तर भेट भा’कै थिएन साँझ उनको मेरो
हल्ला चल्यो गाउँभरि आज उनको मेरो
अस्ति भर्खर आँखा जुधी, अलिअलि बोल्दा हिजो
कसले छिट्टै थाहा पायो राज उनको मेरो
न मैले खोले मनको कुरा न त उनले खोलिन्
साईनो थियो केबल साथी माझ उनको मेरो
हल्ला चल्यो गाँईगुईं, बर्षामास पिरतीको
मौलाएको धानको जस्तो गाँज उनको मेरो
घरमा उनलाई थर्काएछन, रिसाएर आईन उनी
दोबाटोमा सुरु भयो बाजाबाज उनको मेरो
तर भेट भा’कै थिएन साँझ उनको मेरो
हल्ला चल्यो गाउभरी आज उनको मेरो
sangam_shree@yahoo.com
लेखनाथ – ४, पोखरा, नेपाल
