अर्धनग्न कपडामा नाँच्छ्यौ अरे लजाई लजाई
छिनेको त्यो कम्मर तिम्रो भाँच्छ्यौ अरे लजाई लजाई
तातो तातो मेहेफिलमा, सबको नजर तिमी माथि
कस्को खुबी कती भनी जाँच्छ्यौ अरे लजाई लजाई
अनार दाना गाला तिम्रा सुन केस्रा ओठहरु
हरेक अङ्ग-प्रत्यङ्गलाई पाँज्छ्यौ अरे लजाई लजाई
मिठो एउटा सपना देखी जागा बसी रात भरी
“रात” लाई रुपैयामा दाज्छ्यौ अरे लजाई लजाई
दोशी पापी स्वार्थी समाज भनिकन बुझिकन
त्यही समाजमा नाङ्गिएर बाँच्छ्यौ अरे लजाई लजाई
अर्धनग्न कपडामा नाँच्छ्यौ अरे लजाई लजाई
छिनेको त्यो कम्मर तिम्रो भाँच्छ्यौ अरे लजाई लजाई

It’s also nice. Keep it
It’s also nice. Keep it on.
Nirmala Thapa
yathartha kura lai pokhnu bho
yathartha kura lai pokhnu bho ni anubhav ji
Keep it up
निर्मला जि अनी टंक जि
निर्मला जि अनी टंक जि यहाँहरुको साथ सधैं पाईरहुँ…………प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद
अनुभव जी ,
राम्रो अनि रमाईलो
अनुभव जी ,
राम्रो अनि रमाईलो लाग्यो ।
अनिभव जी
हजुरको यो गजल अति
अनिभव जी
हजुरको यो गजल अति रोमान्टिक लग्यो विरहमा टोलाई रहेथें म
हजुरको यो कोशेली ले मनमा उमङ्ग तरङ्ग को बिहानी झुल्कायो
येस्तै खालका अरुपनि पदन पाइयोस
दिनेश जि अनी मनोज जि
दिनेश जि अनी मनोज जि प्रतिकृयाको लागि धन्यवाद अनी दिनेश जि तपाईं धेरै पछी मझेरिमा झुल्किनु भयो कता हराउनु भएको थियो आजकाल?