Skip to content

घाम जुन तिमी मेरो


घाम जुन तिमी मेरो तिमी मेरो मित
मेरा हरेक गजल अनि तिमी मेरो गीत

जीवन दिन्छौ बिहानीमा पूर्वको किरण बनी
साथ दिन अध्यारोमा आउछौ जुन सित

डगमगाउछु लक्ष्य चुम्न अत्तालिन्छु घरिघरी
मुस्कुराई साथ दिन्छौ दिलाई दिन्छौ जित

हेरिर’न्छु डुबिर’न्छु निश्चल ती आँखा बिच
बषौ देखी हेरिरा’छु मर्‍या छैन धित

शब्दै छैन कसो गरी बर्णन गरु हजुरको
जेजे भने अघीभर्खर सार्है कम् छन ति त !

घाम जुन तिमी मेरो तिमी मेरो मित
मेरा हरेक गजल अनि तिमी मेरो गीत

3 thoughts on “घाम जुन तिमी मेरो”

  1. Heryaa herwi bhayo nayen
    Heryaa herwi bhayo nayen mero

    gajal khub gahakilo lagyo

    हेरिर’न्छु डुबिर’न्छु निश्चल ति आँखा बिच
    बषौ देखी हेरिरा’छु मर्‍या छैन धित

    yo sher bich man halchal bhayo ani yehi sher ma ramaayo man
    शब्दै छैन कसो गरी बर्णन गरु हजुरको
    जेजे भने अघीभर्खर सार्है कम् छन ति त !

  2. घाम जुन तिमी मेरो तिमी मेरो
    घाम जुन तिमी मेरो तिमी मेरो मित
    मेरा हरेक गजल अनी तिमी मेरो गीत

    यो शेर बिशेष राम्रो लाग्यो ।

    निर्मला थापा,

  3. मेरो गजलको बिहानिमा पुरिबका
    मेरो गजलको बिहानिमा पुरिबका किरणहरु छरी दिनुभएकोमा मनोज जि एबमं निर्मला जि लाई धेरै धेरै धन्यवाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *