?
अपारदर्शी अनबिज्ञ भोली कस्ले देख्या छ र?
मरे पछी आउने अर्को चोली कस्ले देख्या छ र?

अनुभब जि,
हो
अनुभब जि,
हो बास्तबमा,
अपारदर्शी अनबिज्ञ भोली कस्ले देख्या छ र?
मरे पछी आउने अर्को चोली कस्ले देख्या छ र?
श्रीँगारिक भन्दा भिन्न भाब बोकेको भए पनि गजल राम्रो लाग्यो ।
निरन्तरताको लागि शुभकामना ।
निर्मला थापा,
anubhav ji ho ta kasle po
anubhav ji ho ta kasle po dekhyaa6 ra
tesaile ta milera ramaauna manlag6 ani padurahu lag6 yo sher…..tapaaiko
आँखाहरु भौतारिदा, चाहनाका गृहयुद्द
लक्ष्यसङ्गै मृत्युशैया, डोली कस्ले देख्या छ र?
निर्मला जि अनी मनोज जि
निर्मला जि अनी मनोज जि हौसलाका थुङगाहरु बर्षाएको सहर्ष स्विकार्दै……. धन्यवाद