यो जोवन अन्तै साटेको भए
मै मरी जाउला ढाटेको भए
तिम्रै केशमा डोरी झै छु म
सत्य! अरुको बाटेको भए
दिलमै राख्या’छु तिम्रो तस्बिर
धरोधर्म सानु फाटेको भए
जीवन मेरो तिमी बिनाको
बिद्यानष्ट मैले आटेको भए
सजाय कबुल छ जे दिए पनि
तिम्रो भर मैले काटेको भए
यो जोवन अन्तै साटेको भए
मै मरी जाउला ढाटेको भए
लेखनाथ -४, नेपाल
www.myanubhav.wordpress.com

Majheri ma ojhel naparnuhola
Majheri ma ojhel naparnuhola samjhera aaudai garnuholaa utkrista gajal lagyo
wao……यो जोवन अन्तै साटेको भए मै मरी जाउला ढाटेको भए
………
सजाय कबुल छ जे दिए पनि
तिम्रो
सजाय कबुल छ जे दिए पनि
तिम्रो भर मैले काटेको भए
anubhab ji ramro lagyo so sweet word chh gazal pani ramro chh.pragatiko kamna chh anubhab ji lai.”mridu”