तिर्खाएको काठमाण्डौ म, मेलम्चिको पानी तिमी
आउछु भनी सधैं ढाट्ने, साच्चै बेईमानी तिमी
आतुर छु म भेट्नलाई अनी प्यास मेट्नलाई
मेरो घरमा नआएर, बगी अन्तै जानी तिमी
अर्पे जिबन तिम्रा लागि , अर्पी सारा सम्पत्तिनै
पर्खि रा’छु आउन गर्छौ अझै आनाकानी तिमी
आउंछौ पक्कै कुनै दिन, पिरतिमा डुबाउन
यस्तै आशा बिकेकी हौ सुन्दर बिहानी तिमी
जब समिपै हुँन्छौ सपनिमा, अनी मलाई यस्तो लाग्छ
अंगालोमा कसिएको कोमल सिरानी तिमी
तिर्खाएको काठमाण्डौ म, मेलम्चिको पानी तिमी
आउछु भनी सधैं ढाट्ने, साच्चै बेईमानी तिमी
sangam_shree@yahoo.com
लेखनाथ-४, पोखरा
नेपाल

how nice is it
how nice is it
अर्पे जिबन तिम्रा लागि ,
अर्पे जिबन तिम्रा लागि , अर्पी सारा सम्पत्तिनै
पर्खि रा’छु आउन गर्छौ अझै आनाकानी तिमी
बास्तबमा प्रेमिकालाई मेलम्ची सँग तुलना गरिनुले गजल उत्कृष्ट बनेको छ ।
keep it on…
निर्मला थापा
आतुर छु म भेट्नलाई अनी प्यास
आतुर छु म भेट्नलाई अनी प्यास मेट्नलाई
मेरो घरमा नआएर, बगी अन्तै जानी तिमी
RAMRO chha anubhav ji
Manoj kafle
kuwait
malai dherai bhanda dherai
malai dherai bhanda dherai man paryo.
aananda khushi lagyo.